Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

ईनरुवाको मन्दिरबाट दान पेटिका चोरी गरेको अभियोगमा युवक पक्राउ

ईनरुवाको मन्दिरबाट दान पेटिका चोरी गरेको अभियोगमा युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ गते । सुनसरी जिल्लाको ईनरुवामा स्थित रामजानकी मन्दिरमा चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । ईनरुवा नगरपालिका–४ बस्ने बर्ष २३ को रोशन कुमार यादवलाई चोरी गरेको अभियोगमा पक्राउ गरेको हो । यादवले सो स्थानमा रहेको रामजानकी गठी मन्दिरको २ वटा दान पेटिकाहरु फुटाई १ लाख २५ हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ । यादवलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको र प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्त लागुऔषध दुर्व्यसनि र पटक–पटक ईनरुवा क्षेत्रमा चोरीमा संग्लन रहेको प्रहरीले भनाई रहेको छ ।...
सिराहामा भएको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट युनाईटेड बिजयी

सिराहामा भएको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट युनाईटेड बिजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, भदौ २४ सिराहामा आयोजिना गरिएको स्व. बोध नारायण यादब प्रथम स्मृती फुटबल प्रतियोगिताको पहिलो खेलमा गाईघाट बिजयी भएको छ । बिहिबारदेखी सुरु भएको प्रतियोगितामा गाईघाट युनाईटेड र रियल स्टार बिच प्रतिस्पर्धा भएको थियो । उक्र खेलमा गाईघाटले रियल स्टार लाई ४÷१ को पराकिलो अग्रताले जितेको छ । खेलको पहिलो चरणमै गाईघाटलाई सफलता मिलेको छ । गाईघाट युनाईटेड बाट सिशिर लेखीले १, अर्जुन राना २ र सारोज राउतले १ गरी जम्मा ४ गोल गरेका थिए भने रियल स्टार क्लवले भने खेल समयभरी १ गोल मात्र फर्काए । खेलमा गाईघाट युनाईटेटका सरोज राउत म्यान अफ द म्याच भएका छन् ।...
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा रक्तदान

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा रक्तदान

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपूष्टि, भदौ २४ गाईघाटमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । विश्वसान्ती दिवश तथा मानव धर्मका प्रणेता सदपाल जी महाराजको जन्मोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरीएको हो । नेपाल मावन धर्म सेवा समिती उदयपुरको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेत र उपमेयर महेश्वरी राईले गर्नुभयो । कार्यक्रम उद्घाटन सँगै मेयर बस्नेतले सहित वडाअध्यक्ष सुमन्त कोईराला, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतले रक्तदान समेत गर्नुभयो । रक्तदान जिवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।  ...
प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक युवक पक्राउ

प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २४ गते । ड्युटीमा खटिएको प्रहरीलाई घुस दिन खोजेको अभियोगमा भक्तपुरको एक जना युवक पक्राउ परेको छ । काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई विहिबार प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले घुस दिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
चोरीको दुई थान मोटरसाईकल सहित तिन युवक पक्राउ

चोरीको दुई थान मोटरसाईकल सहित तिन युवक पक्राउ

Breaking News 3, समाचार
  पूर्णपुष्टि, भदौ २३ सिरहामा चोरीको दुई थान मोटरसाईकल सहित तिन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ३ बस्ने २० बर्षीय नवीन कुमार महतो, वडा नम्बर ३ बस्ने २४ बर्षीय राकेश राय र २२ बर्षीय सन्तोषकुमार यादव रहेका छन् ।लहानस्थित प्रादेशिक अस्पतालको पार्किङ स्थलबाट चोरी भएको को.२६ प १८३६ र लहान १ बाट चोरी भएको स.६ प १७७ नम्बरको मोटरसाइकल छुट्टाछुट्टै मितिमा चोरी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भईरहेको छ ।...
देउरीमा जितिया महोत्सव हुने

देउरीमा जितिया महोत्सव हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ २३ गते । उदयपुरको देउरीमा असोज दुई गते १४औँ जितिया महोत्सव हुने भएको छ । जितिया थारु समुदायले मनाउने ठुलो पर्व हो ।त्रियुगा नगरपालिका वार्ड न ६ स्थित जनता माध्यमिक विद्यालयको चौरमा हुने जितिया महोत्सवमा थारु कल्चरल नृत्य प्रतियोगिता समेत हुने भएको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार दश हजार , द्धितीय पाच हजार ,तृतीय तीन हजार र सान्तना एक हजार राखिएको छ । आयोजकले प्रतियोगितामा सहभागी भइ थारु संस्कृतीको संरक्षणमा सहभागी हुन आग्रह गरेको छ । सो प्रतियोगितामा थारु आधुनिक ,लोक नृत्य देखाउनुपर्नेछ । उक्त जितिया महोत्सवलाइ भव्य वनाउन आयोजक दिनरात लागिरहेको सो महोत्सव आयोजक समितीका अध्यक्ष मोहनदेव चौधरीले बताएका छन । चौधौ जितिया महोत्सवको उद्घाटन प्रदेश एकका भौतिक पूर्वधार मन्त्री हिमाल कार्कीले गर्ने आयोजकले जनाएको छ ।          ...
पोखरीमा डुबेको अवस्थामा वृद्धा मृत फेला

