Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरका जनप्रतिनिधी काठमाण्डौमा सम्मानित

उदयपुरका जनप्रतिनिधी काठमाण्डौमा सम्मानित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,असोज ८ गते । उदयपुरका जनप्रतिनिधी काठमाण्डौमा सम्मानित भएका छन । नेकपा माओवादी केन्द्र उदयपुर काठमाण्डौ सम्पर्क समन्वय समितिले जनप्रतिनिधीहरुलाई सम्मान गरेको हो । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राम कार्की, केन्द्रिय सदस्य सुरेश राई हिमाल लगायतले सम्मान गरेका थिए । सो सम्मान कार्यक्रम माओवादी केन्द्रको कार्यलय पेरिसडाडामा भएको थियो । उक्त कार्यक्रममा लिम्चुङवुङ गाउपालिकाका अध्यक्ष मेजर राई , रौतामाइ गाउपालिकाका अध्यक्ष विरेन्द्र मगर, ताप्ली गाउपालिकाका अध्यक्ष ढुङराज विकलाई सम्मान गर्दै प्रशंसा पत्र दिइएको थियो । यस्तै वडाअध्यक्षहरु मान वहादुर राई , हेम वहादुर मगर , गणेश तिम्सिना लगायतलाइ सम्मान गरिएको थियो । सोही कार्यक्रममै अखिल नेपाल फुटवल संघ (एन्फा) का महासचिव किरण राईलाइ पनि सम्मान गरिएको थियो । उनी उदयपुरका पुराना खेलडीसमेत हुन ।...
प्रदेश स्तरीय शारिरक सुगठनमा उदयपुरका मनोज र निखिल प्रथम

प्रदेश स्तरीय शारिरक सुगठनमा उदयपुरका मनोज र निखिल प्रथम

Breaking News 1
पूर्णपुष्टि, असोज ७ प्रदेश स्तरीय शारिरीक सुगठन छनोट प्रतियोगितामा उदयपुरका दुई खेलाडी छनोटमा परेका छन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ को लागि प्रदेश नम्बर १ स्तरीय छनौट प्रतियोगीता अन्तर्गत उदयपुरका मनोज कटुवाल र निखिल श्रेष्ठ प्रथम हुन सफल भएको हो । मनोज गाईघाट स्थित इनर्जी फिटनेस क्लबका संचालक समेत हुन् । प्रथम स्थानमा छनोट भए सँगै मनोज र निखिलले राष्ट्रिय प्रतियोगीताका लागि यात्रा तय गरेका छन् । झापा विर्तामोड स्थित अतिथि सदनमा बिहिबार सम्पन्न शारिरीक सुगठन प्रतियोगीता अन्तर्गत छनौट प्रतिस्पर्धामा ६५ केजी तौल समुहमा आफ्ना ४० प्रतिस्पर्धीलाई पछि पार्दै उदयपुरबाट सहभागीता जनाएका मनोज कटुवाल प्रथम भएका हुन् भने ७५ केजी तौलम समुह अन्तर्गत उदयपुरकै निखिल श्रेष्ठले पनि प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।...
गाईघाटको नितेश फेन्सीमा कपडा किन्दा १५ सय सम्म क्यास पुरस्कार

गाईघाटको नितेश फेन्सीमा कपडा किन्दा १५ सय सम्म क्यास पुरस्कार

Breaking News 1
पूर्णपुष्टि, असोज ७ गाईघाट स्थित एक कपडा पसलले दशैँ तिहार अफर मार्फत कपडा खरिदमा क्यास पुरस्कारको व्यवस्था गरेको छ । हरेक १५ सय बराबरको जुनसुकै कपडा खरिदमा रु १ सय देखी १५ सय सम्म हक्यास पुरस्कारको व्यवस्था गरिएको हो । गाईघाट असारी रोडमा रहेको नितेश फेसन कलेक्सनले बर्षेनी चिठ्ठाको कार्यक्रम राख्दै आएकोमा यो बर्ष भने क्यास पुरस्कारको व्यवस्था रहेको जनाए। गत बर्ष पनि कलेक्सनले बिभिन्न आकर्षक पुरस्कारहरु सहित भाग्शाली प्रथम पुरस्कारको रुपमा यामाहाको स्कुटर व्यवस्था गरेका थिए । सो स्कुटर भाग्यशाली पहिलो बिजेता मोतिगडाकी सरिता गजमेरले हात पारेकी थिईन् । यो बर्ष पनि कलेक्सनले हातखाली नजाने क्यास पुरस्कारहरुको व्यवस्था गरेको प्रोपाईटर रमेश कुमार रायले जनाउनुभयो । उक्त कार्यक्रम दशैँ, तिहार र छैठलाई लक्षित गरी ल्याईएको रायले जनाउनुभयो । हरेक कपडा खरिदमा क्यास पुरस्कारको व्यवस्था गरिएको र हरेक ...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ७ गते । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका–६ घर भई झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका–१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् । यस्तै, स्याङजा चापाकोट गाउँपालिका–२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका–१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका–५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका–८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श...
इतिहासकै कमजोर अवस्थामा नेपाली मुद्रा

