उदयपुर कोरा साईकलिङ च्यालेन्जका सहभागीहरुलाई १६ नं वडाअध्यक्ष राईले गरे भव्य स्वागत
पूर्णपुष्टि, असार ३२
उदयपुर कोरा साईकलिङ च्यालेन्जका सहभागीहरुलाई १६ नं वडाका अध्यक्ष मान वहादुर राईले सुकौरामा भव्य स्वागत तथा सम्मान गरेको छ ।
उदयपुर जिल्ला साईकलिङ संघको अयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा शनिवार संञ्चालित ५० किलोमिटर कोरा च्यालेन्ज २०२२ आयोजना भएको थियो । कोरो च्यालेन्ज उद्घाटन त्रियुगा नगपालिकाका मेयर वसन्त वस्नेत र उपमेयर महेश्वरी राईले रिवन काटेर गरेकी थिईन् । राईले आफ्नो वडामा सहभागीहरुलाई अविर, फुलमाला र खादा लगाएर स्वागत गरेका थिए ।...









