बहुविवाहका आरोपित पालिका अध्यक्ष राईविरुद्ध पक्राउ पुर्जी
पूर्णपुष्टि, भदौ २२
बहुविवाह आरोप लागेका पूर्व पालिका अध्यक्ष महेश राई विरुद्ध पक्राउ पुर्जि जारी भएको छ । ११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी हिमालय राईले गत फागुनयता जाहेरी दिन प्रहरीकहाँ धाइरहेकी थिइन् । चैत ११ गते उनले महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल) कालीमाटी, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र सोही कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलविरुद्ध उच्च अदालत पाटनमा रिट हालेकी थिइन् ।
महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले सोमबार आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । तर, ६ महिनासम्म वृत्तले उजुरी लिन मानेको थिएन ।
साढे तीन महिनापछि असार २९ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले पीडितको ...









