Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

गाईघाटमा अबैध संरचना र फुटपाथ हटाउने काम जारी

गाईघाटमा अबैध संरचना र फुटपाथ हटाउने काम जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १७ हिजो बाट गाईघाटमा पनि धमाधम नगरपालिकाले अबैध संरचना र फुटपाथ हटाउने कार्यलाई तिव्र वनाएको छ । बजार आसपास साँघुरो र अत्यादिक भिँडभाँडले अस्तव्यस्त बजारलाई नियन्त्रण गर्न यस कार्यलाई तिव्र बनाईएको ११ नं वडाअध्यक्ष सुमन्त कोईरालाले बताउनु्भयो । कोईरालाका अनुसार सफा र स्वच्छ शहर सँगै दुर्घटना न्युनिकरण गर्न यस कार्यले ठुलो भुमिका खेल्ने बताउनुभयो । हाल बजार आसपासका संरचनाहरु धमाधम भत्काईरहेको छ । पहिलै व्यापारिहरुलाई त्यस्ता वस्तुहरु आफै हटाउन लगाईएपनि सुनुवाई नभएपछि आफै भत्काउन थालिएको हो । केहि समय अगाडी बाट त्यस्ता सामान र संरचना हटाउन भनिएको थियो । तर पनि अटेरी गरेको अवस्थामा भने नगरले आफै हटाईरहेको छ । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको संयुक्त प्रयासमा त्यस्ता वस्तु हटाउने कार्य भएको संघका अध्यक्ष रमेश रसाइैलीले जनाउनुभयो ।...
रुमनले जन्मोत्सव बौद्धिक अपाङ्गता बालबालिकासँग मनाए

रुमनले जन्मोत्सव बौद्धिक अपाङ्गता बालबालिकासँग मनाए

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १६ युवा समाजसेवी तथा व्यवसायी कालिदास राई (किसन) ले आफ्नो छोराको जन्म दिनमा आज बौद्धिक अपाङ्गता बालबालिकालाई कपडा, खाद्यान्न सहयोग गर्नुभएको छ ।छोरा रुमन राईको जन्मोत्सवमा त्रियुगा माध्यामिक विद्यालयमा रहेको बौद्धिक अपाङ्गता श्रोत कक्षाका बालबालिकाहरुलाई कपडा, खाद्यान्नका साथै शुद्ध पानी पिउनका लागि फिल्टरसमेत सहयोग गर्नुभयो । खाद्यान्नमा एक कार्टुन तेल, एक बोरा चामल, एक कार्टुन चाउचाउ, एक कार्टुन फ्रुटी, दुई क्रेट अण्डा लगायत रहेको थियो भने एउटा फिल्टर र भेष्ट उपलब्ध गराइएको हो ।स्रोत कक्षाका संयोजक अमृत हमाल र धाइआमाहरुकाबीच बालबालिकाहरुसंग केकसमेत काटेर जन्मदिन मनाइएको थियो ।जन्मदिनको निहुँमा अनावश्यक बाहिरी खर्च गर्नुभन्दा मानवीय सहयोग होस् भन्ने हेतुले १२ वसन्त टेकेको छोरोको जन्मोसवमा बौद्धिक अपाङ्गता बालबालिकालाई सहयोग गरेको राई परिवारले जनाएको छ ।   &nbs...
बालिका भारत बेच्न लग्ने ३ जना पक्राउ

बालिका भारत बेच्न लग्ने ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौँ १६ गते । भारतको दिल्लीतर्फ बेच्न लगिदैँ गरिएको दुई बालिकालाई धनुषा प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारतमा बेच्नका लागि लैजान लागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ । जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको नेपाली रेलमा बालिकालाई चढाएर लग्दै गरेको अवस्थामा इनर्वा स्टेशनबाट ती बालिकाको उद्धार गरिएको र तीन जनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ कमलानगर बस्ने २६ वर्षीय रुपेशकुमार मिश्र, वडा नम्बर २३ का २३ वर्षीय दिलमहम्द साह र महोत्तरीको मटिहानी नगरपालिका–२ बस्ने २० वर्षीया रानी भनिने मुस्कान मण्डल छन् । ती बालिकालाई भारतको दिल्लीतर्फ बेच्न लगिरहेको सूचनाको आधारमा बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीले बताए । पक्राउ परेकाबिरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गर...
सुमो चोरेर भाग्दै गर्दा दुर्घटना

