Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

बुधबार र बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना

बुधबार र बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ४ जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकोे छ । मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार उक्त प्रणालीको प्रभावले यी दुई दिन देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ । रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका केही स्थानमा मेघगर्जन÷चट्याङ...
झापामा विद्युत् सर्टहुँदा ६ घर जलेर नष्ट

झापामा विद्युत् सर्टहुँदा ६ घर जलेर नष्ट

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ४ झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए । (रासस)...
त्रिनपा १५ कां वडाअध्यक्ष तिमिल्सिनालाई पत्नी सोक

त्रिनपा १५ कां वडाअध्यक्ष तिमिल्सिनालाई पत्नी सोक

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ४ त्रियुगा नगरपालिका वडा नं १५ का वडाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पत्नी सोक परेको छ । मुटु रोगले पिडित पत्नी सिता तिमिल्सिना (वास्तोला) को काठमाण्डौँ काठमाण्डौँ शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको परिवारले जनाएको छ । गत आईतवार हस्पिटल भर्ना गरेका उनिको मंगलवार मात्रै शल्यक्रिया गरिएका थिए । तर शल्यक्रिया पश्चात पनि उपचार सफल नहुँदा हस्टिलमै उनीको निधन भएको परिवारको भनाई छ । अहिले शव घर ल्याउने काम भैरहेको स्थानीयले जनाएको छ । तिमिल्सिना १५ नं वडाका तत्कालै नवनिर्वाचित वडाअध्यक्ष हुन् । उनले श्रीमती उपचारका लागि काठमाण्डौँ पुराएका थिए । तिमिल्सिनाको १ छोरा र २ छोरीहरु छन् ।...
स्व : लालशेर राई मेयर फुटवल प्रतियोगिताको उपाधी ११ नं वडाले जित्यो

स्व : लालशेर राई मेयर फुटवल प्रतियोगिताको उपाधी ११ नं वडाले जित्यो

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुुष्टि, साउन ३ गाईघाटमा जारी स्व : लालशेर राई २२ औँ मेयर फुटवल प्रतियोगिताको उपाधि ११ नं वडा गाईघाटले जितेको छ । मंगलवार भएको फाईनल खेलमा ५ नं वडालाई २/० को अन्तरले पराजित गर्दै उपाधी ११ नं वडाले आफ्नो पोल्टोमा पारेको हो । खेलको ३३ औँ मिनेटमा ११ नं वडाको तर्फबाट जर्सि नं ११ का दिवस श्रेष्ठले गोल गरी टिमलाई अगाडी बढाएका थिए । हाफ पछि पून : जर्सि नं १५ का डेविट चौधरीले ७७ मिनेटमा पून : गोल गर्दै टिमलाई थप अग्रता दिन सफल भएका थिए । खेल अबधिभर ५ नं वडाले भने कुनै पनि गोल फर्काउन सकेन । विजेता टिमले नगद ५० हजार सहित सिल्ड, प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजेता टिम ५ नं वडाले ३० हजार नगद सहित सिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।...
कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ

कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ

Breaking News 3, समाचार
काठमाडौं, साउन ३ गते । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरुले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिकरूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन् । रकम लिएपछि उनीहरुले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए । करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही ह...
हुरेण्डेकद्धारा व्यवसायीक योजना सम्बन्धी तालिम सुरु

हुरेण्डेकद्धारा व्यवसायीक योजना सम्बन्धी तालिम सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३ गते । उदयपुरमा हुरेण्डेकद्धारा व्यवसायीक योजना सम्बन्धी ३ दिने तालिम आजबाट सुरु भएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र हुरेण्डेकको साझेदारीमा एकिकृत पोषण तथा उत्थानसिल जिविको पार्जन परियोजना अन्तर्गत तालिम सुरु भएको हो । तालिममा जिल्लाको त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका २६ जना लाभान्वितहरु सहभागि भएको हुरेण्डेकका कर्मचारी गजेन्द्र लायो मगरले बताए । रौतामाईको वडा नं ५,७ र ८ बाट १९ जना र त्रियुगाको वडा नं.१५ खाँवुको ७ जना तालिममा सहभागि भएका छन् । ३ दिन सम्म सञ्चालनहुने तालिममा व्यावसायीक योजना सम्बन्धी उत्पादन, बित्तिय, आवाश्यकता, महत्व, परिचय, खर्च, अभ्यास लगाएतका विषयमा प्रशिक्षण गरिने छ । तालिमले व्यवसायीक योजना तयारी बारे छलफल गरि आवश्यक योजना निर्माण गर्न सहयोग पु¥याउने तालिमका प्रशिक्षक अनिता कार्की र शम्भु खड्काले बताए । परियोजनाको जिविकोपार्जन कार...
जिम्मेवारी

