Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३ गते । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार फाकफोकथुम–१ इलामका २७ वर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका–८ पाँचथरका २१ वर्षीय लक्षुमान तामाङलाई प्रहरीले पक्राउ गरको हो । को साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो । लाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको दुवैलाई १४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।...
त्रियुगामा करारका कर्मचारीहरुले थप आन्दोलन चर्कायो, सवैखाले सेवाहरु ठप्प

त्रियुगामा करारका कर्मचारीहरुले थप आन्दोलन चर्कायो, सवैखाले सेवाहरु ठप्प

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३ त्रियुगा नगरपालिकामा मेयर वसन्त वस्नेतको एकल निर्णयले कर्मचारी हटाएको भन्दै करारमा रहेका ५९ जना कर्मचारीहरुले विरोध निरन्तर अगाडी बढाएको छ । उनिहरुले मंगलबार देखी थप आन्दोलन चर्काउँदै नगरपालिकाको सपूर्ण कामनै ठप्प पारेको छ । नगरको मेन गेटमै कालो व्यानर सहित धर्ना वसेर मेयर वस्नेतको निर्णय प्रति आफुहरुको आपत्ति रहेको जनाएको छ । मेयर वस्नेतले असार ३१ गते कुनै पनि समन्वउ जाकारी र हटाउनु पर्ने आधारविनै आफुहरुलाई सेवा बाट हटाईएको भन्दै आन्दोलन गर्नु परेको कर्मचारीहरुले जनाएको छ । आन्दोलन संघर्ष समितिले नगर प्रमुख स्तरीय निर्णय तत्काल ख्यारेज गर भन्ने व्यानर सहित मुख्य गेटमा धर्ना वसेर सेवा ठप्प पार्नुका साथै नगर प्रमुख, उप्रमुख र कुनै पनि कर्मचारी तथा सेवागा्रहीलाई कार्यालयमा प्रवेश गर्न दनिएको अवस्था छ । कार्यालय नखुल्दा यता सेवाग्राहीहरु भने ठुलो समस्यामा परेको छ । नग...
उदयपुरमा आजबाट गाउँव्लक जग्गाको लापुर्जा वितरण सुरु

उदयपुरमा आजबाट गाउँव्लक जग्गाको लापुर्जा वितरण सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २ उदयपुरमा आजबाट गाउँपालिका व्लक जग्गाको लालपुर्जा वितरण सुरु भएको छ । करिब ६ बर्ष अघि नापी भएको जग्गाको लालपुर्जा आज वितरण सुरु गरिएको छ । नापी कार्यालय १ नं टोलीका अनुसार यो पटक ९४९ ओटा लालपुर्जा वितरण गरिने छ । ७३ साल देखी सुरु गरिएको नापी पश्चात पटक पटक गरी झण्डै १५ सयको हाराहारीमा लालपुर्जा वितरण गरिसकेको कार्यालयले जनाएको छ । सोमवार देखी सुरु गरिएको लालपुर्जा वितरणको कार्य करिब २ हप्ता सम्म लाग्ने कर्यालयले जनाए । गाईघाट स्थित १३ नं वडा हवाईफिल्डमा रहेको नापी टोलीको कार्यालयबाट पुर्जा वितरण कार्य भैरहेको छ । आज त्रियुगाको ७ नं वडाका स्थानीयहरुलाई करिब ६० भन्दा बढी लालपुर्जा वितरण गरिएको नापी कार्यालय उदयपुरका प्रमुख लालवावु यादलले जानकारी दिनुभयो । यादवका अनुसार यसलाई चरणबद्ध रुपले कार्यालयमै व्यवस्थित तरिकाले वितरण गर्दै जाने बताउनुभयो । उक्त लालपुर्जा ज...
त्रियुगा करार कर्मचारी : म्याद थप गर्न माग सहित मेयर बस्नेतलाई ज्ञापन पत्र

त्रियुगा करार कर्मचारी : म्याद थप गर्न माग सहित मेयर बस्नेतलाई ज्ञापन पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि साउन, २ त्रियुगा नगरपालिकामा ५९ जना कर्मचारीहरुको म्याद थप नहुने भएपछि आन्दोलित करारका कर्मचारीहरुले नगर प्रमुख वसन्त वस्नेतलाई ध्यानाकर्षण गराएको छ । उनिहरुले संघर्ष समितिनै बनाई म्याद थप नहुने कुरालाई तत्काल फिर्ता गर्न भन्दै सोमवार नगरप्रमुख वस्नेतलाई ज्ञापन पत्र बुझाएको हो । अचानक नगर प्रमुखको यो निर्णयले आफुहरुलाई अन्याय भएको र आफुहरुको रोजिरोटीनै खोसिएको कुरा ज्ञापन पत्रमा उल्लेख गरी प्रमुख वस्नेतलाई ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ । उनिहरुले मेयरको एक निर्णयले राजनितिक इसुको आधारमा आफुहरुलाई बिचल्ली बनाउने काम गरेको कुरा बताएको छ । अरु थुप्रै करारका कर्मचारीहरु सेवामै खटिरहेको भएपनि ५९ जनालाई मात्रै म्याद थप गर्न नहुने कुराहरु संकास्पद र अन्यायपूर्ण रहेको आन्दोलनकारी कर्मचारीहरुको भनाई छ । यता मेयर वस्नेतले भने नगरपालिकाको आर्थिक बोजलाई कम गर्न अनावश्यकीय क...
साँखुमा मानव कङ्काल फेला

