Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २९ गते । आज बुधवार सुनचाँदीको मूल्यमा भारी गिरावट भएको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।...
ब्राउनसुगर सहित ३ जना पक्राउ

ब्राउनसुगर सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र २९ गते । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । राजवंशीको कोठाबाट लागुऔषध बरामद भएसंगै उनिलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।यसैगरी झापाकै भद्रपुर नगरपालिका–५ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको थियो । टे...
चोरीमा संलग्न तिन युवक सुनको गरगहना सहित पक्राउ

चोरीमा संलग्न तिन युवक सुनको गरगहना सहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भाद्र २९ गते । मोरङको बुढीगंगा गाउँपालिका–६ स्थितबाट प्रहरीले चोरीमा संलग्न रहेका ३ जनालाई चोरी गरेको समान सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुढिगंगा गाउँपालिका–६ का २७ बर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ बर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् ।भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले चौधरीको घरबाट चोरी भएका बिभिन्न किसिमका सुनका गर–गहना समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
पिकअप भ्यानको ठक्करबाट बृद्धको मृत्यु

पिकअप भ्यानको ठक्करबाट बृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र २९ गते । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खेदीखोला गाउँपालिका–१ स्याङ्जाका ७० बर्षीय पदम बहादुर बस्नेत रहेका छन् ।मंगलवार साँझ ७ बजे प्रदेश १–०२–००२च ४६९८ नम्बरको पिकअप भ्यानले बाटो क्रस गर्दै गरेका पैदल यात्री बस्नेतलाई ठक्कर दिदा घाईते भएका थिए । घाईते बस्नेतको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न भेन र चालक बिराटनगर–५ का २४ बर्षीय संतोष गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।...
राष्ट्र बैंकले नयाँ नोट दिन थाल्यो

राष्ट्र बैंकले नयाँ नोट दिन थाल्यो

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २९ गते । राष्ट्रि बैंकले बुधवारबाट सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ । अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट साट्ने सुविधा पाउने छन् । सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक÷एक बण्डल नयाँ नोट पाउने भएका हुन् । बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट साट्ने सुविधा पाउने छन् । दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ । गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा साटिएको थियो ।...
उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजार

उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजार

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २८ गते । उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजारको फोटोफिचर
७२ लाखसहित एक नेपाली नागरिक पक्राउ

७२ लाखसहित एक नेपाली नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २८ गते । नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेका ७२ लाखसहित एक जना नेपाली नागरिक पक्राउ पक्राउ परेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हो । सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकीले जनाएको छ । स्रोत नखुलेको नगदसहित पक्राउ परेको सुनारलाई नियन्त्रणमा लिई भारतीय कस्टम, सुरक्षा निकायका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् । उक्त नगद के प्रयोजनको लागि हो भन्ने खुलेको छैन ।...
जंगलमा सडिगलेको अवस्थाम श्रीमतीको शव फेला हत्या अभियोगमा श्रीमान पक्राउ

जंगलमा सडिगलेको अवस्थाम श्रीमतीको शव फेला हत्या अभियोगमा श्रीमान पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २८ गते । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको छ । उनले ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो । लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
नेपालबाट बच्चा चोरी भइरहेको हल्लाको पछी नलाग्न नेपाल प्रहरीको आग्रह

नेपालबाट बच्चा चोरी भइरहेको हल्लाको पछी नलाग्न नेपाल प्रहरीको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २८ गते । पछिल्लको केही दिन यता भारबाट आएका एक गिरोहले नेपालका बच्चा चोरी गरेको घटनामा कुनै सत्यता नभएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले एक सूचना जारी गर्दै सामाजिक सञ्जाल फेसबुक लगाएतमा भाइरल भएको बच्चा चोरीको घटना हल्ला भ्रामक मात्र रहेको जनाएको छ । पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ ।...
ट्रकको ठक्करबाट महिलाको मृत्यु, नाबालिका सहित ३ जना घाईते

ट्रकको ठक्करबाट महिलाको मृत्यु, नाबालिका सहित ३ जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, भाद्र २८ गते । झापाको भद्रपुर नगरपालिका–२ को देउनिया पुलमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने नाबालिका सहित तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ३५ बर्षीया तुलसा खवास लामा रहेकी छिन् ।सोमवार दिउँसो झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिंदा ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका आमा छोरी र ट्रकका सह–चालक बिर्तामोड–२ झापाका २४ बर्षीय अनिल हस्दा र ५२ बर्षीय बुद्दलाल राजबंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते तीनै जनाको बिएनसी अस्पताल बिर्तामोडमा थप उपचार भईरहेको छ । ट्रक चालक पाँचथर हिलिहाङ–६ का योगेश सिटौलालाई नि...