Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

३२ जना माओवादी केन्द्रमा प्रवेश

३२ जना माओवादी केन्द्रमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, असाेज ११ । नेकपा (माओबादि केन्द्र) त्रियुगा नगर समितिकाे संगठन सुदृढीकरण अभियान अन्तर्गत आज वडा नम्बर-५ स्थित पिपलचौरीमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३२ जना नेकपा (माओबादि केन्द्र) प्रवेश गरेका छन् । फौद दाहालकाे अध्यक्षतामा  टाेल कमिटि, अर्जुन राईको अध्यक्षता मा वाइसियल इकाई कमिटी, जानुका सुन्दासको अध्यक्षतामा महिला र सुरेश परियारको अध्यक्षतामा दलित मुक्ति मोर्चाको गठन भएको छ। पार्टीमा नब प्रबेसीहरुलाई स्वागत गर्दै जिम्मेवारी प्राप्तहरुलाई बधाई तथा शुभकामना पार्टिकाे तर्फबाट व्यक्त गरिएकाे छ । प्रवेश गर्नेहरुमा अर्जुन राई, रमेश सुन्दास, दान ब. परियार, नवीन सुन्दाश, दिपक दमाई, बिक्रम परियार, रबि परियारर चक्र ब. परियार, कृष्ण मोते, केशर मोते, शुरेश दमाई, दान ब. लामिछाने, बिनोद परियार रहेका छन् । त्यस्तै भेग केपछाकी मगर, बिष्णु परियार, जित कुमार राई, पुजा ...
बिकृति फैलाउने भन्दै गाईघाटमा रमाईलो मेला गर्न रोक

बिकृति फैलाउने भन्दै गाईघाटमा रमाईलो मेला गर्न रोक

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ११ दशैलाई लक्षित गर्दै संञ्चालन गर्न लागिएको रमाईलो मेलामा स्थानीयहरुले बिरोध गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं १३ मा रहेको तरकारी कृषि बजारमा उक्त मेला संञ्चालन गर्न तयारी रहेका थिए । तर रमाईलो मेलाले बिकृती फैलाउने भन्दै स्थानीयहरुले अबरोध गरेको छ । स्थानइि मेला लगाउन नदिने भन्दै बिरोध गरेपछि पूर्व पश्चिम बसपार्कमा मेला लगाउने तयारी थालिएको छ । तर मेला र आयोजकको बारेम ाभने प्रहरीले अनिबिज्ञाता देखाएको छ । प्रहरी नायव उपरिक्षक राकेश कुमार पोदारले त्यसबारे जानकारी नभएको जनाए ।...
ब्याजदर नघटाए उद्योग बाणिज्य संघले आन्दोलन गर्ने

ब्याजदर नघटाए उद्योग बाणिज्य संघले आन्दोलन गर्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ गते । जिल्ला उद्योग बाणिज्य संघ उदयपुरले राष्ट्रबैंकले ब्याजदर नघटाए आन्दोलन गर्ने चेतावनी दिएको छ । आज संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै संघले ब्याजदर एक अंकको बताउन माग गरेको छ ।संघले आजै जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रबैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाउदै ब्याजदर घटाउन माग गरेको थियो । जिल्ला उद्योग बाणिज्उ संघ उदयपुरका अध्यक्ष चुडामणी कार्कीले चर्को ब्याजदरको कारण ब्यापारीले आत्महत्या गर्ने सम्मको अबस्था सृजना भएको भन्दै सरकारलाई सम्वेदनशील बन्न आग्रह गरेका थिए ।...
व्यापारी र सुरक्षाकर्मीलाइ एक्कै साथ अनुशिक्षण

व्यापारी र सुरक्षाकर्मीलाइ एक्कै साथ अनुशिक्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ११ गते । राजस्व अनुसन्धान कार्यालय इटहरीको सहयोग तथा त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटको आयोजनामा उदयपुरका ब्यापारी तथा चेकजाँचमा खटिने सुरक्षाकर्मीहरुलाई मालबस्तु तथा ढुवानी साधन अनुगमन प्रणालीबारे आज गाइघाटमा जानकारी गराइएको छ ।बढ्दो कालाबजारी, ठगी, राजस्व छली जस्ता कुरालाई निरुत्साहित गर्न ब्यापारी र सुरक्षाकर्मीलाई एकै ठाउँमा राखेर नया प्रबृत्ति बारे जानकारी दिइएको हो । साथै चेकजाँचको प्रणाली बारे प्रशिक्षण समेत गरिएको थियो । यसबारे जानकारी नहुँदा ब्यापारी मात्र नभई सुरक्षाकर्मीसमेतले दुःख पाउने गरेका छन्। राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनालले इमान्दार ब्यापारीका लागि यो सिस्टम सहयोगसिद्ध हुने बताए ।ब्यवसायिक प्रायोजनका लागि सरकारले ल्याएको यस सिस्टमले कारोवारको अभिलेखसमेत अपडेट गर्ने उनले बताए । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रस...
दशैंको मुखमा कुमारी बैंकको एटिएम मेसिन तोडफोड

