Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि भाद्र ३० गते । चोरी मुद्धामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर ६ मोरङका २९ बर्षीय पप्पु सहनी रहेका छन् ।मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैया जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ दिन कैद र ५ हजार रुपैया जरिवाना तोके पनि उनि फरार रहेका थिए । । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT बाट खटीएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सहनीलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा बिहिबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई भुक्तानको लागी मोरङ जिल्ला कारागारमा पठाएको प्रहरीले जनाएको छ ।...
अस्पतालका कर्मचारी कुटपिट गरेको अभियोगमा प्रशासन प्रमुख पक्राउ

अस्पतालका कर्मचारी कुटपिट गरेको अभियोगमा प्रशासन प्रमुख पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ३० गते । सङ्खृुवासभा अस्पतालमा कार्यरत कर्मचारीलाई कुट्पिट गरेको अभियोगमा प्रहरीले प्रशासन प्रमुखलाई पक्रउ गरेको छ । हेल्थ असिस्टेन्ट(एचए) तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई अस्पतालका कर्मचारी माथि कुट्पिट गरेको अभियोगमा पक्राउ परेको हो । पिडितको उजुरिका आधारमा बुधबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी विरेन्द्र गोदारले जानकारी । पक्राउ परेका एचए श्रेष्ठले अस्पतालका फार्मेसी इन्चार्ज धिरज रौनियर र अस्पतालका सूचना अधिकारी समेत रहेका मेडिकल रेकर्डर सुपरभाईजर शेखर खत्रीलाई मंगलबार साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहेको अवस्थामा कुट्पिट गरेको अस्पताल सूचना अधिकारी खत्रीले जानकारी दिए । कुट्पिटपछि अस्तालका कर्मचारीसहित गएका पीडित रौनियार र खत्री तत्काल जिल्ला प्रहरी कार्यालय उजुरी दर्ता गराउन गएका थिए । यसअघि पनि श्र...
आठौं नारदमुनी स्मृती गोल्डकप असोज ९ देखि १६ गतेसम्म हुने

आठौं नारदमुनी स्मृती गोल्डकप असोज ९ देखि १६ गतेसम्म हुने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि ब्युरो/बसाहा, भदौ ३० । एतिहासिक ब्यक्तित्व एवम् प्रजातान्त्रिक योद्धा स्वर्गिय नारदमुनी थुलुङको सम्मान्मा उदयपुरको बसाहामा सञ्चालन हुदै आएको गोल्डकप यो वर्षपनि हुने भएको छ । चारलाख पुरस्कार राशीको नारदमुनी स्मृति गोल्डकपको आठौं संस्करण आगामी असोज ९ गतेदेखि १६ गतेसम्म हुने भएको हो । खेलका लागि चौदण्डीगढी नगरपालिका –४ बसाहास्थित नारदमुनी रङ्गशाला तयारी अवस्थामा छ । रङ्गशाला घेराबेरामा वडा कार्यालयले ६ लाख ५० हजार खर्च गरेको जनाएको छ । रङ्गशाला निर्माणमा देश–विदेशमा रहेका बसाहाबासी भुतपूर्व सैनिकहरुको विशेष योगदान र भुमिका रहेको मुल आयोजक समितिका सल्लाहकार जितेन्द्र साम्पाङ राईले जानकारी दिए । बसाहाबासी अन्य ब्यक्तित्वहरु र युवाहरुको पनि उत्तिकै भुमिका र सहयोग रेहको उनले जानकारी दिए । “भुपु सैनिकहरु र अन्य ब्यक्तिहरुको रगत, पसिना सिंचिएको रङ्गशाला आठौं संस्करण गोल्डकप हुदै गर्द...
असोजदेखि बैंकहरु आफूखुशी ब्याजदर तोक्ने

असोजदेखि बैंकहरु आफूखुशी ब्याजदर तोक्ने

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ३० गते । असोज १ गतेदेखि बैंकहरु आफैले ब्याजदर तोक्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबारको बैठकले ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाड्ने निर्णय गरेको हो । वाणिज्य बैंकहरुको ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाडिदिने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले जानकारी दिए । यसअघि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भद्र सहमति गर्दै ब्याजदर तोक्ने गरेका थिए । करिब ७ महिनादेखि संघको निर्णयमा मात्र ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले अब आफूखुशी ब्याजदर तोक्न पाउने भएपछि हालको ब्याजदरमा केही प्रतिशत बढ्न सक्ने देखिएको छ । यस्तो ब्याजदर कम्तिमा १ प्रतिशतदेखि १.५ प्रतिशतसम्मले बढ्न सक्ने छ । हाल वाणिज्य बैंकहरुबीचको भद्र सहमतिमा निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम रहेको छ । तर, असोजका लागि ब्याजदर निर्धारणको स्वःनिर्...
धरानकी एक ६५ वर्षीया वृद्धाको हत्या गरी गहना लुट्पाट

