Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

शिक्षक हत्या अभियोगमा २२ वर्षीया युवती पक्राउ

शिक्षक हत्या अभियोगमा २२ वर्षीया युवती पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १० गते । ओखलढुंगामा शिक्षक हत्या गरेको अभियोगमा २२ वर्षीया एक जना युवती पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी छलमाया धमलालाई पक्राउ गरेको हो । उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको छ । ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको हो । घटनास्थल प्रकृतिका आधारमा हत्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेपछि शनिबार साँझ आरोपित महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुकदेव खनालले जानकारी दिए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा द...
चोरीको अभियोगमा वडासदस्य पक्राउ

चोरीको अभियोगमा वडासदस्य पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १० गते । चोरी गरेको अभियोगमा प्रहरीले कास्कीबाट एक जना वडासदस्य पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनी वडा सदस्यस हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।...
बसाहामा सुरु आठौँ नारदमुनी गोल्कपमा चारतारे फुटबल क्लवको बिजयी सुरुवात

बसाहामा सुरु आठौँ नारदमुनी गोल्कपमा चारतारे फुटबल क्लवको बिजयी सुरुवात

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ९ बसाहामा आजबाट सुरु भएको आठौँ संस्करणको नारदमुनी गोल्डकपमा चारतारे फुटवल क्लव मोरङ बिजयी भएको छ । नारदमुनी थुलुङ् रंगशाला बसाहामा भएको पहिलो खेलमा गोर्खा व्वाईज स्पोर्टस् क्लव रुपन्देहीलाई २÷० को अन्तरले पछि पार्दै पहिलो खेलको जित सुनिश्चित गरेको हो । खेलको २३ औँ मिनेटमा चारतारेको तर्फबाट जर्सि नं १० का भुवन बस्नेतले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलएका थिए भने खेलको अन्तिम चरणमा पनि बस्नेतले नै थप एक गोल गर्दै टिमलाई बिजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच पनि बस्नेत नै घोषित भएका छन् । उनले रु ५ हजार नगद सहित पुरस्कार समेत पाएका छन् ।...
आठौ नारदमुनी गोल्डकप : हाफटाइम अगाडि चारतारे क्लब एक गोलले अगाडी

आठौ नारदमुनी गोल्डकप : हाफटाइम अगाडि चारतारे क्लब एक गोलले अगाडी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ९ गते । उदयपुरको बसाहामा गोर्खाज फाइनान्स लिमिटेड आठौ नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । उद्घाटन खेल चारतारे फुटबल क्लब मोरङ र गोर्खाज ब्याइज स्पोर्ट्स क्लब रुपन्देही बिच भईरहेको छ । खेल दिउँसो ४ बजेबाट सुरु भएको हो । पहिलो खेलमा हाफटाइम अगाडि पहिलो गोल चारतारे क्लब मोरङको तर्फबाट जर्सि नम्बर १० का खेलाडी भुबन बस्नेतले गोल गरेका छन् । बस्नेतले खेलको २३ औँ मिनेटमा गोल गरेका हुन् । हाफटाइम अगाडि चारतारे क्लब एक गोल अन्तरले अगाडी रहेको छ ।...
आठौ नारदमुनी गोल्डकप शुरु

आठौ नारदमुनी गोल्डकप शुरु

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ९ गते । उदयपुरको बसाहामा गोर्खाज फाइनान्स लिमिटेड आठौँ नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । बसाहा युबा क्लबको आयोजनामा भएको प्रतियोगिता असोज ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ।चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले रेफ्रीलाइ फूट्बल हस्तान्तरण गरेपछि खेल सुरु भएको हो । उद्घाटन खेल चारतारे फुटबल क्लब मोरङ र गोर्खाज ब्याइज स्पोर्ट्स क्लब रुपन्देही बिच भएको हो । खेल दिउँसो ४ बजे सुरु भएको हो ।...
सुत्केरी राउतलाई कर्मचारी संगठनको सहयोग

सुत्केरी राउतलाई कर्मचारी संगठनको सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ९ गते । नेपाल निजामती कर्मचारी संगठन महिला विभाग उदयपुरले सामाजिक कार्यमा सहयोग गरेको छ । संगठनले ११ दिनको सुत्केरी अवश्थामा श्रीमान गुमाएकी रौतामाई गाउँपालिका ४ की भेषकुमारी राउतलाई आर्थिक सहयोग गर्दै सामाजिक अभियानमा जोडिएको हो । श्रीमानको मृत्युले छोराछोरीको पालनपोषणमा समस्या शिर्षकमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएसँगै महिला विभागले नगद १६ हजार पाँच सहयोग गरेको हो । संगठनका उपाध्यक्ष तथा महिला विभाग प्रमुख बबिता परियारले संगठन आवद्ध साथीहरुबाट संकलन गरी राउतलाई सहयोग गरिएको हो । उनले भनिन्, ‘कमाउने श्रीमानको मृत्युपछि तीन छोरा, एक छोरी र श्रीमतीको पालनपोषणमा नाजुकको रहेको खवर सुनेपछि सहयोग गरेका हौ ।’ उनले तिजविशेष कार्यक्रममा भेषकुमारीको अवश्थालाई मध्यनजर गरी तत्काल सहयोग उपलब्ध गराएका बताईन् । ‘सुत्केरी श्रीमतीको स्याहारसुसार गर्ने समयमा श्रीमानक...
पौडी खेल्दा बेपत्ता भएका ३ बालकको शव फेला

