क्यान्सरपीडितलाई आर्थिक सहयोग
काठमाडौं, असार २८ गते ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० क्यान्सरपीडितलाई यातायात खर्च प्रदान गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ मा ती बिररामीलाई जनही रु १० हजारका दरले रु ११ लाख उपलब्ध गराएको हो । सुर्खेतमा क्यान्सरको उपचार नहुने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । “क्यान्सरपीडितलाई एकपटक रकम दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितलाई भने दोहो¥याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ ।” त्यस्तै दोहोरिएर आएका क्षयरोगका बिरामीलाई दिएको पोषण तथा यातायात खर्चअन्तर्गत प्रतिव्यक्ति मासिक रु ५०० दरले छ महिनाको रु तीन हजारका दरले रु दुई लाख रकम भुक्तानी भएको कार्यालयले जनाएकोे छ । उह...