धरानकी एक ६५ वर्षीया वृद्धाको हत्या गरी गहना लुट्पाट

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३० गते । धरानमा एक ६५ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुट्पाट गरिएको छ । धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाककडा नजिकै रहेको टोडकेमा एक वृद्धा महिलाको गरगहना लुटी हत्या गरिएको हो । लुटेराको समूहले स्थानीय पुर्णिामाया राईको सुन तथा नगद लुटेर हत्या गरिएको आसंका गरिएको प्रहरीले जनाएको छ । ६५ बर्षिया पुर्णमाया एक्लै घरमा बस्ने गरेकोमा लुटेरा समूहले घाककटिमा लगाएको सुन र नगद लुटेर हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुले बताएका छन् । उनले मृतक महिला घरमा एक्लै बस्ने गरेको र घाटीमा र कानमा सुनका गहना लाउने गरेका कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने लिम्बुले बताएका छन् । घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी बिहान घटना स्थल पुगेको हो । घटनाको स्थलगत मुचुल्का तयार गरी शव पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रति...
पहिरोमा परी ३ को ज्यान गयो

पहिरोमा परी ३ को ज्यान गयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३० काभे्रमा पहिरोले पुरिएर ३ जनाको ज्यान गएको छ । बधबार रातिको समयमा खसेको पहिरोले पुँरिदा बेथानचोक गाउँपालिका(४ चलालका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो । ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको ढंगाखानी माथिबाट झरेको पहिरोले घर तामाङको घर पुरेको हो ।  ...
३५ वर्षीया महिला करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

३५ वर्षीया महिला करणी गरेको अभियोगमा २० वर्षीय युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २९ गते । ३५ वर्षीया महिलालाई करणी गरेको अभियोगमा २० वर्षीय एक जना युवक पक्रउ परेको छ । महिलाई करणी गरेको अभियोगमा प्रहरीले झापाको विर्तामोड नगरपालिका–२ बस्ने डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको हो । दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।...
दशगाजामा एक पुृरुषको शव फेला

दशगाजामा एक पुृरुषको शव फेला

Breaking News 3, समाचार
युवराज राई । काठमाडाै‌ पूर्णपुष्टि, भदौ २९ गते । सप्तरीको दशगाजा क्षेत्रमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–१ भन्सार चौक नजिक एक पुरुको शव फेला परेको हो । रम्पुरा मल्हनिया जाने बाटोमा अन्दाजी २० मिटर दक्षिण तर्फ कुनौली जाने दशगाजामा शव फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका अन्दाजी ४०÷४५ वर्षका पुरुषको नाम र ठेगाना खुल्न नसकेको सप्तरीका प्रवक्ता तथा डिएसपी माधव प्रसाद काफ्लेले बताए । शव फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी अधिकृत समेतको टोली घट्नास्थलमा पुगी शवको जाँच मुचुल्का समेत कार्य सम्पन्न गरेको छ । पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।...
फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र २९ गते ।  जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना ११ दिन कैद र रु.२५,०००÷– (पच्चिस हजार रुपैया) जरीवाना तोकेता पनि फरार रहँदै आएका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उप महा नगरपालिका – २० तरहराका ३१ बर्षीय बाबु बुढाथोकी भन्ने बिकास बुढाथोकी रहेका छन् ।फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT समुहको प्रहरी टोलीले बुढाथोकीलाई मंगलवार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागी कारागार पठाएको छ ।...
औषधी व्यवसायी तथा मेडिकल डाक्टरलाई धम्की दिई रकम माग गर्ने १ जना पक्राउ

औषधी व्यवसायी तथा मेडिकल डाक्टरलाई धम्की दिई रकम माग गर्ने १ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र २९ गते । डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–३ का ३३ बर्षीय बिजय दाहाल रहेका छन् ।मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको साथै दाहालले रकम समेत माग गरेको प्रहरीले जनाएको छ । बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...