Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

झापामा  करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु

झापामा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २६ गते । झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि ३२ वर्षीय कमल रसाईली घाईते भएका थिए । घाईते रसाईलीको स्थानिय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बि.एन. सि. अस्पताल बिर्तामोड लगिएकोमा उनको अस्पताल पु¥याउनासाथ मृत्यु भएको हो । उनी हिजो अपरान्ह याङबरक गाउँपालिका–६ पाँचथर घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका थिए । यसैगरी, हल्दीबारी गाउँपालिका–५ का ६१ बर्षीय ओम बहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाई माछामार्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । यता मेचीनगर नगरपालिका–५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाईते भएका मेचीनगर नगरपालिका–११ धाईजनका...
विद्यालय हिँडेका ३ जना बालक बेपत्ता

विद्यालय हिँडेका ३ जना बालक बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २६ गते । शुक्रबार विद्यालय गएका तीन जना बालका बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका– ९ को नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने २ जना र नहरपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १ जना विद्यार्थी शुक्रबारदेखि बेपत्ता भएका हुनन् । बुटवल उपमहानगर ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार विद्यालय गएका थिए । उनीहरू विद्यालय जान भनेर घरबाट हिँडे पनि विद्यालयमा हाजिर नभएको र घरमा पनि नआएको परिवारका सदस्यहरू बताउँछन् । उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन् । विद्यार्थी सागर पौडेलका मामा राजु पन्थीले झोला बोकेर विद्यालयका उनीहरू सम्पर्कविहीन रहेकोले खोजि गर्न आग्रह गरिएको हो । उनीहरूमध्ये समीर लम्सालले शनिबार दिउँसो २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञात स्थलमा राखिएको जानकारी दिएका ...
आगामी प्रदेश र संघको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

आगामी प्रदेश र संघको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २६ आगामी मंसिर ४ गतेको संघ र प्रदेशको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आईतबार सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । कार्यालयका अनुसार इच्छुकहरुले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गरेको छ । दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ । म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ ९हिमाली जिल्लामा खटिनेलाई थप १ हजार०, आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् । ...
बाघको आक्रमणबाट वृद्धको मृत्यु

बाघको आक्रमणबाट वृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २६ गते । चितवनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।शनिबार भैँसी चराउन मध्यवर्ती सामुदायिक वन अमिलियामा गएका अधिकारीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । शनिबार देखी हराएका अधिकारीको खोजतलास गर्ने क्रममा आईतबार बिहान ८ः३० बजे बाघले आक्रमण गरेको जस्तो अवस्थामा शव फेला परेको पाण्डितले बताए । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।...
चुरियामा अटो दुर्घटनाहुँदा एकै परिवारको पाच जना घाइते

चुरियामा अटो दुर्घटनाहुँदा एकै परिवारको पाच जना घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २५ उदयपुरको त्रियुगा नगरपालिका–६ चुरियामा अटो दुर्घटना हुँदा पाच जना घाइते भएका छन् । घाइते हरु एक्कै परिवारको रहेका छन्। चुरिया माइ मन्दिरमा पुजा गरेर फर्किनेक्रममा प्र २–०१–००१ह ०११२ नं को अटो ब्रेक फेल भई सडकबाट २० मिटर तल झरेको थियो । घाइते मध्ये २२ बर्षीया रुपा सहनी गम्भीर घाइते छिन् ।उनको टाउकोमा चोट लागेको छ । यस्तै ४५ बर्षीया हेमा सहनिको देब्रे हात भचिएको छ । यस्तै चालक चित्रेश्वर सहनी समेत घाइते भएका छन् । घाइते हरुलाई उपचारका लागि गाइघाट अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय जलजलेले जनाएको छ ।...
प्रभावकारी पठनपाठनका लागि गाईघाट माविका शिक्षकहरुलाई ल्याप्टप वितरण

प्रभावकारी पठनपाठनका लागि गाईघाट माविका शिक्षकहरुलाई ल्याप्टप वितरण

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ २५ त्रियुगा मावि गाईघाटले शिक्षकहरुलाई ठुलो संख्यामा ल्याप्टप वितरण गरेको छ । शुक्रबार विद्यालय परिसरमै एक कार्यक्रमका बिच प्रवावकारी शिक्षालाई जोड दिने भन्दै करिब ४५ जना शिक्षकहरुलाई ल्याप्ट वितरण गरिएको विद्यालयका प्र.अ सुवास बिष्टले जानकारी दिए । बष्टका अनुसार विद्यालयमा गुस्तरीय शिक्षा लागु गर्ने भन्दै शिक्षकहरुलाई ल्याप्टप वितरण गरिएको जनाए । त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेत सहितको टोलीले ल्याप्टप वितरण गरेको हो । शिक्षामा प्रविधलाई पनि थप गर्ने हो भने प्रभावकारी बन्दै जाने उदेश्यले पहिले शिक्षकहरुलाई प्रविधिमैत्रीमा जोड्ने पर्ने बिष्टले जनाए । ल्यापटप पाए पछि शिक्षकहरु समेत हर्षित भएका छन्, सूचना र प्रविधिको युग भएकाले शिक्षकहरुले नयाँ नयाँ बिषयहरु खोजी गर्दै बालबालिकालाई अध्यापन गराउन सहज हुने विद्यालयले विश्वास लिएको छ । ल्यापटप वितरण कार्यक्रममा त्रियुगा...
कम्जोर सडकका कारण जोखिम यात्रा गर्न बाध्य ताप्लीवासी, ठेकेदारको लापर्वाही, स्थानीय सरकार मौन