सुमो चोरेर भाग्दै गर्दा दुर्घटना

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १६ विराटनगरमा चोरीको सुमो दुर्घटना भएको छ । चताराबाट आएर गाडी धुईपखाल गरी राखेको अवस्थामा चोरी गरी भाग्दै गर्दा स्कुल बस सित ठक्कर खाँदा दुर्घटना भएको संञ्चालक चन्द्र अधिकारीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज राजकुमार कार्कीका अनुसार दुर्घटना हुँदा दुवै सवारीमा सामान्य क्षति भएको छ भने सुमो लिएर भाग्ने व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा चोरी गरी भाग्दै गरेका अशोक चौधरी रहेका छन् । पक्राउ पर्दा चालक हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ । े विराटनगर(३ भट्टा चोकबाट चोरले लिएर भाग्दै गरेको टाटा सुमो भ्यान विराटनगर(२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण बससँग ठोक्किएर दुर्घटना भएको इन्चार्ज कार्कीले जनाए । पक्राउ पर्दा चालक हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ । को १ च ...
टिकटक बन्द गर्न युवाहरुको माग

टिकटक बन्द गर्न युवाहरुको माग

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १६ गते । टिकटक एप बन्द गर्न सप्तरीका युवाहरुले माग गरेका छन् । समाजमा अश्लीलता बढिरहेकको भन्दै युवाहरुले सप्तरीको राजविराजमा बुधबार टिकटक बन्द गर्नका लागि प्रदर्शन गरेका हुन् । विभिन्न ठाउँबाट टिकटक एप बन्दको आवाज आउन लागेका बेला टिकटक बन्द सङ्घर्ष समिति सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको सङ्घर्ष समिति अभियानका जिल्ला संयोजक सच्चिदानन्द यादवले जानकारी दिए । प्रदर्शनमा उत्रेका युवाहरूले ‘टिकटक बन्द गर’, ‘टिकटकमा अश्लीलता भिडियो बनाउनेलाई कारबाही गर’, ‘टिकटक भगाऊँ आफ्नो संस्कृति बचाऊँ’, ‘टिकटक बन्द सङ्घर्ष समिति जिन्दावाद’लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए । समाजमा अश्लीलताको सीमा नाघ्दै सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको युवाहरूको आरोप छ । नेपालमा टिकटकमा सामाजिक विकृति मौलाउने खालका गतिविधिहरु अ...
सुनको मूल्यमा लगातार आठौँ दिन सम्म गिरावट

सुनको मूल्यमा लगातार आठौँ दिन सम्म गिरावट

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १६ गते । सुनको मूल्यमा लगातार आठौँ दिन गिरावट भएको छ । भदौ ९ गतेबाट घट्न थालेको सुनको मूल्य आज बिहीबार पनि ९ सय रुपैयाँले गिरावट भएको छ । आज सुन तोलामा ९३ हजार १ सय रुपौयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९४ हजार रुपैयाँमा सुनको कारोवार भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रुपौयाँले घटेर १ हजार १ सय रुपैयाँमा आइपुगेको छ । हिजो बजारमा चाँदी प्रतितोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।...
गाईघाटमा पुटपाथ तथा अबैधानि सडक आसपास बनेका संरचना हटाउन सुरु

गाईघाटमा पुटपाथ तथा अबैधानि सडक आसपास बनेका संरचना हटाउन सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १६ गाईघाटमा सडक आसापास राखिएका फुटपाथ तथा अबैध संरचनाहरु धमाधम हटाउन थालिएको छ । बिहिबारबाट सडक पेटीमा रहेका त्यस्ता संरचना र पसलहरुलाई हटाउन थालिएको हो । त्रियुगा उद्योग वाणिज्य संघ र त्रियुगा नगरपालिकाको संयुक्त प्रयासमा सामान हटाउन थालिएको हो । संघका अध्यक्ष रमेश रसाईलीका अनुसार बजार सफा र दुर्घटना न्युनिकरण गर्नलाई सडक आसपास खाली गर्ने काम गरिएको जनाउनुभयो । सडक र सडक पेटीका लागि बनाईएको ठाउँमा फुटपाथ पसल, पार्किङ, भिँडबाँड र बिभिन्न संरचनाहरुले शहर अस्तव्यस्त रहेको रसाईलीको भनाई छ । यसरी सबैलाई कुनै ठाउँमा व्यवस्था गर्ने हो भने सफा र खुल्ला सहर बन्ने रसाईलीले बताउनुभयो । त्रियुगा नगरपालिकाको उपमेयर महेश्वरी राई सहित कर्मचारी, उद्योग वाणिज्य संघ, सुरक्षाकर्मीहरुको सहभागीमा फुटपाथ व्यवस्थीत तथा पेटी खुल्ला कार्य गरिएको छ । सडक आसपासका फुटपाथलाई तथा फलफुल पसललाई ...
पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १६ सुनसरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उप–महानगरपालिका–६ का २३ बर्षीय इशान बहादुर कार्की रहेका छन् ।हिजो दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अबस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।...