Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

ब्रोडकाष्टिंग एसोसियसन अफ नेपाल(वान) उदयपुरको अध्यक्षमा निरौला

ब्रोडकाष्टिंग एसोसियसन अफ नेपाल(वान) उदयपुरको अध्यक्षमा निरौला

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ४ । व्यावसायिक स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिंग एसोसियसन अफ नेपाल(वान)को उदयपुर जिल्ला अध्यक्षमा सरोज निरौला चयन भएका छन् । उदयपुरमा बानको पहिलो भेलाबाट निरौला अध्यक्षमा सर्वसहमत चयन गरिएका हुन् । निरौला गाईघाट उदयपुरबाट सञ्चालित साईमन एफएमका प्रमुख हुनुहुन्छ । वान उदयपुरका जिल्ला उपाध्यक्षमा चौदण्डीगढी एफएम बेल्टारका प्रमुख सन्तोष कुमार रौन्यार, सचिवमा यु।के। एफएम कटारीका प्रमुख अस्मीत पौड्याल र कोषाध्यक्षमा रेडियो अमूर्त गाइघाटका प्रमुख देविका राई चयन भएका छन् । अन्य सदस्यमा बेलका एफ.एम रामपुरका सुरेन्द्र खालिग रहेका छन् । ब्रोडकाष्टिंग एसोसियसन अफ नेपाल (वान) का केन्द्रीय महासचिव नबिन बाबु राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । वानका नव जिल्ला कार्यसमितिलाई बधाई दिदै महासिव राईले वान सधैव बिकासको असल साक्षीको रूपमा रहने बताउनु भयो । संघ...
कुश्मा पुगे बन्जी जम्प गर्न नायक अनमोल

कुश्मा पुगे बन्जी जम्प गर्न नायक अनमोल

समाचार
पूर्णपुष्टि,चैत्र ४ । चक्लेटी नायक साथै मेघा स्टारको रुपमा पहिचान बनाउँन सफल सफल नायक अनमोल केसी बन्जी र स्काई साइक्लिङ गर्न कुश्मामा पुगेको छ । नायक केशी शनिवार साथीहरुसँग बन्जी जम्प गर्न कुश्मा पुगेको हो । केसी नेपाली चलचित्रमा मेगा स्टारका रूपमा समेत चर्चित छन् । ड्रिम्सु, क्याप्टेन, कृ, ए मेरो हजुर, गाजलु लगायत चलचित्रमा नायक केसीको मुख्य भूमिका छ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ।...
को हुन त्रीजबका स्ववियु अध्यक्ष उमेदवार कार्की ?

को हुन त्रीजबका स्ववियु अध्यक्ष उमेदवार कार्की ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत ४ । ५ गते हुन गैईरहेको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनावले क्याम्पसको माहोल तातेको छ। यो माहोलले उदयपुर जिल्लाकै सबभन्दा ठुलो त्रीयुगा जनता बहुमुखी क्याम्पस पनि चुनावमय भएको छ। चुनावमा विभिन्न राजनीतिक पार्टीका विद्यार्थी संगठनहरु प्रतिस्पर्धा उत्रिएका छ्न। त्यस्तै माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले क्षमता र दक्षताकै आधारमा क्याम्पस सभापतिको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको अखिल ९क्रान्तिकारी०का जिल्ला कमिटी अध्यक्ष सिताराम राउतले बताए । अखिल ९क्रान्तिकारी० बाट सरोज कार्की नेतृत्वको टिम चुनावी प्रतिस्पर्धामा छ। २०५८ सालमा जन्मिएका सरोज कार्की उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका ५ जाँतेका बासिन्दा हुन् । बुबा दान बहादुर कार्की र आमा नरमाया खड्काको जेठा छोरा हुन् सरोज । एउटा सामान्य किसान परिवारमा जन्मिएका कार्कि सानैदेखि अन्याय र अत्याचारविरुद्ध ...
पंखा बाड्नु पर्ने समयमा सिरक वितरण