इतिहासकै कमजोर अवस्थामा नेपाली मुद्रा

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ७ गते । इतिहासकै सबै भन्दा कमोज अवस्थामा नेपाली मुद्रा पुगेको छ । अमेरिकी डलरसँगको विनिमय दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको छ । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनियम दर स्थीर (पेग) गरेको छ । सोही कारण भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर कम हुन्छ भने भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर बढी हुन्छ । नेपालले १०० भारु बराबर १६० नेरु हुने गरी भारतीय मुद्रासँग पेग गरेको छ । बिहीबार एक अमेरिकी डलर खरिद गर्न ८०.८५ भारु तिर्नु परेको थियो । सोही कारण नेपालमा पनि अमेर...
त्रियुगाको जनज्योती माबिमा अध्यानरत दृष्टिविहिन विद्यार्थीलाई कपडा वितरण

त्रियुगाको जनज्योती माबिमा अध्यानरत दृष्टिविहिन विद्यार्थीलाई कपडा वितरण

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ७ गते । त्रियुगा नगरपालिका–७ स्थित जनज्योती माबि चुहाडे स्रोत केन्द्रमा अध्यानरत दृष्टिविहिन बालबालिकालाई प्रकृति प्रेमी समाज उदयपुरले न्यानो कपडा वितरण गरेको छ । विद्यालयको स्रोत केन्द्रमा अध्यानरत १० जना विद्यार्थीलाई प्रकृति प्रेमी समाजले ट्राकसुट, टिसर्ट र चप्पल वितरण गरेको हो । २०७६ सालमा गाईघाट स्थानिय व्यवसायी युवाहरुले गठन गरेको प्रकृति प्रेमी समुहले उदयपुरका विभिन्न स्थानमा वृक्ष्यारोपण, कपडा बैंक स्थापना लगायतका सामाजिक काम गर्दै आएको समाजका अध्यक्ष तथा त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले बताए ।...
हत्या गरेको आरोपमा ९ जना पक्राउ

हत्या गरेको आरोपमा ९ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ७ गते । झापामा हत्यामा संलग्न रहेका ९ जना आरोपिलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा चुलाचुली–४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई रहेका छन् । जिल्लाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बेलुका ५ बजे १०,१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी,...
मानव बेचविखन मुद्दामा दोषी ठहर भई फरार रहेका ३ जना पक्राउ

मानव बेचविखन मुद्दामा दोषी ठहर भई फरार रहेका ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ७ गते । मावन बेचविखन तथा ओसारपसार मुद्दामा अदालतले दोषी ठहर गरेका तीन जना फरार नागरिक पक्राउ परेका छन् । कैज सजाय भुक्तान नगरिकन फरार रहेका तीन जनालाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । बेलबारी नगरपालिका–६ का भरत यादव, धरेन झा र बेलबारी–९ की तिलोदेवी पण्डित (कुम्हाल) पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले तीनै जनालाई पक्राउ गरेको हो । डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत मोरङले मावन बेचविखन तथा ओसारपसार मुद्दामा २०७६ साल जेठ १५ गते उनीहरुलाई दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको थियो । अदालतले यादवलाई ११ महिना २७ दिन, झालाई ५ महिना २७ दिन र पण्डितलाई ५ महिना ५ दिन कैद सजायको फैसला गरेको हो । अदालतले ३ वर्षअघि नै दोषी ठहर गरे पनि फरार रहेका कारण उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । प्रहरी...
लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ७ गते । मोरङको रंगेली नगरपालिका–७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका–४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका छन् । बुधबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को.३१ प ४४१४ नम्वरको मोटरसाईकल संका लागि चेकजाँच गर्ने क्रममा पछाडि सवार रहेका अमित कुमार दाशको साथबाट ३६ ग्राम ७.५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भए संगै दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
त्रियुगा उद्योग बाणिज्य संघद्धारा गाईघाटको मुख्य व्यस्त सडकहरुमा जेव्रा क्रसिङ निर्माण

त्रियुगा उद्योग बाणिज्य संघद्धारा गाईघाटको मुख्य व्यस्त सडकहरुमा जेव्रा क्रसिङ निर्माण

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ६ त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले बजारको व्यस्त तथा मुख्य सडकहरुमा जेब्रा क्रसिङ निर्माण थालेको छ । बढ्दो बजारीकरण सँगै भिँडभाँड र सडक दुर्घटनालाई ख्याल गर्दै व्यस्त सडकहरुमा जेव्रा क्रसिङ निर्माण गरिएको संघका अध्यक्ष रमेश रसाईलीले जनाउनुभयो ।   अध्यक्ष रसाईलीका अनुसार असारी लाईनमा ठुलो हाईवे र व्यपारीहरुको अत्यादिक संख्याका कारण पैदल यात्रुहरुलाई सहज बनाउन तथा सवारीहरुलाई सचेत गराउन त्यस क्षेत्रमा जेब्रा क्रसिङ निर्माण थालिएको जनाउनुभयो । महत्वपूर्ण ठाउँ र व्यापारिहरुका आवश्यक अनुरुप जेब्रा क्रसिङ निर्माण गर्दै जाने अध्यक्षको भनाई छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरको सहकार्यमा सो काम गरिएको अध्यक्ष रसाईलीले जनाउनुभयो । यस कार्यले निश्चित स्थानबाट यात्रुहरुलाई बाटो काट्न मदद्त गर्दै दुर्घटनालाई नियन्त्रणमा सहज गराउन मदत पुग्ने व्यवसायी तथा आम जनत...