Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

माओवादीद्धारा उदयपुर क्षेत्र नं १ का लागि उम्मेदवार सिफरिस

माओवादीद्धारा उदयपुर क्षेत्र नं १ का लागि उम्मेदवार सिफरिस

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १८ नेकपा माओवादी केन्द्र उदयपुर क्षेत्र नं १ को आज भदौ १८ गते बसेको बैठकले उम्मेदवारको सिफरिस गरेको छ । माओवादीले उदयपुर क्षेत्र नं १ का लागि मिन बहादुर ज्यु ठकुरी र किरण राईको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ खगेन्द्र खड्का, दिल कुमारी पुलामी मगर र सागर वि.क.को नाम सिफारिस गरेको छ ।प्रदेश निर्वाचन क्षेत्र उदयपुर क्षेत्र नं. १ (क) का लागि प्रत्यक्षमा चार जना राजन किराती, मणी खम्बु, रमन भट्टराई र मनोज तामाङ सिफारिस भएका छन् । यस्तै सोहि क्षेत्रको समानुपातिकका लागि ६ जनाको नाम सिफारिस भएको छ । जसमा सम्झना तामाङ, देव नायारण चौधरी , श्याम क्षेष्ठ, गेगासरी राई, खड्क बहादुर बि.क., राम कुमार र ललित राई रहेका छन् । यस्तै क्षेत्र नं १ (ख) को लागि प्रत्यक्षमा बिमला राई, मान ब.राई र पदम दाहाल गरी तिन जनाको नाम सिफारिस भएको छ भने समानुपातिकमा द्रोण पौडेल, गिता खड्का कार्...
नेपाल फोटो पत्रकार महासंघ उदयपुरको दास्रो अधिवेशन सम्पन्न

नेपाल फोटो पत्रकार महासंघ उदयपुरको दास्रो अधिवेशन सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १८ नेपाल फोटो पत्रकार महासंघ उदयपुर शाखाको दास्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लाको रौतापोखरीमा भएको दास्रो जिल्ला अधिवेशनले दस सदस्यीय जिल्ला समिती चयन गरेको छ ।जसमा अध्यक्ष देवराज राई, उपाध्यक्ष राकेश नेपाली, सचिव लक्ष्मी पोखरेल, महासचिव बिक्रम राई, कोषाध्यक्ष पुजा राजधामी रहेका छन् । यस्तै सदस्यमा चन्द्रकला राजधामी, चेवाङ राई, कमला राउत, अरुण चौधरी र तोषल राई चयन भएका छन् ।उदयपुर शाखाले स्वतन्त्र रेडियो प्रशारक संघ (वान) का नवनिर्वाचित महासचिव नविन राईलाई सम्मान गरेको थियो । रौतामाई गाउँपालिकाको अध्यक्ष विरेन्द्र मगरको प्रमुख अतिथिमा सम्पन्न सो कार्यक्रममा जिल्लाका अधिकाशं पत्रकार सहभागी भएका थिए ।...
भारतमा ट्रकको ठक्करबाट बसमा सवार ४ नेपालिको मृत्यु, २४ जना घाईते

भारतमा ट्रकको ठक्करबाट बसमा सवार ४ नेपालिको मृत्यु, २४ जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १८ भारतको उत्तरप्रदेशमा ट्रकको ठक्करबाट बसमा सवार ४ नेपालिको मृत्यु भएको छ भने २४ जना घाईते भएको टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा प्रेम थारू, सीतल थारू र चक्र बहादुर रहेका छन् भने एक जनाको सनाखत भएको छैन।शनिबार नेपालबाट गोवा जादैँ गरेको युपी९३बि.टि. ९९४४ नम्बरको बस महानगुपुर गाउँ पुग्दा एउटा टायर पन्चर भएको थियो । बसलाई सडक छेउमा रोकेर चालकले पन्चर भएको टायर फेर्दै गर्दा ट्रकले ठक्कर दिदाँ चार जनाको घटना स्थलमै मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । बसमा ६० जना नेपाली कामदार सवार रहेको भारतिय प्रहरीले जनाएको छ । घाइतेहरूको बराबंकी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ६ जनालाई लखनउको केजिएमयू ट्रमा सेन्टरमा रिफर गरिएको छ भने अरू यात्रुहरू सुरक्षित नै रहेका छन् । मृतकको शव पोष्टमर्टमको लागि अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान अघि बढाएको भारतीय प्रहर...
गर्भवती प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त दुई बर्षपछी पक्राउ

गर्भवती प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त दुई बर्षपछी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १८ गर्भवती प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्तलाई दुई बर्षपछी रूपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–७ का ३६ वर्षीय काशीराम मुराउ रहेका छन् ।काशीरामले २०७७ माघ १० गते जंगलमा गुल्मी अर्खवाङ–२ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्यालको हत्या गरेको इलाका प्रहरी कार्यालय, सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए । मरासिनीका अनुसार दिउँसो घाँस काट्न फायरलाइन जंगलमा गएका स्थानीयले एक गर्भवती महिला मृत फेला पारेका थिए। पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र शव फेला परेपछि स्थानीयले खबर गरेका थिए । घटनाको खबर पाएपछी प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले त्यहाँ शव कीरा लागेको अवस्थामा फेला पारेको थियो। काशीराम (प्रेमी) र बसन्ती (प्रेमीका) बीच अतिरिक्त वैवाहिक सम्बन्ध रहेछ, उनले भने, अतिरिक्त वैवाहि...
उदयपुरमा खुकुरी प्रहार गरी एकै परिवारका तिन जनाको हत्या

