Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

राना थारु गाउँमा सुरु भयो सावनको डोलाको रौनक

राना थारु गाउँमा सुरु भयो सावनको डोलाको रौनक

Breaking News 2, समाचार
काठमाडौं, साउन २ गते । कञ्चनपुरका राना थारु गाउँमा रावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । पिङ भने महिलाले राख्दैनन् । सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजु भाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन पुरानै रहेको छ । “यो चलन परम्परागत रुपमा चल्दै आएको छ”, धनबहादुर रानाले भन्नुभयो, “दिदीबहिनीले पिङमा मच्चिदै रमाइलो गर्दै माङ्गलिक गीत गाउने गर्दछन् । पिङलाई रानाथारु भाषमा डोला भन्ने गरिन्छ । चारवटा काठको खावाँमा डोरीमा काठको फल्याक बाधेर पिङका रुपमा प्रय...
त्रियुगामा म्याद थप नगरिएपछि कर्मचारी आन्दोलनमा

त्रियुगामा म्याद थप नगरिएपछि कर्मचारी आन्दोलनमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १ गते । त्रियुगा नगरपालिकाको करार, ज्यालादारीमा कार्यरत ५९ जना कर्मचारीलाई निष्काशन गरिएको छ । नगर प्रमुख बसन्त बस्नेत र प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले एकलौटी रुपमा आफूहरुको म्याद नथपेको कर्मचारीको आरोप छ । सेवाबाट निकालिएका कर्मचारीले चरणवद्ध रुपमा आन्दोलन शुरु गरेको छ । उनीहरुले पुनस्थापनाको माग राख्दै उप–प्रमुख महेश्वरी राईलाई ज्ञापनपत्र बुझाएका छन् । यस्तै भोलीसम्ममा पुनस्थापना नगरिए नगरपालिकामा तालाबन्दी गरी सेवा थप्प पार्ने चेतावनी दिएका छन् । कर्मचचरीलाई असार ३१ गतेबाट समअवधी नथप्ने निर्णय गरेका मेयर बसन्त बस्नेत मोवाई अफ गरेर बसेका छन्, भन्ने प्रमुख प्रशासकीय अधिकृत पूरुषोतम ढकाल ज्वरो आएको वाहानमा आफ्नो कार्याकक्षमा ताला लगाएर बसेका छन् ।...
देउरीको अन्नपूर्ण विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम

देउरीको अन्नपूर्ण विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १ गते । उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीमा स्थित अन्नपूर्ण विद्यालयका विद्यार्थीहरुलाई नेपाल आर्मिले राष्ट्रिय सेवा दल (NCC ) को तालिम दिने भएको छ । विद्यालयका ३६ जना किशोरकिशोरीलाई सय दिन सम्म तालिम दिईनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, राष्ट्रसेवा, व्यक्तिगत क्षमता अविवृद्धि, मुलुकको इतिहास लगाएतका विषयमा प्रशिक्षित गरिनेछ । अन्नपूर्ण स्कुलमा आयोजित एक समारोहका बीच उक्त तालिमको उद्घाटन भएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख सेनानी बिजयी भण्डारीले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नु तालिममो उद्देश्य भएको बताए । जिल्लाका अन्य सामुदायिक विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलले तालिम दिएपनि नीजि विद्यालयका विद्यार्थीलाई दिएको यो पहिलो तालिम हो ।...
अबैध सामान बरामद

अबैध सामान बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १ गते । झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राती अन्दाजी साँढे ६ लाख भन्दा बढीको अबैध समान बरामद भएको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो राती १० बजे झापाको मेचीनगर नगरपालिका–६ बाट भारत तर्फ लैजाँदै गर्दा सामान बरामद गरेको हो । ५ बोरा सुपारी र भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ पोका बिभिन्न किसिमका कपडा गरी अन्दाजी ४ लाख बराबरको समान बरामद गरेको गरिएको प्रहरीले जनाएको छ । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती साँढे १२ बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको करिब २ लाख ७५ हजार बराबरको लत्ता कपडा बरामद गरेको छ । यसरी अबैध रुपमा समान बराद भएसंगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
चोरीको मोटरसाईकलसहित ४ जना पक्राउ

चोरीको मोटरसाईकलसहित ४ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १ गते । जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीको मोटरसाईकलसहित चोरीमा संलग्न रहेका ४ जनालाई पक्राउ गरेको छ । विराटनगर–४ का २२ वर्षीय नविन माझी, विराटनगर–८ का २५ वर्षीय मोहमद हजरत, दुहवी नगरपालिका–९ सुनसरीका १८ वर्षीय मोहमद सलाउदिन र ३४ वर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको हो । बिभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को.६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी भएको थियो । पक्राउ परेका उनीहरुको जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
उदयपुरमा लागुऔषध ट्याब्लेटसहित ३ जना पक्राउ

