Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

निर्माणाधीन घरको दुई तलाबाट खस्दा मजदुरको मृत्यु

निर्माणाधीन घरको दुई तलाबाट खस्दा मजदुरको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ६ गते । विराटनगर महानगरपालिका–७ मा निर्माणाधीन घरबाट खसेर एक जना मजदुरको ज्यान गएको छ । मुकेश पोठारीको निर्माणाधीन घरको दुई तलामाथिबाट खसेर घाइते भएका मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियारको ज्यान गएको हो । पञ्जियार काठको काम गर्ने क्रममा गत सोमबार निर्माणाधीन घरको माथिबाट खसेर घाइते भएका प्रहरीले जनाएको छ । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजेतिर उनको मृत्यु भएको थियो । कोसी अस्पतालमा पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि शव परिवारलाई जिम्मा लगाइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।...
ईटहरीबाट नेटवर्किङ ठगीको अभियोगमा ६ जना पक्राउ

ईटहरीबाट नेटवर्किङ ठगीको अभियोगमा ६ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ६ गते । नेटवर्किङ ठगीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ६ जनालाई पक्राउ गरेको छ । ईटहरी–९ मा ग्लोबल ओरियनस नेपाल प्राइभेट लिमिटेड नामक कार्यालय सञ्चालन गरी हप्तामा १०–१२ हजार सम्म कमाई हुने भनि सर्वसाधरणलाई दस्तुर लिई सदस्य बनाई ठगी भईरहेको थियो । प्रलोभनमा पारी सर्वसाधारणलाई ठगी गरिरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईहरीबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संग्लग्न ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका– १ की ससिता राई, सुन्दरहरैचा – ७ बस्ने संजिव माझी ,ग्रामथान –३ का विक्रम माझि, कटहरी– ६ का पंकज कुमार साह, अरुण मुडयारी र विर्तामोड – १० का पदम राई रहेका छन् । निजहरुको अफिसबाट प्रहरीले कम्प्युटर, ल्यापटप, मोबाईलफोन, बिभिन्न ब्यक्तिको फोटो, नागरीकतासहितको सम्झौतापत्र, ग्लोबल ओरियनस नेपाल लेखेको टिकट, बिल, छाप, ...
विराटनगर बजार अनुगमन : खसी भनी बाख्राको मासु विक्रि

विराटनगर बजार अनुगमन : खसी भनी बाख्राको मासु विक्रि

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ६ गते । विराटनगर महानगरपालिकाले बजार अनुगमनको क्रममा खसीको भन्दै बाख्राको मासु बेचेको भेटेको छ । विराटनगरको पुरानो गुद्री बजारमा रहेका मासु पसलमा बाख्राको मासु भेटेपछि महानगरले जफत गरेको हो । महानगरले पुरानो गुद्रीमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्नेक्रममा बाख्राको मासु फेला पारेको थियो । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिएका छन् । त्यस्तै, कम तौलको ढक तराजु समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । कतिपय पसलले नविकरण समेत नगरेको पाइएकाले तत्कालै दर्ता गर्न निर्देशन दिइएको छ । केही हप्तादेखि खाद्यन्न, औषधि, कपडा, फलफूललगायतका पसलमा अनुगमन गरेको महानगरले बुधवार माछा–मासु पसलको अनुगमन गरेको छ ।...
४ वर्षीय बालक अपहरण गरेको अभियोगमा भारतीय महिला पक्राउ

४ वर्षीय बालक अपहरण गरेको अभियोगमा भारतीय महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ६ गते । चार वर्षीय बालक अपहरण गरेको अभियोगमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका–१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् । पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा बालकको अपहरण गरी लैजान लागेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा चार दिको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।...
काउन्सीलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्न प्रेस सेन्टरको अपिल

काउन्सीलको पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्न प्रेस सेन्टरको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि,  असोज ५ काठमाण्डौँ, प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालले आयोजना गरेको पुरस्कार वितरणको कार्यक्रम वहिष्कार गर्ने भएको छ । काउन्सिलले मापदण्ड मिचेर पुरस्कार वितरण लगायतका गतिविधि गरेकोमा आपत्ती प्रकट गर्दै प्रेस सेन्टर नेपालले उक्त कार्यक्रममा सहभागि नहुन पनि अपील गरेको छ । संगठनका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुको अनुगमन, मूल्याङ्कन, पत्रकार आचारसंहिता जारी गरी मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने मुख्य उद्देश्यलाई वेवास्ता गर्दै सक्षम, क्रियाशील र योग्य पत्रकारहरुलाई पुरस्कृत गर्नुको साटो राजनीतिक आग्रह र निकटताका आधारमा पुरस्कारको वितरण गरेर काउन्सिलले आफ्नो विश्वसनीयता गुमाएको उल्लेख गर्नुभएको छ । प्रेस विज्ञप्ति पत्रकारहरुको हक हित र अधिकारको लागि संस्थागत रुपले काम गर्ने उद्देश्यका साथ स्थापना भएको प्रेस काउन्सि...
उदयपुरका मेयरसहित ८५९ जना उम्मेदवार निर्वाचन आयोगको कार्वाहीमा, खर्च विवरण नबुझाए पद गुम्ने