जिम्मेवारी

Breaking News 3, समाचार, साहित्य
   कविता गोठकृषण ठकुरी जिम्मेवारीले यस्तो बाँध्दो रहेछ कि मन परेको काम के थियो मन परेको सपना के थियो सब विर्साउँदो रहेछ यहाँ सम्म कि म को हुँ भन्ने नै विर्साउँदो रहेछ अनि त के छ र ठक्कर लाग्छ उठ्यो चोट लाग्छ सुम्सुम्यायो मान्छेले भन्छन् सुन्यो चुपचाप सह्यो हिड्यो भिडमै हाँस्यो भिडमै ताली बजायो भिडमै रमायो भिडमै हिड्यो भिडकै दिशा तिर फर्कियो भिडकै लहरमा उभियो भिडको विपरीत दिशामा उभिन पनि डर लाग्दो रहेछ जिम्मेवारीले यतिसम्म गराउँदो रहेछ जुन गर्न मनले चाहेको हुँदैन यो सब गरिरहँदा कहिले काहीँ यताबाट समयले प्रहार गर्छ उताबाट बाध्यताले लखेट्छ अर्कोतिरबाट समाजले छिर्के हान्छ अर्कोतिर परिवारले छेक्छ चारैतिरबाट काँइकाँई हल्ला मच्चाउँछ त्यसबेला कतै भाग्ने ठाउँ नहुँदो रहेछ बीचमा मुर्छा परिदोँ रहेछ भित्रभित्रै गलिदोँ रहेछ एक्लै परिदाँे रहेछ त्यसवेला उनान्सय प्रतिशत म...
उदयपुरमा लागुऔषध गाँजासहित राई पक्राउ

उदयपुरमा लागुऔषध गाँजासहित राई पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३ गते । उदयपुरमा प्रतिबन्धीत लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । चौदण्डीगढी नगरपालिका–४ बाट बेलका नगरपालिका–६ का ३४ वर्षीया बिनेश राई गाँजासहित पक्राउ परेको हो । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले रामपुरबाट स ३ प ३६०३ नम्बरको मोटरसाईकलमा फत्तेपुर तर्फ जाँदै गरेका राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ केजी गाँजा बरामद भएको थियो । लागुऔषधसहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।...
सवारी दुर्घटना १ जनाको मृत्यु

सवारी दुर्घटना १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३ गते । सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकमा सोमवार बेलुका भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाईकल चालक ईनरुवा नगरपालिका–३ का २७ वर्षीय श्याम सुन्दर यादवको मृत्यु भएको हो । पुर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग १ क ८४५ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को १० प ३३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक यादवलाई उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आर.आई.टी. समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट बिभिन्न मिति र समयमा बिभिन्न मुद्धामा कैद तथा जरीवाना फैसला भई फरार रहदै आएका फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको आर. आई. टी. समुहको प्रहरी टोलीले सोमवार दुई जनालाई पक्राउ गरेको हो । बहु– बिबाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ११ महिना ४ दिन कैद र रु.२० हजार जरीवाना भई फरार रहदै आएका जहदा गाउँपालिका–७ मझारेका २६ बर्षीय बिष्णु हेमरन र चोरी मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।११।१५ गतेको सजाय निर्धारण फैसला आदेशले एक वर्ष दुई महिना तीन दिन कैद र १२ हजार जरीवाना भई हाल सम्म फरार रहदै आएका विराटनगर महानगरपालिका– १२ शुक्रबारेका २२ बर्षीय गणेश कुमार राम मोची रहेका छन् । पक्राउ...