लिम्चुङबुङको पहिलो कार्यपालिका बैंठक : प्रभावकारी सेवामा जोड
पूर्णपुष्टि, जेठ २९ गते ।
लिम्चुङबुङ गाउँ कार्यपालिकाको पहिलो बैंठकले विभिन्न विषयगत समितिका संयोजक चयनसहित विविध निर्णय गरेको छ । जनताको कामलाई छिटो, छरितो र प्रभावकारी बनाउन संयोजक तोकिएको र कर्मचारी र सेवाग्राहीको हितलाई मध्येनजर गर्दै केही निर्णयहरु भएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए ।
अध्यक्ष राईका अनुसार स्थानीय निर्वाचनमा जनप्रतिनिधि चयन गर्ने काममा सरिक पालिकाबासी सबैलाई धन्यवाद ज्ञापन गर्दै सुरु भएको बैंठकले विषयगत समितिको संयोजक तथा निर्णयहरु सर्बसहमत गरेको हो । भौतिक पूर्वाधार विकास समितिको संयोजकमा ३ नं. वडाध्यक्ष गुरुमणी कुमाई, सामाजिक विकास समितिको संयोजकमा २ नं. वडाध्यक्ष जितेन राई रहेका छन् । त्यस्तै आर्थिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य गणेश राई, सार्बजनिक सेवा प्रवाह, सुशासन तथा क्षमता विकास समितिको संयोजकमा ४ नंं वडाध्यक्ष क्षत्र राई, लेखा समिति संयोजकम...