उदयपुरका मेयरसहित ८५९ जना उम्मेदवार निर्वाचन आयोगको कार्वाहीमा, खर्च विवरण नबुझाए पद गुम्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ५ गते । उदयपुरको तीन पालिका प्रमुख र उपप्रमुख निर्वाचन आयोगको कार्वाहीमा परेका छन् । कटारी नगरपालिका, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई निर्वाचन आयोगले कार्वाही गरेको हो । तोकिएको समय सीमाभित्र निर्वाचनको खर्च नबुझाउने ६ जना निर्वाचित प्रमुख र उपप्रमुखसहित ८ सय ५९ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । आयोगले कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ, उपमेयर गिता खड्का, लिम्चुङ्गबुङ्ग गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष पुष्पकुमार राई, ताप्लि गाउँपालिकाका अध्यक्ष ढुंगराज बिक र उपाध्यक्ष धनमाया मगरसहितका जनप्रतिनिधि र उम्मेदवारलाई कानुनी व्यवस्था अनुसार जरिवाना तोकेको हो । आयोगले निर्वाचनसम्बन्धी कानून र आचारसंहिता बमोजिम खर्च विवरण नबुझाउने कटारीका प्रमुख र उप्रमुखलाई ४ लाख ५० हजारको दरले र गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ...
उदयपुरका मेयरसहित ८५९ जना उम्मेदवार निर्वाचन आयोगको कार्वाहीमा, खर्च विवरण नबुझाए पद गम्ने

आत्महत्या रोेकथाम तथा न्युनिकरणका लागि १४ जिल्लामै पम्प्लेट वितरण

आत्महत्या रोेकथाम तथा न्युनिकरणका लागि १४ जिल्लामै पम्प्लेट वितरण

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ५ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आत्महत्या रोकथाम तथा न्युनिकरणका लागी पर्चा पम्प्लेट बितरण तथा माईकिङको माध्यमबाट जन मानसमा सचेतना फैल्याउने कार्यको थालनी गरेको छ । यही असोज २ गते देखी १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुबाट आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रमको शुभारम्भ भए सँगै प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका जिल्लाहरुमा चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण गर्ने कार्यको थालनी गरेको हो । प्रदेश प्रहरी कार्यालय बिराटनगरले कार्यालयको अटो टेम्पोमा प्रहरी कर्मचारी खटाई पहिलो चरणमा झापा मोरङ र सुनसरी जिल्लाका ग्रामिण इलाकाहरु सम्म पुग्ने गरी आजैबाट चेतना मुलक माईकिङ तथा पर्चा पम्प्लेटहरु बितरण गर्ने कार्य भएको हो ।...
बरुवा क्याम्पसको पुस्तकालय भवन सिल्यान्यास

बरुवा क्याम्पसको पुस्तकालय भवन सिल्यान्यास

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ५ उदयपुरको त्रियुगामा रहेको जिल्लाकै ठुला क्याम्पसहरु मध्ये गनिने बरुवा क्याम्पसले पुस्तकालय भवनको सिल्यान्यास गरेको छ । बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले भवनको सिल्यान्यास गरेको हो ।त्रियुगा गनरपालिका १२ शान्तिधाम स्थित रहेको क्याम्पसको पूर्वपट्टीको जग्गामा भवन निर्माण गरिने क्याम्पसले जनाएको छ । क्याम्पसले शिक्षालाई चुस्त दुरुस्त र उच्च शिक्षाका लागि सहज बनाउने भन्दै आफ्नै पुस्ताकलय भवन निर्माण गर्न लागेको क्याम्पस संञ्चालक समितिका अध्यक्ष बलदेव चौधरीले बताउनुभयो । क्याम्पसलाई सबैखाले सुविधाले पोख्त पार्ने र उच्च शिक्षाका लागि जिल्लावासी तथा अन्य जिल्लाकाहरुलाई सस्तो र गुणस्तरीय शिक्षा दिने प्रयासको सफलता अनुरुपुस्तकालय भवनको सिल्यान्यास गरेको अध्यक्ष चौधरीको भनाई छ । भवनको सिल्यान्यास गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री राईले आवश्यकीय बजेटको...
संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) को आयोजनामा हाजिर जवाफ तथा वक्तृत्वकला

संविधान दिवसको अवसरमा अखिल (क्रान्तिकारी) को आयोजनामा हाजिर जवाफ तथा वक्तृत्वकला

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ५ आठौँ संविधान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अखिल कान्तिकारी जिल्ला कमिटि उदयपुरले बिभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा ३ र ४ गतेका दिन त्रियुगा जनता बहुमुखी क्याम्पसको प्राङगणमा हाजिरी जवाफ र बक्तृत्वकला प्रतियोगिता गराईएको हो । आयोजकका अनुसार त्रियुगा नगरपालिकाका माध्यमिक तह स्तरीय हाजिर जवाफ सँगै बक्तृत्वकला प्रतियोगिता गराईएको जनाएको छ ।प्रतियोगितामा त्रि.ज.व क्याम्पसका ब्याबस्थापन संकाय शिक्षा सकाय, नमुना माध्यमिक विद्यालय, जनता माध्यमिक देउरी र त्रियुगा मा.बि गाईघाटका बिद्यार्थीहरु उपस्तिथि रहेका थिए । हाजिरी जवाफमा त्रि ज ब क्याम्पसका शिक्षा सकायका प्रथम, ब्यबस्थापन तर्फका विद्यार्थीहरु दोस्रो र त्रियुगा मा। बि गाईघाट त्रितिय भएका थिए । यता बक्तृत्वकला प्रतियोगितामा उदसी मा।बि जलजले प्रथम, त्रियुगा मा ।बि गाईघाट दोस्रो र त्रि जनता...