Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

सुनसरीमा एमालेले युवा उद्यमी कार्कीको नाम सिफारिस गर्यो

सुनसरीमा एमालेले युवा उद्यमी कार्कीको नाम सिफारिस गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १९ नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले ढिलै भए पनि जनभावनाको कदर गर्दै गाउँ, सहर र बस्तिबाट युवा नेताहरुलाई अगाडि सार्ने रणनीति लिएको छ । आसन्न मंसिर ४ को संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीको क्षेत्र नं। ३ ९क० बाट सञ्चार उद्यमी, सामा जिक अभियन्ता विष्णु ९समिर० कार्कीको नाम सिफारिस भएको छ । त्यसो त सिनेमाको अध्ययन गरेर हिरो बन्ने सोख पालेका कार्की सानै उमेरदेखि सामाजिक अभियान अन्तर्गत युवा लक्षित एरिना टेलिभिजनमार्फत सञ्चार क्षेत्रमा हाम फालेको हुन् । उनले त्यसबेला कान्छो युवा सञ्चार उद्यमीको नामले परिचित पनि भएका हुन् । युवाहरुको नेतृत्व विकास, प्रतिभा प्रस्फुटनमा समेत उत्तिकै योगदान दिँदै आएका कार्की राजधानी सरोकार समाजका सहसंयोजक भएर इटहरीमा प्रदेशको राजधानी बनाउने अभियानमा पनि जुटेका हुन् । कार्कीले शिक्षा क्षेत्रको बेहत्तर विकासमा उत्तिकै चनाखो हुँद...
एमाले उदयपुरले प्रतिनिधि सभा सदस्यको लागि ११ जनाको नाम सिफारिस गर्यो

एमाले उदयपुरले प्रतिनिधि सभा सदस्यको लागि ११ जनाको नाम सिफारिस गर्यो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ १९ उदयपुरमा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ । उदयपुरमा दुई ओटा क्षेत्र मध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ ।आइतबार बसेको नेकपा एमाले उदयपुरका दुबै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य रहनु भएकी मञ्जु कुमारी चौधरी सहित एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका(कल्याण), प्रदेश कमिटि सदस्यहरु बिमल कार्की र सुरेश तामाङ्ग सिफारिस हुनुभएको छ मञ्जु कुमारी चौधरी यस अघि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले कांग्रेस नेता तथा परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित हुनुभएको थियो । त्यस्तै बिमल कार्की प्रदेश सांसद् समेत हुनुहुन्...
उदयपुरमा जंगली हात्ति मरेको अवस्थामा फेला

उदयपुरमा जंगली हात्ति मरेको अवस्थामा फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ उदयपुरमा जंगली हात्ति मरेको अवस्थामा फेला परेको छ । जिल्लाको बेलका नगरपालिका-८ सिसौली स्थित जंगली हात्ति मरेको अवस्थामा फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा शनिबार नै जंगली हात्ती मृत अवस्थामा फेला परेको थियो ।डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गएराति नै स्थानीयहरुले हात्ती मृत अवस्थामा फेला परेको जानकारी गराएको थियो । जंगली हात्ती मृत फेला परेपछि आज डिभिजन वन कार्यालय गाईघाटका टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टर सहित कोशी टप्पु बन्य जन्तु आरक्षका प्रतिनिधिहरु सहित पोस्टमार्टमका लागि टोली पठाइएको छ । उनले भने, ‘त्यही क्षेत्रमा घुमिरहने जंगली हात्ती केहि दिन अघि नै मृत्यु हुन सक्ने अनुमान गरिएको छ । हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टम सहित अनुसन्धा...
उदयपुरको मैनामैनी हत्याकाण्ड : प्रहरीद्धारा आरोपी सार्वजनीक

उदयपुरको मैनामैनी हत्याकाण्ड : प्रहरीद्धारा आरोपी सार्वजनीक

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १९ गते । उदयपुरको बेलका नगरपालिका मैनामैनीमा भाद्र १७ गते एकै परिवारका तीन जनाको हत्या गरेको आरोपी नर बहादुर बस्नेतलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आज पत्रकार सम्मेलन गरेर हत्यारा बस्नेतलाई सार्वजनिक गरेको हो । आरोपी बस्नेतले नातामा दाजु पर्ने राज कुमार बस्नेत, भाउजु सरिता बस्नेत र भतिजो सुजन बस्नेतको हत्या गरेका थिए । हत्या गरी भाग्दै गरेको अवस्थामा आरोपीलाई प्रहरीले बेलका–६ स्थीत वरवोटेबाट घटना घटेकै दिन खुकुरीसहित प्रक्राउ गरिएको थियो । मनोगत रिसिह्बी तथा सामान्य वादविवादपछि हत्या भएको प्रहरीले जनाएको छ । आरोपी नर बहादुर बस्नेतले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीले आजै जिल्ला अदालतबाट सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती पाएको छ ।...
१ नम्बर प्रदेशमा भारी वर्षाको सम्भावना

१ नम्बर प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ गते । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरीतर्फ अवस्थित रहेकोले १ नम्बर प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विभाग महाशाखाले जनाएको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।...
जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ गते । झपामा जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिका–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट ज्यान गएकोे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार जंगलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा ज्यान गएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ गते । दाङमा राती टिकटक बनाउने क्रममा भिरबाट लडी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउने क्रममा केसी शनिबार राति करिब नौ बजे भीरबाट तीन सय मिटर तल खसेका थिए । भिरबाट लडेकाको केसीलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए । रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
अबैध औषधी सहित दम्पती पक्राउ

अबैध औषधी सहित दम्पती पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ सुनसरीमा अबैध औषधी सहित दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–८ घर भई बराहक्षेत्र नगरपालिका–२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र निजको श्रीमती २४ बर्षीया पुर्णिमा गुरुङ रहेका छन् ।उनिहरुले आफ्नै कोठामा अबैध औषधी लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले Spasain-९४० ट्याब्लेट र Tramadol-९१० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दम्पतीलाई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।...
दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु

दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १९ सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–८ का ५० बर्षीय दिपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छत सफा गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका थिए । मगरलाई उपचारको लागी टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का ३५ बर्षीय प्रकाश राईको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बेलुका म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका राईको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
सिटी सफारीको ठक्करबाट बालिकाको मृत्यु

सिटी सफारीको ठक्करबाट बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १९ सुनसरीमा सिटी सफारीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका–७ भलुवाका स्थानीय महेन्द्र पासवानको ५ बर्षीया छोरी आषिका कुमारी ऋषिदेव रहेकी छिन् ।भलुवा चोकमा शनिवार बाटो क्रस गर्दै गरेकी बालिकालाई दक्षिणबाट उतर तर्फ जादै गरेको प्र०१–०२००२ ह ८४९८ नम्बरको सिटि सफारीले ठक्कर दिंदा घाईते भएकी थिईन । बालिकालाई उपचारको लागी बिराटनर्सिंङ होम बिराटनगरमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।...