उदयपुरमा खुकुरी प्रहार गरी एकै परिवारका तिन जनाको हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १८ उदयपुरमा खुकुरी प्रहार गरी एकै परिवारका तिन जनाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–७ वाबिङ खोला स्थितमा बस्ने ४३ बर्षीय नर बहादुर बस्नेत रहेका छन् ।उनले शुक्रबार बिहान ११ बजेको समयमा खुकुरी प्रहार गरी सोहि स्थान बस्ने राज कुमार बस्नेत, निजकै श्रीमती ३३ बर्षीया सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेतको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राकेश कुमार पोदारले बताए । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्र.नि.को टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी उपरीक्षक सहित खटिएको प्रहरी टोलीले बेलका नगरपालीका वडा नम्बर ६ वरबोटबाट बस्नेतलाई भाग्दै गरेको अबस्थामा खुकुरी सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेको बस्नेतलाई जिल्लामा ल्याई आवश्यक थप अनुुन्धान गरिरहेको ...
लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १७ सुनसरीको धरान उप–महानगरपालिका–८ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन ।हिजो अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुह र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भए संगै प्रदेश १–०२–००३ ह १६४९ नम्वरको टेम्पो सहित नियन्त्रणमा लिइएका दुबै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...
बिभिन्न मुद्धामा फरार रहेका ३ जना पक्राउ

बिभिन्न मुद्धामा फरार रहेका ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १७ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT सहमुहको प्रहरी टोलीले बिभिन्न मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी गाउँपालिका–८ झापाका ३७ बर्षीय दिप्सन लावती, सुन्दर हरैचा नगरपालिका–७ मोरङका २५ बर्षीय सुरज परियार र धरान उप–महा नगरपालिका–४ सुनसरीका ४९ बर्षीय महेन्द्र बहादुर थापालाई पक्राउ गरेको छ । फरार प्रतिवादी खोजतालासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा तिनै जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।दिप्सन लावती सम्मानित सर्बोच्च अदालतको मिति २०६५÷११÷२३ गतेको फैसलाले सम्मानित पुनराबेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद ठहरेको कर्तब्य ज्यान मुद्धामा फरार रहेका थिए । परियार लागु औषध मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७५÷११÷२६ गतेको सजाय निर्धारण फैसला आदेशले २५ दिन कैद, २ हजार रुपैया जरीवाना तोकेतापनी फरार रहेका...
नहरमा डुबेका ३ जनाकोे उद्धार, बाटोमै एम्बुलेन्स बिग्रदा १ को मृत्यु

नहरमा डुबेका ३ जनाकोे उद्धार, बाटोमै एम्बुलेन्स बिग्रदा १ को मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १७ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेमा रहेको चतरा झुम्का नहरमा डुबेका तीन जनाको उद्धार भरिएको छ । पञ्चमी व्रतको लागि बिहान नहरमा नुहाउने क्रममा अचानक डुबेका १६ वर्षीया सलिना खड्का, ३६ वर्षीया शोभा खड्का र २४ वर्षीया कञ्चन खड्को उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अचेत अवस्थामा फेला परेकी शोभा खड्काको भने बाटामै एम्बुलेन्स बिग्रदा मृत्यु हुन गएको छ । अचेत अवस्थामा रहेकी शोभालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रिफर गरेपछि विजयपुर अस्पताल पठाइको थियो । विजयपुर अस्पतालमा उपचार भइरहेको समयमा बिहिवार शोभाको १ ः३० बजे उनको मृत्यु भएको हो । ३६ जना सशस्त्र प्रहरीको टिम नेपाल प्रहरी र स्थानीय बासीले उनीहरुको उद्धार गरेका हुन् । खोलाले बगाएका मानिसहरु ५ फिटको गहिराइमा बेलुका ५ बजे फेला परेका हुन् । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश...
चतरा नहरमा डुबी २ जनाको ज्यान गयो

चतरा नहरमा डुबी २ जनाको ज्यान गयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १७ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने एकै परिवारका दुई जनाको चतरा नहरमा डुबेर ज्यान गएको हो । नहरमा डुबेर बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये १४ वर्षीया सलिना खड्का र ३६ वर्षीया शोभा खड्काको ज्यान गएको हो । सलिना र शोभा फुपू भदैनी भएको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरूसँगै नुहाउन पसेका २३ वर्षीया सोनु खड्का र १४ वर्षीया इशा खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बराहक्षेत्रको बीचपानी भएर जाने सुनसरी मोरङ सिंचाइ आयोजनाको चतरा नहरमा सलिनालाई डुबेको स्थानदेखि तीनकिलोमिटर दक्षिण मृत अवस्थामा फेला परेकी थिइन् भने शोभालाई उद्धार गरेर धरानको विजयपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचारकै क्रममा ज्यान गएको हो ।...
वृद्धामाथी जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

वृद्धामाथी जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १७ गुल्मीमा ६५ बर्षीया वृद्धामाथी जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका वडा नं.४ नयाँ पोखरा निवासी ३६ बर्षीय कृष्णबहादुर सार्की रहेका छन् ।घरमा एक्लै भएको मौका छोपी वृद्धामाथी जबरजस्ती करणी गरेको सूचनाको आधारमा सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताए । पक्राउ परेका सार्कीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।...