पोखरीमा डुबेको अवस्थामा वृद्धा मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २३ गते । मोरङमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धा मृत फेला परेकी छिन् । मृत फेला पर्नेमा मोरङको रङगेली नगरपालिका–१ की ७६ बर्षीया कृष्णमाया बस्नेत रहेकी छन् ।बुधवार बिहान घरबाट निस्किएकी बृद्धाको खोजतलास गर्ने क्रममा घर देखि करिव ५०० मिटरको दुरीमा रहेको माछा पोखरीमा मृत फेला परेकी थिईन् । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।...
लाज पचेका नकचरा सावित हुदै भोजपुर साल्पासिलिछो गापा अध्यक्ष महेश राई

लाज पचेका नकचरा सावित हुदै भोजपुर साल्पासिलिछो गापा अध्यक्ष महेश राई

Breaking News 1
बहुविवाहविरुद्धको उजुरी दर्ता, पक्राउ पुर्जी जारी भित्राएको श्रीमती विचल्नी पारेर अर्कीसंग किर्ते विवाह दर्ता गरेको आरोप पूर्णपुष्टि ब्यूरो उदयपुर, भदौ २३ । कतिपय नेताहरु जनतालाई ढाट्न, छल्न मात्र गर्दैनन् हदैसम्म गिरेर सामाजिक संस्कार र कानुनी मर्मलाई नै कुल्चिनेसम्मको हर्कत देखाउँछन् । यस्तो ढाट, छल गर्ने र अमानवीय देखाउनेहरुकै कारण आज राजनीति र राजनीति गर्नेहरु बदनामी हुने गरेका छन् । यस्तै गलत हर्कत गरेर चर्चामा छन् भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्व अध्यक्ष महेश राई । नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्ष जितेका उनले जातीय संस्कार अनुसार भित्राएको श्रीमती हिमालय राईलाई आप्mनै पार्टीकी अर्की एक महिलासंग विवाहको कागज बनाएर हदैसम्मको दुःख दिने काम गरेका छन् । उनीविरुद्ध भदौ १३ गते पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी बृत्त बौद्धले १३ गते बहुविवाहविरुद्ध उजुरी दर्ता गरेपछ...
अशोक राई उदयपुरबाट सिफारिस

अशोक राई उदयपुरबाट सिफारिस

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २३ गते । जनता समाजवादी पार्टी उदयपुरले प्रतिनिधीसभा निर्वाचनको लागि अशोक राईको नाम सिफारिस गरेको छ । हिजो भाद्र २२ गते पार्टी कार्यालय गाइघाटमा बसेको जिल्ला समितीको वैठकले प्रतिनिधीसभाका लागि अशोक राई सहित पाँच जनाको नाम सिफारिस गरेको छ । जसपा उदयपुरले प्रतिनिधीसभा क्षेत्र नं एकको लागि प्रत्यक्षमा अशोक राई , गोपाल राई र कौशिला मगरको नाम सिफारिस गरेका छ । यस्तै समानुपातिकमा शुशिला श्रेष्ठ , जनक विष्ट र गोमा राईको नाम सिफारिस गरी पठाएको छ । प्रतिनिधीसभा क्षेत्र नं २ को लागि प्रत्यक्षमा सिद्धान्त राई र पदम राई सिफारिस हुँदा समानुपातिकमा भने दिपक माझी , फुलसरी राई , गौरीशङकर उदास र अगमशेर राई सिफारिस भएका छन् । प्रतिनिधीसभा क्षेत्र नं एक अन्तरगत प्रदेश सभा (क) का लागि प्रत्यक्षतर्फ यो पार्टीले गणेश पुमा राईको नाम एकल नाम सिफारिस गर्दा (ख) का लागि प्रदिप चौधरी र नवराज मगरक...
चोरी गरेको आरोपमा २ युवक पक्राउ

चोरी गरेको आरोपमा २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २३ गते । झापाको भद्रपुर नगरपालिका–७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संग्लग्नहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका २ जनालाई बुधवार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१० का २२ बर्षीय रितिक कुमार शर्मा र भद्रपुर नगरपालिका–७ का रोशन राजवंशी रहेका छन् । उनिहरुलाई चोरी भएका मोवायल र सुनका बिभिन्न किसिमका गरगहना सहित प्रहरीले पक्राउ गरेको हो । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।...