उदयपुरमा लागुऔषध ट्याब्लेटसहित ३ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १ गते । उदयपुरको बेलका नगरपालिका–१ बाट लागुऔषध ट्याब्लेटसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–५ का २४ वर्षीय सुदिप राई, २७ वर्षीय प्रदिप बस्नेत र चौदण्डीगढी नगरपालिका–२ का २१ वर्षीय ठगिन्द्र मगर पक्राउ परेका हुन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ । लागुऔषधसहित पक्राउ गरेको उनीहरुको सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
घर र विद्यालय पहिराको जोखिममा

घर र विद्यालय पहिराको जोखिममा

Breaking News 3, समाचार
काठमाडौं, साउन १ गते । वर्षाका कारण बैतडीमा दुई घर र विद्यालय भवन पहिराको जोखिममा परेका छन् । जिल्लाको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा पुर्चौंडी नगरपालिका ६ स्थित भटेडी भन्ने स्थानमा पहिरो खस्दा स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन् । पहिरोले घरको आँगनमा क्षति पु¥याएको र पानी पर्ने क्रम जारी रहेकाले थप क्षति बढ्नसक्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट जोखिमयुक्त क्षेत्रको निरीक्षण गरिएको छ । प्र्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुले सो ठाउँमा पुगेर पीडित परिवारलाई सहयोग गर्ने बचन दिएका छन् । अनुगमनका क्रममा जोखिममा रहेका परिवारलाई अस्थायी बसोबासका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने, उक्त घरमा थप क्षति हुन नदिन पूर्वाधार विकास कार्यालयका तर्फबाट पर्खाल निर्माण ...
साउने सङ्क्रान्ति मनाइँदै

साउने सङ्क्रान्ति मनाइँदै

Breaking News 2, समाचार
काठमाडौं, साउन १ गते । दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । खासगरी युवापुस्ता पर्वविशेषको सो चलनलाई रमाइलो बनाउन आज एकाबिहानैदेखि चहलपहलमा देखिन्छन् । जिल्लाको उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास बाहुल्यताका बस्तीमा साउने सङ्क्रान्ति परम्परालाई उल्लासमय बनाउन युवायुवती तयारीमा लागेका देखिँदा छन् । खासगरी पर्वते मूलका नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि आज एकाबिहानै ब...
उदयपुरमा पनि कोरा साईकलिङ च्यालेन्ज भव्य रुपमा सम्पन्न

उदयपुरमा पनि कोरा साईकलिङ च्यालेन्ज भव्य रुपमा सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, असार ३२ नेपाल भरी प्रत्ये बर्षको एकै समयमा मनाईने कोरा साईकलिङ च्यालेन्ज देशभर मनाईएको छ । यसै अवसरमा उदयपुरमा पनि उदयपुर कोरा साईकलिङ च्यालेन्ज २०२२ शनिवार भव्य रुपमा मनाईएको छ । उदयपुर जिल्ला साईकलिङ सँघको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा गाईघाटमा पनि उक्त कार्यक्रम सम्पन्न गराईएको हो । संघका अध्यक्ष जितु रोईलाका अनुसार बिहान ७ बजे नगर प्रमुख वसन्त वस्नेत र उपमेयर महेश्वरी राईले कार्यक्रमको संयुक्त उद्घाटन गरेका थिए । गाईघाट देखी मोतिगडा, बगाहा, देउरी, जलजले, चुहाडे, कालिखोला, मुर्कुचि, सुकौरा, भाण्टावारी, राजवास हुँदै गाइ्र्रघाटमा कार्यक्रम सम्पन्न भएको रोईलाले जनाउनुभयो । करिब ५० किलोमिटर कोरा च्यालेन्ज पछि गाईघाटमा यसको समापन गरिएको रोईलाले जनाउनुभयो । कोरा च्यालेन्जमा सहभागीहरुलाई १६ नं वडाअध्यक्ष मान वहादुर राईले सुकौरामा भव्य स्वागत तथा सम्मान समेत गरेका ...
उदयपुर कोरा साईकलिङ च्यालेन्जका सहभागीहरुलाई १६ नं वडाअध्यक्ष राईले गरे भव्य स्वागत

उदयपुर कोरा साईकलिङ च्यालेन्जका सहभागीहरुलाई १६ नं वडाअध्यक्ष राईले गरे भव्य स्वागत

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३२ उदयपुर कोरा साईकलिङ च्यालेन्जका सहभागीहरुलाई १६ नं वडाका अध्यक्ष मान वहादुर राईले सुकौरामा भव्य स्वागत तथा सम्मान गरेको छ । उदयपुर जिल्ला साईकलिङ संघको अयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा शनिवार संञ्चालित ५० किलोमिटर कोरा च्यालेन्ज २०२२ आयोजना भएको थियो । कोरो च्यालेन्ज उद्घाटन त्रियुगा नगपालिकाका मेयर वसन्त वस्नेत र उपमेयर महेश्वरी राईले रिवन काटेर गरेकी थिईन् । राईले आफ्नो वडामा सहभागीहरुलाई अविर, फुलमाला र खादा लगाएर स्वागत गरेका थिए ।...