Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई युवकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ५ गते । ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई युवकको मृत्यु भएको छ । ताप्लेजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिदिङवा गाउँपालिका–३ का २५ बर्षीय बिक्रम ताम्लिङ रहेका छन् । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–१० का २७ बर्षीय ईन्द्र चेम्जोङ रहेका छन् । स्थानीय सेती खोलामा करेन्ट लगाएर माछा मार्ने क...
दुई छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनाहुँदा दुईको मृत्यु, ४ जना घाइते

दुई छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनाहुँदा दुईको मृत्यु, ४ जना घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ५ गते । सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सुनसरीमा सिटी सफारीको ठक्करबाट एक पैदल यात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी ५ का ८२ बर्षीय उमाकान्त भण्डारी रहेका छन् । सुनसरीको ईटहरी–९ मा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १–०२–००३ ह ३०४१ नम्बरको सिटी सफारीले बिपरित दिशाबाट आउदै गरेका भण्डारीलाई ठक्कर दिंदा घाईते भएका थिए । भण्डारीको उपचारको क्रममा बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी ईटहरीले जनाएको छ । यसैगरी झापामा कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा कार चालक सप्तरी लेगडा–५ का ४४ बर्षीय बलराम यादव र ईटहरी–१० की ३० बर्षीया गिता चौधरी रहेका छन् । झापाको शिवसताक्षी नगरपालिका–१० सैनिक चोकमा प...
रौतामाई ४ लाई बालमैत्री वडा घोषणा

रौतामाई ४ लाई बालमैत्री वडा घोषणा

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ५ गते । उदयपुरको रौतामाई गाउँपालिका–४ पोखरीलाई बालमैत्री वडा घोषणा गरिएको छ । नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पुरा गरेसँगै वडानं ४ लाई बालमैत्री वडा घोषणा गरिएको हो । यो सँगै बालमैत्री घोषणा हुनेमा उदयपुरको रौतामाई गापा ४ दोस्रो पर्दछ । यसअघि सोही पालिकाको केन्द्र रहेको वडानं २ भुट्टारलाई घोषणा गरिएको थियो । बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ । ५ सय ३६ घरधुरी रहेको वडानं ४ मा ३ हजार २ सय १६ जनसंख्या रहेको छ । ५१ सुचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टिटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनु पर्ने व्यवस्था छ । त्यसैगरी एक बर्ष भित्रका बालबालिकाला...
नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने १ जना पक्राउ

नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने १ जना पक्राउ

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ५ गते । नक्कली सुन देखाई सक्क्ली सुन ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगाी गर्ने सिन्धुली दुधौली नगरपालिका–१२ (साविक जिनाखु गाविस) का ३९ वर्षीय विर बहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीले जनाएको छ । पीडित महिलाहरुले गरेको गुनासोका आधारमा भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजारको नोट र भित्र १० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकमसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रह...
त्रियुगा नदीमा डुबी युवतीको मृत्यु

त्रियुगा नदीमा डुबी युवतीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ५ गते । उदयपुरको त्रियुगा नदीमा डुबी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–३ की २२ बर्षीया लक्ष्मी सदा रहेकी छिन् । मंगलवार दिउँसो त्रियुगा नदीमा नुहाउन गएको अबस्थामा अचानक खोलामा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
६ बर्षीय बालक चोर्न खोजेको अभियोगमा चारजना पक्राउ

६ बर्षीय बालक चोर्न खोजेको अभियोगमा चारजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ५ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न खोजेको अभियोगमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारत बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेका छन् । बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हाली खबर गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए । उहाँका अनुसार छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली स्थानीयले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चारै जनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...
संविधान दिवसमा प्याराडाईजकाे सिर्जनात्मक कार्य