कम्जोर सडकका कारण जोखिम यात्रा गर्न बाध्य ताप्लीवासी, ठेकेदारको लापर्वाही, स्थानीय सरकार मौन

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २५ बर्षाका कारण ताप्लीमा सडक सहज नहुँदा स्थानीय तथा यात्रुहरुलाई समस्या परेको छ । पटकपटक म्याद थप गर्दै निर्माण गरिएको बाटो बर्षाको मुखमा झनै कम्जोर बनेपछि पहिरोले बगाएको छ । पालिकाको नुनथला ठानागाउँ रुपाटार सडक बर्षाले भत्काएपछि स्थानीय यात्रुहरु बिचल्ली परेको छ । सडक अबरुद्धका कारण काठमाण्डौँ बाट आएको बस बेतेनीमै थन्कीनु परेको छ । निरन्तर सुचारु बाटोमा दिर्गकालिन सडक नबन्नु र ठेकेदारको लापर्वाही सडक निर्माण तथा समयमै काम नसक्नुले पनि बाटोलाई कम्जोर बनाउन मदत पुराएको छ । यसरी समयमै सडक निर्माणमा ढिलाई गर्ने र बर्षाको मुखमा काम गर्नाले सडक मजबुद्ध नभई कम्जोरी तर्फ लाग्ने स्थानीय युवा समिप राईको बुझाई छ । काम ढिलाई र मापदण्ड अनुसारको काम समेत नगर्दा पहाडी सडकहरु कत्ति पनि नटिक्ने राईको भनाई छ । राई आफै पनि शुक्रबार गाईघाट बाट घर जाने फर्केका थिए । तर पालिकाकै मुख्य ...
किरात राई यायोख्खा उदयपुरको नेतृत्वमा सहयोग गरिदिन राजेन्द्रको अपिल

किरात राई यायोख्खा उदयपुरको नेतृत्वमा सहयोग गरिदिन राजेन्द्रको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २४ खुवालुङ अभियान्ता तथा पत्रकार राजेन्द्र राई ( दुष्ट) ले किराँत राई यायोख्खाको आउँदो नेतृत्वमा सहयोग गरिदन अपिल गरेको छ । यहि असोज १ गते हुन लागेको जिल्ला अधिवेशनमा अध्यक्षका लागि आफुले तयारी गरिरहेको उनले जनाए । नयाँ नेतृत्वमा आफ्नो पनि पूर्ण आकांक्षा रहेको हुँदा राईले सम्पूर्ण किराँत राई समुदादयको अग्रज व्यक्तित्व तथा प्रतिनिधिहरुलाई सहयोग गरिदिन अनुरोध समेत गरेको छ । लामो समय देखी आफ्नो समुदायको वारेमा लड्दै आएका राईले आफु संस्थामा आजिवन क्रियाशिल सदस्य तथा प्रतिनिधिको रुपमा लामो समयदेखी काम गर्दै आएको अनुवभ सुनाए । राई खुवालुङ बचाउ अभियानमा समेत शक्रिय भएर लागेका थिए । राईले आफ्नो समुदायको पहिचान र सभ्यतालाई भित्रैबाट बुझ्ने र त्यसका लागि आईपर्ने बिभिन्न समस्याहरु त्याग्न सक्ने नेतृत्वले मात्रै समुदायको उदेश्य पुरा गर्ने जनाए । त्यसका लागि पहिचानवादी व्यक्तित्वको रु...
मोतिगडा क्याम्पसका शिक्षक, विद्यार्थीलाई मेगा बैंकको वित्तिय साक्षरता

मोतिगडा क्याम्पसका शिक्षक, विद्यार्थीलाई मेगा बैंकको वित्तिय साक्षरता

Breaking News 1, आर्थिक
पूर्णपुष्टि, भदौ २४ । उदयपुरको गाईघाट स्थित मेगा बैंक नेपाल लिमिटेड गाईघाट शाखाले त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडामा वित्तिय साक्षरता कार्यक्रम सन्चालन गरेको छ । बैंकका शाखा प्रमुख विष्णु कार्कीका अनुसार कार्यक्रममा क्याम्पसका शिक्षक तथा ब्यवस्थापन प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरु सहभागि थिए । उनीहरुलाई लक्षित गरी बैंकिङ शेयर लगानी तथा मेगा प्रोडक्ट अन्तर्गत विभिन्न बचत खाताहरुका बारेमा जानकारी गराइएको शाखा प्रमुख कार्कीले बताउनुभयाे । सहायक क्याम्पस प्रमुख उमेश पाण्डेको विशेष उपस्थितिमा भएको कार्यक्रममा १०३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।...
लागुऔषध ब्राउन सुगर सहित युवक पक्राउ

लागुऔषध ब्राउन सुगर सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ गते । झापाको बिर्तामोड नगरपालिका–३ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–५ का १९ बर्षीय कालु दास रहेका छन् ।हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले दासलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।ब्राउन सुगर बरामद भएसँगै उनलाई नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेका दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।...