Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

पुस्तक सामाग्री वितरणमा ढिलाई गरेको भन्दै गाईघाटमा शिक्षा मन्त्रीको पुत्ला दहन

पुस्तक सामाग्री वितरणमा ढिलाई गरेको भन्दै गाईघाटमा शिक्षा मन्त्रीको पुत्ला दहन

Breaking News 1
पूर्णपुष्टि, असार २९ गाईघाटमा शिक्षामन्त्रीको पुत्ला दहन गरेको छ । अहिले सम्म पनि शिक्षा मन्त्रालयले विद्यालय तथा वद्यार्थीहरुलाई पुस्तक लगायत अन्य सामाग्रीहरु वितरणमा ढिलाई गरेको भन्दै पुत्ला दोहन गरेको हो । माओवादी मजदुर पार्टी र विप्लवको संयुक्त आयोजनामा गाईघाट स्थित टेम्पो चोकमा बुधबार पुत्ला दोहन गरेको हो । पुत्ला दोहन कार्यक्रममा शिक्षामा चरम भ्रष्टाचार भएको र यसको जनताहरुले भण्डाफोर गर्नु पर्ने जनाएको छ । शिक्षा अतिनै आवश्यक र अरु भन्दा महत्वपूर्ण क्षेत्र रहेको भन्दै यसलाई ढिलाई गर्नुमा सरकारको चरम लापर्वाहरी रहेको उनिहरुले निष्कर्ष निकालेको छ । सरकारले शिक्षा सामाग्रीहरु तत्काल प्रदान गर्नु पर्ने माग समेत राखेको छ । यस कार्यमा ढिलाई गर्नाले विद्यार्थीहरुको पढ्न पाउने अधिकार बन्चित भएको बक्ताहरुले जनाएको छ ।...
भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी

Breaking News 3, समाचार
काठमाडौं, असार २९ गते । काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको राससलाई जानकारी दिनुभयो । रासस...
विराटनगरको एक घर भित्र किरा परेको अवस्थामा पुरुषको शव फेला

विराटनगरको एक घर भित्र किरा परेको अवस्थामा पुरुषको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २९ गते । विराटनगरमा रहेको एउटा घर भित्र किरा परेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१३ स्थित हिमालय आँखा अस्पतालको उत्तरतर्फ रहेको एउटा घरभित्र किरा परेको अवस्थामा मंगलबार पुरुषको शव भेटिएको हो । मोरङ प्रहरी डिएसपी राजन कार्कीका अनुसार मृतकको पहिचान नखुलेको प्रहरीले बताएको छ । सडक निर्माण गर्ने कामदार बस्नका लागि ट्रष्ट लगाएर बनाइएको घरभित्र अन्दाजी ४५–५० वर्षीय पुरुषको शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ । उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो ।...
पोखरीमा डुबी २ बालिकाको मृत्यु

पोखरीमा डुबी २ बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा मंगलबार पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदाको पोखरीमा डुबी ज्यान गएको हो । रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात÷आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए । सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएको छ । सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
चार प्रदेशमा भारी वर्षाको सम्भावना

चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 3, समाचार
काठमाडौं, असार २९ गते । देशभर सामान्य बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले देशको प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्ष...
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 3, आर्थिक, समाचार
काठमाडौं, असार २९ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।...
उदयपुरमा ४४ प्रतिशत धान रोपाई सकियो

उदयपुरमा ४४ प्रतिशत धान रोपाई सकियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २९ गते । उदयपुरमा विगको वर्ष भन्दा यो वर्ष मनसुन अगाडी नै भित्रीए पनि धान रोपाई भने ४४.१३ प्रतिशत मात्रै सकिएको छ । कृषि ज्ञान केन्द्र उदयपुरले दिएको तथ्याक अनुसार वर्षे धान १३ हजार ३ सय ८० हेक्टर जमिनमा रोपाई गरिन्छ । जसमध्ये ५ हजार ९ सय ४.५६ हेक्टरमा जमितमा रोपाई सकिएको छ । यता जिल्लामा चैते धान १ हजार ५ सय ५४ हेक्टर जमिनमा रोपाई गरिएको छ । त्रियुगा नगरपालिकामा हालसम्म ४८ प्रतिशत धान राई सकिएको कृषि ज्ञान केन्द्र उदयपुरका निमित प्रमुख महेश कुमार चौधरीले बताए । यता खेतीको लागि सबैभन्दा बढी उत्तम मानिएको बेलकामा ४० प्रतिश धान रोपाई भएको छ । चौदण्डीगढीमा ४३ र कटारीमा ४२ प्रतिशत धान रोपी सकिएको चौधरीले बताए । उदयपुरगढी गाउँपालिकामा ५० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । यता, लिम्चुङबुङमा अरु पालिकाको तुलनामा सबै भन्दा बढी ५७ प्रतिशत धान रोपेर सकिएको छ । यस्तैगर...
मोटरसाईकल दुर्घटनामा परी भलिबल खेलाडीको मृत्यु

मोटरसाईकल दुर्घटनामा परी भलिबल खेलाडीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २९ गते । मोरङमा मोटरसाईकल दुर्घटना हुँदा भलिबल खेलाडीको ज्यान गएको छ । जिल्लाको बेलबारी नगरपालिका–११ का कुशल भलिबल खेलाडी तथा फर्निचर व्यवसायी राजेश राईको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा परी घाईते भएका राईको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी कुशल भलिबल खेलाडी रहेका थिए । पछिल्लो समय उनी खेल सँगै फर्निचर ब्यबसायमा समेत सक्रिय थिए ।...
१९ दिनदेखी उदयपुर सिमेन्ट उद्योग बन्द

१९ दिनदेखी उदयपुर सिमेन्ट उद्योग बन्द

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, असार २८ गते । उदयपुर सिमेन्ट उद्योग १९ दिनदेखि बन्द छ । उद्योग सञ्चालनका लागि आवश्यक विजुली आपूर्ती नहुदा बन्द भएको हो । गत असार ९ गतेदेखि भोल्टेजमा हुने गबढीले उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको छैन । उद्योग सञ्चालनका लागि ६ मेघावाट विद्युत आवश्यक पर्नेमा २ मेघावाट मात्र आपूर्ती भएकाले सिमेन्ट उत्पादनको काम बन्द भएको महाप्रबन्धक गोपीकृषण न्यौपानेले बताए । सिमेन्टको बढी माग हुने समयमा उत्पादन बन्द हुदा उद्योगलाई दैनिक करोडौ घाटा लागिरहेको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्ने आएको यो उद्योगले दैनिक ६ सय टन क्लीङकर उत्पादन गर्दै आएको थियो ।...
सातदिनदेखी सुनकोशीमा हराएका बालिका अझै भेटिएनन्

सातदिनदेखी सुनकोशीमा हराएका बालिका अझै भेटिएनन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २८ गते । विगत सात दिनदेखि सुनकोशीमा हराएका दुई बालिका अझै भेटिएका छैनन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङ्गस्थीत सुनकोशी नदी पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई अझै फेला परेको छैननन् । उनीहरुको खोजी कार्य भैरहेपनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरको सूचना अधिकारी सन्तोष आर्चायले बताएका छन् । उनीहरु अषार २२ गतेदेखि हराएका हुन् । बाख्रा चराउन गएका उनीहरु गर्मी भएसँगै कोशीमा नुहाउन पसेका थिए ।...