साँखुमा मानव कङ्काल फेला

Breaking News 3, समाचार
काठमाडौं, साउन २ गते । शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो । मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताउनुभयो । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने पनि प्रहरीले जनाएको छ । रासस...
उदयपुरको आठ पालिका मध्ये कटारीमा सबैभन्दा बढी बेरुजु

उदयपुरको आठ पालिका मध्ये कटारीमा सबैभन्दा बढी बेरुजु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २ गते । उदयपुरको आठ वटै स्थानीय तहमा बेरुजु देखिएको छ । जिल्लाको कटारी नगरपालिकामा सबै भन्दा बढी बेरुजु रहेको महालेखा परिक्षकले देखाएको छ । सार्वजनिक महालेखा परिक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा सबै भन्दा बढी बेरुजु कटारीमा र कम उदयपुरगढी गाउँपालिकामा रहेको छ । महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्व ८५ करोड २७ लाख ७४ हजार मध्ये ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत पुगेको छ । यस अघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो । त्रियुगा नगरपालिकामा २ अर्व ४२ करोड ६२ लाख १६ हजार मध्ये बेरुजु ६ करोड ८२ लाख ९९ हजार अर्थात २.८२ प्रतिशत देखिएको छ । यस अघि त्रियुगा नगरपालिकाको बेरुजु ५ करोड ४ लाख ८६ हजार रहेको थियो । यता बेलकामा यस अघि ४ करोड १...
प्रदेशको १ को नाम टुङ्गो लगाउन सभामुखले बोलाए बैठक

प्रदेशको १ को नाम टुङ्गो लगाउन सभामुखले बोलाए बैठक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २ गते । अझै पनि १ नम्बर प्रदेशको नाम टुङगो लाग्न सकेको छैन । प्रदेशका सभामुख प्रदीपकुमा भण्डारीले नामाकरणका लागि छलफल गर्न सर्वदलीय बैठब आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको सचिव पराजुलीले बताए ।...
ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

Breaking News 1
पूर्णपुष्टि, साउन २ गते । १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समुह (आर.आई.टी ) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका सुन्दरहरैचा नगरपालिका–५ का २७ वर्षीय तिखे भन्ने सुरज शाक्यलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको छ । रासस...
‘चुप लागेर बस्न मन लागेन’

‘चुप लागेर बस्न मन लागेन’

Breaking News 1, समाचार
काठमाडौं, साउन २ गते । बुद्धशान्ति गाउँपालिका–१ मा सरकारी सेवाबाट निवृत्त एक दम्पतीको समय फलफूल खेतीमा वित्न थालेको छ । उपसचिव पदबाट कृष्णप्रसाद पोखरेल र नायब सुब्बा पदबाट सेवा निवृत्त प्रतिमा सिलवालको अधिकांश समय आफ्नै बारीको फलफूल खेतीमा बित्ने गरेको हो । उहाँहरूले आफ्नै पुख्र्यौली सम्पत्तिको रुपमा रहेको दुई बिघा जमिनमा ‘बह्मकमल बगैँचा’ नामक फार्म नै सञ्चालन गरेर ४१ प्रकारका प्रजातिका फलफूलका विरुवा हुर्काउनुभएको छ । यसमा ड्रागन फुड, सुपारी र कागतीबाट आम्दानीसमेत हुन थालेको छ । “चुप लागेर बस्न मन लागेन”, पोखरले भन्नुहुन्छ, “हामी किसानका छोराछोरी जानेको पेसा पनि यही हो । मेरो सम्पूर्ण सेवा निवृत्त जीवन यसमा रमाइलो गरेर अरुलाई पनि सिकाउँदै बिताउने हो ।” उहाँले आफूलाई खाना लगाउनको दुःखले फलफूल खेती नगरेको बताउनुभयो । छोराछोरी भने काठमाडौँको घरमा बस्ने गरे पनि आफूहरू तनावमुक्त जीवन जि...
साउनको पहिलो सोमवार शिवालयमा बिहानैदेखि चहलपहल

साउनको पहिलो सोमवार शिवालयमा बिहानैदेखि चहलपहल

Breaking News 2, समाचार
काठमाडौं, साउन २ गते । आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताउनुभयो । “बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाएका छौँ”, उहाँले भन्नुभयो, “दुई वर्ष कोभिडले प्रभाव पारे पनि अहिले मन्दिरमा राम्रो चहलपहल छ, उमङ्गको वातावरण छ ।” अध्यक्ष जिसीले पूजाको व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक खटाइएको बताउनुभयो । भक्तालुको सुविधाल...