पूर्णपुष्टि, असाेज १ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजाने बताउनु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताउनु भयो ।
उहाँले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताउनु हुँदै विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने उहाँको दाबी रहेको थियो । उहाँले बोल्दै भन्नुभयो, ‘विज्ञान प्रविधिले समाजवादतिर लैजान्छ । यसलाई आत्मसाथ गर्नु मुख्य विषय हो ।’
उहाँले क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानव जातीको उन्मुक्तिको अभियान सुरु भएको पनि बताउनु भयो । उहाँले अहिलेको संविधानले पनि विज्ञान प्रविधिलाई समाजवादको उदेश्यम...
पूर्णपुष्टि, असोज २ ।
त्रियुुगा नगरपालिकाको वडा नं. १६ ले आर्थिक बर्ष ०७८/०७९ को प्रगति विवरण हिजो सार्बजनिक गरेको छ । वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष मानबहादुर राइले बिवरण सार्बजनिक गर्दै एक आर्थिक बर्षमा वडाले गरेको कामहरुको समिक्षा गरेका थिए । समृद्ध वडा बनाउने अभियान अनुुरुपका काम र प्रगति भएको वडाध्यक्ष राईले बताए । कार्यक्रममा सहभागीहरुले गतबर्ष वडाले गरेको कार्य जनअपेक्षा बमोजिम रहेको भन्दै खुसी ब्यक्त गरेका थिए । साथै विभिन्न सुुझावहरु पनि राखेका थिए । सुुझावमा वडा कार्यलयसम्म जाने सडकको स्तरोन्नती गर्न जोड दिएका छन्।
वडाध्यक्ष रार्इले सोही कार्यक्रम मा आर्थीक बर्ष ०७९/८० को बजेट योजना सार्बजनिक गरेका छन् । बजेट योजना सार्बजनिक गरेर पारदर्शिता गरेको भन्दै स्थानीय राजनीतिक दलका नेताले बिनियोजित कार्यक्रमको समर्थन गरे ।
कार्यक्रममा राजनीतिक दलका गाउँ प्रमुुख तथा प्रतिनिध...
पूर्णपुष्टि, असोज १
त्रियुगा नगरपालिकाले फुुटपाथमा व्यापार गर्ने व्यापारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगरले आज सुचना जारी गरी फुटपाथ कब्जा गरी व्यापार गर्नेलाई जरिवाना सहित कारवाही गर्ने जनाएको छ । साथै फुटपाथबाट तत्काल सामान हटाउन समेत निर्देशन दिएको छ ।फुटपाथमा व्यापार गर्नेलाई नगरले केही दिन अगाडी हटाएको थियो । तर चार्डपर्व शुरु भएसँगै फेरी व्यापारीले फुटपाथ तथा सडक बाटै सामान बेचबिखन शुरु गरेका छन् ।...
पूर्णपुष्टि, भाद्र ३१ गते ।
उदयपुरको त्रियुगा नगरपालिका स्थित ढिम्कीमा जितिया पर्वको अवसर पारि नाचगानका साथ महिला दिदि–बहिनी बिच शुभकामना आदन प्रदान कार्यक्रम गरिएको छ । प्रमुख अतिथि प्रदेश अध्यक्ष बलदेव चौधरी तथा सभापति पशुपति चौधरीको आतित्यथामा शुभकामना आदान प्रदान कार्याक्रम सम्पन्न भएको हो ।विशेष महिला दिदि–बहिनीलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमा साँस्कृतिक सुधारका साथै सँधै राजनीतिमा महिलाको पहँुच वृद्धि हुनुपर्नेमा जोड गरिएको छ । साँस्कृतिक विकृतिको विरुद्द सबै महिला एकजुट हुनु पर्ने भन्दै महिलाहरुले एक आपसमा जितियाको शुभकामना आदान प्रदान गरेको हुन् ।...