पौडी खेल्दा बेपत्ता भएका ३ बालकको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ९ गते । खोलामा पौडी खेल्न गएका तीन जना बालकको शव हेटौंडाको कर्रा खोलामा भेटिएको छ । शुक्रबार साँझदेखि बेपत्ता भएका ती बालकहरुको खोजी गर्ने क्रममा तीनै जनाको शव खोलाको किनारमा भेटिएको हो । प्रहरीका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिक–५ मा पर्ने कर्रा खोलामा पौडी खेल्न आएका ४ जना बालकमध्ये ३ जना बालक खोलामा प्रवेश गरेका थिए । उनीहरु हेटौंडा १५ फायरलाइनबाट पौडी खेल्न आएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा डेङ्गु बढ्दो

उदयपुरमा डेङ्गु बढ्दो

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ९ गते । उदयपुरमा डेङ्गुको संक्रमण बढ्दै गएको छ । असोज ९ गतेसम्म जिल्लाभर ४३ जनामा संक्रमित भेटिएका छन् । जिल्लामा दुई सय अन्ठानब्बे जनाले डेङ्गुको परिक्षण गराएका छन् । अधिकाशं संक्रमितको स्वास्थ्य सामान्य रहेको छ । सबैभन्दा बढी त्रियुगा नगरपालिकामा संक्रसमित भेटिएका छन् । त्रियुगामा १६ जना संक्रमित भेटिएका छन् । बेलकामा १५ जना संक्रमित फेला परेका छन् भने कटारीमा १२ जना संक्रमित भएका छन् । यता रौतामाई, उदयपुरगढी, ताप्ली, लिम्चुङबुङ गाउँपालिका र चौदण्ढीगढी गाउँपालिकामा भने हालसम्म कुनै संक्रमित फेला परेका छैनन् । उदयपुको बेलकामा शुरुमा डेङ्गुको संक्रमण देखिएको थियो ।...
दशैं नजिकिएसँगै उदयपुरको सुरक्षा व्यावस्थामा थप कडाई

दशैं नजिकिएसँगै उदयपुरको सुरक्षा व्यावस्थामा थप कडाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ९ गते । नेपालीहरुको महान चार्ड दशैं, तिहार र छठ पर्वको अवसरमा उदयपुर जिल्लामा सुरक्षा व्यावस्थालाई थप कडाई गरिएको छ । चाड पर्वहरुलाई शन्तिपुर्ण तथा हर्षौल्लासमय वातावरणमा मनाउन जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई थप सुढृढ बनईएको सुचना अधिकारी राकेश कुमार पोदारले बताए । पोदारका अनुसार सुरक्षा व्यावस्थालाई कडाई गर्नका निम्ती ३७७ जना प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहत प्रहरी कार्यालय समेतबाट ९ वटा गाडी मोवाईल , २० वटा मोटर साईकलबाट गस्ति , मुख्य बजार क्षेत्रहरुमा २४ स्थान पिकेट , ग्रामिण ईलाकाहरुमा १२ वटा ग्रामिण गस्ती , बिभिन्न स्थानमा दैनिक १० स्थानमा सरप्राईज चेकीङ , ट्राफिक सहितको संयुक्त चेकिङ १० स्थानमा परिचालित हुने छ । त्यस्तै, यता बढी भाडा रकम असुल गर्ने, दुर्व्यवहार गर्ने, क्षमता भन्दा बढि यात्रु राख्ने कार्यलाई निरुसाहित गर्न ...
गाईघाटमा जडीबुटी भान्सा सुधार सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम

गाईघाटमा जडीबुटी भान्सा सुधार सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज ९ भान्सामा जडीबुटीको महत्व दर्साउँदै गाईघाटमा १ दिने प्रशिक्षण कार्यक्रमको अयोजना गरिएको छ । शनिवार धन्वंनतरी जडीबुटी आयुर्बेद अभियानद्धारा आयोजित कार्यक्रममा स्वास्थ्य जिवनका लागि भान्सा सुधार गर्न आवश्यक, भान्सा सुधारका लागि जडीबुटीको आवश्यक भन्दै १ दिने बृहत प्रशिक्षण गरिएको हो । बिभिन्न आयुर्वेद्ध बिज्ञ डाक्टर तथा गुरुहरुबाट प्रशिक्षणमा ज्ञान प्रदान गरिएको छ । बालवच्चाको स्वास्थ्य सुधार र आयुर्वेद उपचार प्रणाली अकुप्रेशरको बारेमा बृहत चर्चा गरिएको छ । उक्त प्रशिक्षण झापाका बैद्धिक आयुर्वेद एण्ड अकुप्रेसर हेल्थ केयर सेन्टर प्रालिका संञ्चालक गंगा दाहालले दिनुभएको छ । अभियानका अध्यक्ष अनिल कटुवालले जडीबुटी उपचार पद्धती सरल र उपयोगमुखी रहेको जनाउनुभयो । उहाँले यो आफ्नै स्थानीय ठाउँहरुमा उत्पादित वस्तुलाई आफैले प्रसोधित गरी प्रयोगमा ल्याईने भएका कारण सहज सरल र फाईद...