पंखा बाड्नु पर्ने समयमा सिरक वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ४ । अबको समय गर्मिको हो । करिब चैत्र देखी गर्मिले मानिसलाई सताउन थाल्छ । यो बेला मानिसले पंखा र कुलर, एसिको खोजी गर्न थाल्छन् । यो वेला हावा भएको ठाउँहरु र अग्ला डाँडाहरुको खोजी हुन थाल्छन् । चिसो ठाउँहरु अब मानिसहरुले रुचाउँछन् । तर मधेश प्रदेशका एक नगरपालिकाले समय विपरिद वस्तु नागरिकलाई वितरण गरेको छ । जाडो मौसममा बाँड्नु पर्ने सिरक गर्मि लागेपछि बितरण गरेको छ । धनुषाको नगराराइन नगरपालिकाले गर्मि समय आएपछि नागरिकलाई फाइबर सिरक वितरण सुरु गरेको छ । जाडोबाट जोगिन भन्दै वडा। नं। ७ का जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई सिरक वितरण गरिएको हो । शुक्रबार वडाका २०० भन्दा बढी नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए । वडाको अनुमानित सात लाख बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपांगलाईलाई वितरण गर्ने काम भइरहेको छ । प्रति सिरक २ हजार २ सयको द...
न्यूजिल्यान्डमा पनि टिकटकमाथि प्रतिबन्ध

न्यूजिल्यान्डमा पनि टिकटकमाथि प्रतिबन्ध

समाचार
पूर्णपुष्टि,चैत्र ४ । न्यूजिल्यान्डले पनि सरकारी डिभाइसहरूमा टिकटक चलाउन रोक लगाएको छ । अमेरिका, बेलायत लगायतका देशले सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाएसँगै न्यूजिल्यान्डले पनि सुरक्षा जोखिमको विषयलाई उठाउँदै सरकारी डिभाइसमा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । टिकटकको अभिभावक कम्पनी बाइटडान्समार्फत चीन सरकारले प्रयोगकर्ताहरूको स्थान, सम्पर्क लगायतका डेटामा पहुँच बनाई उक्त डेटाको दुरुपयोग हुनसक्ने न्युजिल्यान्ड सरकारको बुझाइ छ । न्यूजिल्यान्डमा यही मार्च महिनाको अन्त्यसम्म संसदको नेटवर्कमा पहुँच भएका सबै डिभाइसहरूमा टिकटक प्रतिबन्धित हुने बताइएको छ । यसअगाडि नै न्यूजिल्यान्डको सेक्युरिटी फोर्स, परराष्ट्र र व्यापार मन्त्रालय अन्तर्गतका सरकारी कर्मचारी तथा मन्त्रालयले प्रयोग गर्ने सबै प्रकारका डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो ।...
लालपत्तामा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्दार

लालपत्तामा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्दार

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र ४ । उपचार खर्चको अभाव कै करण बिगत ६ वर्षदेखि साङ्लोले बाँधेर राखिएका उदयपुरका एक युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका स्थानीय २१ वर्षीय राम बहादुर परियारलाई नगर उप–प्रमुख महेश्वरी राई, वडा अध्यक्ष साथै वडा सदस्यहरुको पहलमा उद्धार गरेर मानव सेवा हेटौडा मानव आश्रम पठाएको हो । रामलाई मानसिक सन्तुलन गुमेपछि उनकी दिदि हस्तमाया बि.क.को घरमा बाधेर राखेका थिए । परियारलाई आज शनिवार दिदिको घरबाट उप–प्रमुख,वडा अध्यक्ष,समाज सेवीहरुको रोहवरमा हेटौडा पठाएको श्रोतले जनाएको छ । उपचार खर्च नहुँदा भाईलाई आफ्नो घरमा साङ्लोले बाधेर बस्न बाध्य भएको उनका दिदीले बताइन् । रामको बुबा होम बहादुर बि.कले २०७५ सालमा आफ्नो छोराको अवस्थालाई हेर्न नसकेर आत्माहत्या गरिको परिवार श्रोतले जनाएको छ । उप–प्रमुख राईले बिरामीलाई हेटौडा सम्म पुर्‍याउन ...
राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