पूर्णपुष्टि, भदौ ३१ गते ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका भित्र जितिया पर्वको अवसरमा आईवार सार्वजनिक विदा दिने निर्णय आज गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मान वनका अनुसार असोज २ गते थारु समुदायको महान पर्व जितियाको अवसरमा विदा गरिने निर्णय भएको हो ।
नगरभित्रका कार्यालय, मातहतका सवै वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा बाहेक) बन्द रहने छ ।...
पूर्णपुष्टि, भदौ ३१ गते ।
सरकारले उदयपुर जिल्लाको ३९ विद्यालयहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट गरेको छ । चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका ३ हजार ४ सय ७५ सार्वजनिक विद्यालय छनोट गरेको मध्ये उदयपुरबाट ३९ वटा विद्यालय छनोटमा परेको हो ।
। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ११ वटा कम विद्यालय छनौटमा परेको छ । छानिएकामध्ये चारकोठे भवन ११, दुई कोठे भवन ११, आइसिटी ल्याब व्यवस्थापन १७ वटा विद्यालय परेको छ ।
सरकारले चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ४५ लाख, दुईकोठे भवन निर्माणका लागि रु २२ लाख ५० हजार, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान गरेको छ ।
जिल्लाको उदयपुरगढी गाउँपालिका अन्तर्गत ६ वटा विद्यालय मध्ये २ वटामा चार कोठे भवन निर्माण, २ वटामा दुई कोठे भवन निर्माण र आइसिटी ल्याब व्यवस्थापन २...
पूर्णपुष्टि, भदौ ३१ गते ।
उदयपुरको बेलका नगरपालिकाका २५ जनामा डेंगूको संक्रमण देखिएको छ । विहीबार नगर अस्पतालमा उपचारकोक्रममा आएका ६० जना विरामीमध्ये २५ जनामा डेंगूको संक्रमण पुष्टि भएको हो ।
डेंगूको संक्रमण देखिएपछि नगरपालिकाले नियन्त्रण गर्नका लागि (फगिङ स्प्रे) कार्यलाई तीव्रता दिएको छ ।
नगरपालिकाले सो प्रविधि खरिदगरी डेंगू प्रभावित क्षेत्रमा स्प्रे गर्न थालेको नगर प्रमुख अशोक कार्कीले बताए । नगर प्रमुख कार्कीकानुसार १ र २ नं. वडाको टोलबस्तिहरुमा पहिलो चरणको औषधी छिट्ने काम भइसको छ ।
नगर अस्पतालका ल्याब टेक्निसियन सन्तोष साहकानुसार अस्पतालमा उपचारमा आएका ६० जना बिरामीहरुमध्ये २५ जना बिरामीहरुमा डेंगू रोगको पोजिटिभ संक्रमण देखिएको बताए ।
त्यस्तै बेलका नगर बिपद व्यावस्थापनका सम्पर्क व्याक्ति राजेश भट्टराईले १ र वडा नं २ का वस्तिहरुमा पानी जम्ने र यसअघि बाढी प्रभावित क्षेत्रमासमेत फगि...
पूर्णपुष्टि, भाद्र ३१ गते ।
दुई छ्ट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–४ सुनसरीका २२ बर्षीय बिशाल भुजेल र बिर्तामोड–४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारी रहेका छन् ।हिजो बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर –१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
त्यस्तै झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट आमा छोरालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध ...
पूर्णपुष्टि, भदौ ३१ गते ।
भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका ९ नेपाली युवाहरु ११ महिनादेखि जेलमा रहेका छन् । उनीहरुलाई यूएईको फूजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ ।
जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुँजेल, सिन्धुपाल्चोककै विनोद लामा र पाल्पाका सूर्यबहादुर नेपाली छन् ।
पीडितहरूले विनाकारण जेलमा परेको भन्दै आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन् ।
दुतावास र एनआरएनएलाई पठाएको पत्रमा उनीहरूले ११ महिनादेखि विना कसुर जेलमा फसेको उल्लेख गरेका छन् । ‘हामीहरू फरक फरक एजेण्टमार्फत भिजिट भिसामा आएका थियौँ । इन्टरनेट सिटीमा रहेको एक चाइनिज व्यक्तिले भिसा लगाइ ...