दशैंको मुखमा कुमारी बैंकको एटिएम मेसिन तोडफोड

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ गते । घटस्थापनाको दोस्रो दिन गोरखाको कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ । हरमटारीस्थित कालिमाटीमा रहेको बैंकको एटिएम कक्ष गए राति तोडफोड भएको थियो । एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए ।...
लुटपाटमा संलग्न ३ जना पक्राउ

लुटपाटमा संलग्न ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ गते । ईलामको माई नगरपालिका–४ की ८० वर्षीया वृद्धा सरस्वती पुलामी मगरको सुन तथा नगद लुट्पाट गर्ने तीनजना पक्राउ परेका छन् । जिल्लाको मेचिनगर–३ झापाका २५ बर्षीय कुमार मगर, ३१ बर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका–३ का ३४ बर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आईतवार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको साथबाट सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैयासहित पक्राउ गरेको हो । पक्राउ पक्राउ परेकाहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान अगाडी बढाएको छ ।...
अपांग युवतीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

अपांग युवतीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ गते । शारीरिक रुपमा अपांगता भएकी १९ वर्षीया युवतिलाई बलात्कार गरेको अभियोगमा मोरङको लेटाङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको लेटाङ नगरपालिका–९ की ती युवतिलाई बलात्कार गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राई पक्राउ परेको हो । उनका अनुसार युवतीका दुवै खुट्टा चल्दैन । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि राईलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । लेटाङ–९ मा राईको खेती छ । काम गर्नलाई खेतमा गएका बेला गत शनिबार राति युवतीलाई बोकेर आफ्नै खेतमा रहेको टहरोमा लगी राईले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अपांगता भएकी युवती बलात्कृत भएको दुई दिनपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । घटनाको जानकारी पाउनसाथ सोमबार पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । राईविरुद्ध जबरजस्ती करणी मुद्दा चल...
कोदालो प्रहारबाट श्रीमतीको हत्या

कोदालो प्रहारबाट श्रीमतीको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ गते । धनुषामा कोदालो प्रहराबाट श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ । जिल्लाको मिथिलाबिहारी नगरपालिका–ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या गरेको अभियोगमा उनकै श्रीमान पक्राउ परेको हो । प्रहरीले श्रीमान रामा मण्डललाई पक्राउ गरेको छ । जीवछी देवीको शव बाँस झाडीमा फेला परेको थियो । अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछी देवीलाई कोदालोले हिर्काएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । प्रहरीले घटनामा प्रयोग भएको कोदालो पनि धानखेतबाट बरामद गरेको छ । रामा हाल जीवछीको किरियामा थिए । घटनाको ५ दिनपछि प्रहरीले रामालाई किरिया बसेकै अवस्थामा पक्राउ गरेको हो । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको कोदालो समेत उनको बयान अनुसार धानखे...
एकै दिनमा १ हजार ५१ डेंगु संक्रमित, मृतकको संख्या ३२ पुग्यो

एकै दिनमा १ हजार ५१ डेंगु संक्रमित, मृतकको संख्या ३२ पुग्यो

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १० गते । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५१ जनामा डेंगुको संक्रमण देखिएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा २५ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण देखिएको छ । यसअघि हिजोसम्म २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९ सय १० मा डेंगु संक्रमण भएको छ ।...
१ नं. प्रदेशको स्वास्थ्य मन्त्रालयबाट हटाइयो राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

१ नं. प्रदेशको स्वास्थ्य मन्त्रालयबाट हटाइयो राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

Breaking News 2, राजनीति, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १० गते । प्रदेश नं. १ को स्वास्थ्य मन्त्रालयबाट आइतबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर स्वस्थ्य मन्त्रालयबाट हटाइएको हो । स्वास्थ्यमन्त्री जयरामम यादवले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर सो ठाउँमा प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको फोटो प्रतिस्थापन गरेका हुन् । मन्त्री यादवले प्रादेशिक सरकार तथा त्यसअन्तर्गतको मन्त्रालय भएकाले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिरहन आवश्यक नभएको प्रतिक्रिया दिए । संघीयता बलियो बनाउन परिवर्तनका लागि आफैँबाट सुरुवात गरेको यादवको भनाइ छ । उनले आफू बस्ने कुर्सीको दायाँतिर प्रदेश प्रमुख र बायाँतिर मुख्यमन्त्रीको तस्बिर राखेका छन् । कुर्सी पछाडि भने सगरमाथाको ठूलो तस्बिर छ । संघीय मन्त्रालयहरूमा राष्ट्रपति र प्रधानमन्त...