संविधान दिवसमा प्याराडाईजकाे सिर्जनात्मक कार्य

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असाेज ४ । संविधान दिवसलाई उदयपुरका केही विद्यालयले विशेषढंगले मनाएका छन् । गाईघाटस्थित प्याराडाईज बाेर्डिङ स्कुलले विद्यार्थीहरुलाई संविधानकाे महत्व प्रस्ट्याउदै सिर्जनात्मक कार्य गराएकाे छ । विद्यार्थीहरु चाैरीमा आफ्नाे पाेशाकसहित `संविधान दिवस २०७९´ अक्षर आकारमा प्रस्तुत भए । संविधान दिवसलाई सिर्जनशिल ढङ्गले प्रदर्शन गरेका  विद्यार्थी र साे विद्यालयकाे जिल्लाकाे हकमा नमुना बनेकाे छ । साेकाे तस्विर र भिडियाे सामाजिक सञ्जालमा महत्वका साथ हेरिएकाे छ । विद्यार्थीहरुलाई दिवसकाे महत्व दर्शाउन र सहभागी गराउन फरक प्रस्तुती गरिएकाे प्रिन्सिपल बाबुराम सुवेदीले बताए । त्यसैगरी गाईघाटकै क्यानभाष एकेडेमीले दिवसकाे अबसरमा विद्यार्थीहरुकाे रयाली गराएकाे छ । ब्यानरसहितकाे रयालीले गाईघाट बजार परिक्रमा गरेकाे थियाे । कार्यक्रममा विद्यार्थीहरुकाे सक्रिय सहभागिता रहेकाे र संविधानबारे जानका...
कञ्चनपुरमा सडेको अवस्थामा महिला सहित तिन जनाको शव फेला

कञ्चनपुरमा सडेको अवस्थामा महिला सहित तिन जनाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ३ गते । कञ्चनपुरमा सडेको अवस्थामा तिन जनाको शव फेला परेको छ । लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जनाको शव फेला परेको छ भने पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार साँझ तीन जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले बताए । उहाँका अनुसार दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन् भने अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि सडेको अवस्थामा भएकाले पहिचान गर्न सकिएको छैन । आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । डीएनए संकलनका लागि चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।...
किराया उदयपुरकाे अधिवेशन सम्पन्न, गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति

किराया उदयपुरकाे अधिवेशन सम्पन्न, गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति

Breaking News 1, समाचार
पूर्णपुष्टि, असाेज २ । किरात राई यायाेक्खा, उदयपुरकाे हिजाे सम्पन्न ९ औं अधिबेशनले गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा डम्बरबहादुर राई र शुभराज राई, सचिब  सुरेन्द्र खालिङ राई, सह सचिब कौशिला राई र मनबहादुर राई, कोषाध्यक्ष अन्जना राई चयन भएका छन् । सदस्यहरुमन ईन्द्रबहादुर राई, आकाश राई, निशान राई, राजकुमार राई, ऋषि राई, केशर राई र प्रबिण राई चयन भएका छन् ।...
उदयपुरका नौ मतदानस्थल फेरिए

उदयपुरका नौ मतदानस्थल फेरिए

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २ गते । निर्वाचन आयोगले उदयपुरका विभिन्न नौ मतदानस्थल परिवर्तन गरेको छ । आयोगका अनुसार त्रियुगा नगरपालिका वार्ड न ३ को रामजानकी माध्यमिक विद्यालय मोतिगडाको मतदानस्थल जनता वहुमुखी क्याम्पस मोतिगडामा सारिएको छ । यस्तै १३ नं वडाको बहेडुवा वन उपभोक्ता सामुदायिक भवनमा हुने मतदान जनता निम्न माध्यमिक विद्यालयमा सारिएको छ ।यस्तै रौतामाइ गाउपालिका वार्ड नं ३ को जनता माध्यमिक विद्यालय लाफागाउँको मतदानस्थल वडाको कार्यलय भवनमा कायम गरिएको छ भने आधारभुत विद्यालय एमुटारको मतदानस्थल वडा नं आठको वडा कार्यलय भवनमा सारिएको छ । चौदण्डीगढी नगरपालिका राजाजी प्राथमिक विद्यालयको मतदान स्थल नमूना जनता मा.वि. हडिँयामा कायम गरिएको छ । यस्तै सोही नगरपालिकाको वार्ड न १० को वडा कार्यलयको मतदानस्थल लौवागढी मा.वि. खैराझोडामा सारिएको छ । उदयपुरगढी गाउँपालिकाका तीन मतदानस्थल समेत निर्वाचन आयोगले पर...