राष्ट्रिय टिममा रोनाल्डोको पुनरागमन

खेलकुद
पूर्णपुष्टि,चैत्र ४ । युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो अटाएका छन्। मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन्। युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगलले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ। पोर्चुगल कतार विश्वकपमा मोरोक्कोसँग १–० गोलले हारेपछि प्रशिक्षक फर्नान्डो सान्तोसलाई प्रतिस्थापन गरेका मार्टिनेजले पोर्चुगलको नयाँ स्क्वाडमा उनलाई समावेश गरेका हुन्। उनले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको र आफूले खेलाडीको उमेर नहेरी अनुभव हेर्ने बताए । मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुने बताए। पोर्चुगलले आगमी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ । त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ । रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर...
राष्ट्रपति पौडेलले चियापानका लागि संघ र प्रदेशका सबै मन्त्री र सांसदलाई निम्तो

राष्ट्रपति पौडेलले चियापानका लागि संघ र प्रदेशका सबै मन्त्री र सांसदलाई निम्तो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ४ । राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच शीतल निवासमा भेटघाट हुने भएको छ। राष्ट्रपति पौडेलले शनिवार बिहान ९ बजे प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सदस्यहरूलाई शीतलनिवास डाकेको हो । राष्ट्रपति निर्वाचित भएको खुसीयालीमा चियापान तथा धन्यवाद ज्ञापनका लागि पौडेलले सांसदहरूलाई निम्ता गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न यतिबेला सबै प्रदेशका सांसदहरू काठमाडौंमै छन् । यही मौका पारेर पौडेलले शीतल निवासमा चियापान कार्यक्रम राखेका हुन् । यता एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपति बनेका पौडेलले गत सोमबार शपथ लिएका थिए । राष्ट्रपति चुनावमा ३ सय ३१ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी कुल ८ सय ३१ जना सहभागी भएका थिए । यसमा पौडेलले ३३ हजार ८ सय २ मत पाए भने नेम्वा...
तेश्रो वडा अध्यक्ष कप : फ्युजन फुटबल क्लब बोक्से बिजयी

तेश्रो वडा अध्यक्ष कप : फ्युजन फुटबल क्लब बोक्से बिजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र ४ । त्रियुगा नगरपालिका–५, बालुवाटारको खेल मैदानमा जारी वडा अध्यक्ष फुटबल कप प्रतियोगितामा फ्युजन फुटबल क्लब बोक्सेले जित निकालेको छ । शुत्रबार सम्पन्न प्रतियोगितामा फ्युजन फुटबल क्लब बोक्सेले गाईघाट फुटबल क्लवलाई १ गोलले पराजित गरेको हो । निर्धारित ६० मिनेटको खेलको पहिलो हाफ सम्म दुबै टिमले कुनै पनि गोल गर्न सकेको थिएन। दोश्रो हाफमा फ्युजन फुटबलका प्रबिन राईले १ गोल गरि टिमलाई जित दिलाएका थिए । खेल अबधिभर उत्कृष्ट प्रदर्सन गरेका प्रबिन राई खेलको म्यान अफ द म्याछ भए । त्रियुगा नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोग र श्रीपुर फुटबल क्लब श्रीपुरको आयोजनामा संचालित फुटबल प्रतियोगितामा जम्मा ८ टिमले भाग लिएका छन। शनिवार हुने खेल सितल युवा क्लब दमौती र सगरमाथा युवा क्लब राजाबास बिच हुने जनाईएको छ।...
कटारीमा टिप्परको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु

कटारीमा टिप्परको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र ३ । उदयपुरको कटारी नगरपालिका–४, ककुर खोला पुल स्थित टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोरङ धनपाल थान ७ का अन्दाजी २१ वर्षिय सुधिर कुमार मण्डलको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार मदनभण्डारी राजमार्ग अन्तरगत कटारीबाट सिन्धुलीको दुधौली तर्फ जादैँ गरेको बा.५ख.४६५३ नम्बरको टिप्परले सोहि दिशा तर्फबाट जादै गरेको बागमती प्रदेश ०२–०१९ प.४९१५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी पोष्ट कटारीका हवल्दार चन्द्र बुढाथोकीका अनुसार गम्भिर घाईते मण्डललाई उपचारका लागि कटारी अस्पत्ताल ल्याईएको थियो । अस्पत्तालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनापश्चात ट्रिपर चालक कटारी, ४ का २८ वर्षिय उमेश सदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएको चालक सदाला...