Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

सर्वसम्वत हुन सकेनन डा नारायण खड्का

सर्वसम्वत हुन सकेनन डा नारायण खड्का

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि , भदौ २१ गते । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका परराष्ट्रमन्त्री डा नारायण खड्का आफ्नो निर्वाचन क्षेत्रमा सर्वसम्वत सिफारिस हुन सकेनन । उनी गत सघींय चुनावमा उदयपुरको क्षेत्र नं एक वाट निर्वाचित भएका थिए । यो पटक भने उनलाइ जिल्लाका नेताले चुनौती दिएका छन । जसका कारण उनी क्षेत्र नं एकमा सर्वसम्वत सिफारिस भएनन । डा नारायण खड्काको नाममा सहमति हुन नसकेपछि सो क्षेत्रका लागि नेपाली काग्रेसले आठ जनाको नाम प्रतिनिधीसभाको उम्मेद्धारका लागि सिफारिस गरेको छ । पहिलो नम्वरमा डा नारायण खड्काको नाम सिफारिस हुदा दोस्रो नंम्वरमा लक्ष्मी परियार, तेस्रो नम्वरमा विदुर वस्नेत को नाम सिफारिस भएको छ । यस्तै प्रमिला राइ , शान्तीदेवी चौधरी , अंकुर खड्का , शुशिल सेडाइ र डा भोगेन्द्र चौधरीको नाम सिफारीस भएको छ । सिफारिस भएका मध्ये डा नारायण खड्का सो क्षेत्रवाट ०६४ सालदेखी निरन्तर निर्व...
लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २१ गते । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदैँ गरेको प्रदेश १–०२–०४४ प ३९२९ नम्बरको मोटरसाईकलमा लागुऔषध ब्राउनसुगर बरामद भएको हो । ब्राउनसुगरसहित लेटाङ नगरपालिका–४ मोरङका २१ बर्षीय सनिप राई र २१ बर्षीय पुर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भएको छ । मेचीनगर नगरपालिका–७ का २१ बर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगरसहित तीनै जनालाई पक्राउ गरिएको छ । त्यस्तै, दमक नगरपालिका–२ खरखरे स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले संकास्पद अबस्थामा हिडिरहेका दमक–२ का ४१ बर्षीय भिम बहादुर खत्रीको साथबाट ७ ग्राम ब्राउन सुगर बरामद भए...
टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २१ गते । टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगपालिका–१० बस्ने १८ वर्षीय निसान सापकोटा (मुख्य चोर), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० कै ३२ वर्षीय रामचन्द्र रावल (ग्यारेज सञ्चालक) र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–४ टाकुरेका ३२ वर्षीय पुरस्कर काफ्ले (पाटपुर्जा खरिद कर्ता) रहेका छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक कारबाहीको लागि प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  ...
त्रियुगाका जनप्रतिनिधीको सय दिनको उपलब्धी सार्वजनिक

त्रियुगाका जनप्रतिनिधीको सय दिनको उपलब्धी सार्वजनिक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २० गते । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले सय दिनमा गरेको कार्यको विवरण सार्वजनिक गरेको छन् । आज नगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर बसन्त बस्नेतले २९ बुदे उपलब्धी सार्वजनिक गरेको छ ।त्रियुगा नगरपालिकाका जनप्रतिनिधीले सय दिनमा ५८१ थान विद्युत चुलो वितरण गरेको, विद्युतिय भुतानी प्रणाली शुरु, मुसहर समुदायको सर्वाङगिण विकास कार्यक्रम, प्रसाशकिय भवन निर्माण सम्झौता, एम्बुलेन्स बितरण लगायतलाई उपलब्धीमा उल्लेख गरेको छ । यस्तै टेलिकम टावर निर्माणको व्यबस्था, वडामा प्राविधिक कर्मचारी राख्ने निर्णय, नौ लाख सम्मको योजना प्राविधिक मुल्याङ्कन वडाबाटै गर्ने निर्णयलाई उपलब्धी मानेको छ । सय दिनको प्रगतीमा डम्पिङ्ग साईट निर्माणको प्रारम्भिक कार्य शुरु गरिएको उल्लेख गरिएको छ भने यो अवधिमा नगरले नगरको महिला शौचालयमा स्यानीटरी प्याड राख्ने कार्य समेत शुरु गरेको छ । वडा नं. ४ बग...
१८ वर्षीया किशोरी करणी अभियोगमा एक युवक पक्राउ

१८ वर्षीया किशोरी करणी अभियोगमा एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २० गते । १८ वर्षीया किशोरी जबरजस्ती करणी गरेको अभियोगमा मोरङका एक युवक पक्राउ परेको छ । झापा घर भएकी किशोरीलाई करणी गरेको मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २० गते । जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोेगमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन् । मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीय मिना सुब्बा पक्राउ परेकी हुन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसान्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो । उनले वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै पीडित व्यक्तिसँग १३ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अनुसन्धान कार्यायलयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।...
१२ जना जुवाडे पक्राउ

१२ जना जुवाडे पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २० गते । सर्लाहीमा जुवा खेलिरहेका चार जिल्लाका १२ जुवा एकै साथ जुवा खालबाट पक्राउ परका छन् । जिल्लाको हरिवन नगरपालिका–२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई सोमबार बिहान २ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–१ बस्ने ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, ३४ वर्षीय चान्द खाँ, हरिवन नगरपालिका २ बस्ने ४९ वर्षीय टिकाप्रसाद घिमिरे, ३० वर्षीय भीम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङग छन् । यस्तै, कोडैना गाउापालिका–२ बस्ने ५४ वर्षीय चुनीलाल चौधरी, पर्साको प्रसौनीभाठा नगरपालिका–२ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका–७ बस्ने ५९ वर्षीय ईश्वरी साह, महोत्तरीको बर्दिबास नगरपालिका ८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ र महोत्तरीकै औरही नगरपालिका–२ बस्ने ३८ वर्षीय हरिनारायण महतोलाई पनि पक्रा...
ब्राउन सुगर सहित २ जना पक्राउ

ब्राउन सुगर सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २० मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  जहदा गाउँपालिका–५ मोरङका २१ बर्षीय सुरज कुमार चौधरी र इटहरी उप–महानगरपालिका–९ का ३४ बर्षीय सन्तक कुमार खडका रहेका छन् ।हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउदै गरेका चौधरीलाई संका लागि चेकजाँच गर्ने क्रममा ४४ मिलिग्राम ब्राउन सुगर र खडकाको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङका कर्मचारीको करेन्ट लागेर मृत्यु

नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङका कर्मचारीको करेन्ट लागेर मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २० खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दित्तेल रुपाकोट मझुवगढी–४ का ४० बर्षीय नबिन्द्र राई रहेका छन् । उनि नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी हुन् ।हिजो बेलुका साढे ५ बजे राई तीनधारे स्थितमा बिधुतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते राईको स्थानिय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।...
श्रोत नखुलेको रकम सहित २ जना पक्राउ

श्रोत नखुलेको रकम सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २० झापाको मेचीनगर नगरपालिका–१५ स्थितबाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशी र स्थानिय ४३ बर्षीय मोहमद मोसाद आलम रहेका छन् ।हिजो बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैया र डिजिटल मिनि तराजु २ थान बरामद गरेको हो । श्रोत नखुलेको रकम र समान बरामद भए संगै राजबंशी र संकित अवस्थामा सोही घरमा रहेका आलम समेतलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको आवश्यक थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।...