Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ५ । कञ्चनपुरमाको बेलौरीमा अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा खाता खोलको छ । अखिल (क्रान्तिकारी)को तर्पबाट रामपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघका उम्मेदवारलाई हराउँदै अखिल (क्रान्तिकारी)को तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार सरस्वती तिरुवासहित पुरै प्यानल निर्वाचित भएको हो । तिरुवाले १५ मत पाएकी छिन् । त्यस्तै नेविसंघका धनीराम चौधरीले ५ र अनेरास्ववियुकी बिमला रेग्मीले ४ मत मात्र ल्याएकी थिइन् । त्यस्तै सचिवमा क्रान्तिकारीका रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन् । रमिताले १७ मत पाएकी निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सोभा विष्टले ३, नेविसंघकी सीता पुजाराले ३ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा क्रान्तिकारीका रविना रानाले १६ मत पाइन् । नेविसंकी लिला रानाले ५ र अनेरास्ववियुकी निसा विकले ३ मत पाइन् । सदस्यहरूमा अख...
कोशी प्रदेश : विराटनगरमा निषेधाज्ञाबीच विरोध प्रदर्शन

कोशी प्रदेश : विराटनगरमा निषेधाज्ञाबीच विरोध प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ५ । आज (आईतबार) विराटनगरमा कोशी प्रदेश नामको विरोधमा प्रदर्शन भईरहेको छ । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा विरोध प्रदर्शन गरेका हुन् । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन : नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार नै प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरे पनि पहिचान पक्षधरहरूले त्यसको बेवास्ता गर्दै प्रदर्शन सुरू गरेका हुन् । निषेधाज्ञाबीच प्रदर्शन हुन थालेपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।...
अभिनेत्री निताले प्रेस काउन्सिलको गराईन् ध्यानाकर्षण , गर्भवती भएको हल्ला प्रति असन्तुष्ट

अभिनेत्री निताले प्रेस काउन्सिलको गराईन् ध्यानाकर्षण , गर्भवती भएको हल्ला प्रति असन्तुष्ट

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत ५ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी छन् । म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला सामाजिक सञ्जालमा फैलाएपछि उनले प्रेस काउन्सिलको ध्यानाकर्षण गराएकी हुन् । भ्रम फैलाएको प्रति घोर भन्र्सना जनाउँदै ‘उनले लेखेकी छन्’ यसले मेरो जिवनमा नकारात्मक प्रभाव परेको छ । यस क्रियाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’ फिल्म वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई वास्तविक जस्तो बनाएर पेस गर्दा यसले कलाकारको जीवनलाई असर गरेको उनको गुनासो छ ।...
प्रधानमन्त्री (प्रचण्ड) लाई विश्वासको मत दिने काग्रेसको निर्णय

प्रधानमन्त्री (प्रचण्ड) लाई विश्वासको मत दिने काग्रेसको निर्णय

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेपाली काग्रेसले विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको संख्याबारे पनि सोमबारबाट ठोस छलफल हुने उनले बताए । पुस २६ मा विश्वसासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस राष्ट्रपति चुनावबाट नयाँ गठबन्धन बनेपछि अब नयाँ परिस्थितिमा सरकारमा सहभागी हुन लागेको हो । प्रधानमन्त्री (पचण्ड) नेत्तत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले यहि चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।...
सुनको भाउ अहिलेसम्मकै उच्च, एकैदिन तोलामा २९ सयले वृद्धि

सुनको भाउ अहिलेसम्मकै उच्च, एकैदिन तोलामा २९ सयले वृद्धि

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र ५ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज आईतवार एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ । सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो । भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७ हजार ५ रुपैयाँ पुगेको थियो । त्यसयता भने केही घटेको भाउ फेरि लगातार बढिरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
कलाकार संघको अध्यक्षमा निरौला विजयी

कलाकार संघको अध्यक्षमा निरौला विजयी

समाचार
पूर्णपुष्टि,चैत्र ५ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । निरौलाले २३५ मत ल्याए भने उप्रेतीले २०९ मत ल्याएकी थिइन्। उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् । महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी र नम्रता खरेल विजयी भएका छन् । यस्तै पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामापनि सदस्य निर्वाचित भएका छन् ।...
उदयपुरका क्याम्पसहरुमा स्ववियु निर्वाचनको मतदान सुरु

उदयपुरका क्याम्पसहरुमा स्ववियु निर्वाचनको मतदान सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ५ । गाईघाटका दुई छुट्टा छुट्टै क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु भएको छ । आइतबार बिहान ७ बजेबाट जिल्लाका क्याम्पसहरुमा मतदान प्रत्रिया सुरु भएको हो ।
कटारी नगरपालिकाद्धारा मेयर कप बिजेता खेलाडीलाई सम्मान

कटारी नगरपालिकाद्धारा मेयर कप बिजेता खेलाडीलाई सम्मान

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ५ । उदयपुरको कटारी नगरपाकिलाले चौथौ मेयर कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । शनिवार गुराँस हरियाली पार्कमा एक कार्यक्रमको बीच खेलाडीहरुलाई नगर रु १ लाख सहित सम्मान गरेको हो । गत फागुनमा सम्पन्न प्रतियोगिताको बिजेता बनेका कटारी वडा नम्बर २का खेलाडीहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको वडाअध्यक्ष प्रेम थापाले बताउनुभयो । उक्त प्रतियोगितामा वडा ५लाई ट्राइव्रेकरमा हराउँदै वडा नम्बर २ले मेयर कप उचालेका थिए । सम्मान कार्यक्रममा वडाध्यक्ष थापा सहित वडाका सरोकारवालाहरुले खेलाडीहरुलाई सम्मान गरेको हो ।...
विराटनगरमा आज बिहानैदेखि निषेधाज्ञा

विराटनगरमा आज बिहानैदेखि निषेधाज्ञा

समाचार
पूर्णपुष्टि,चैत्र ५ । जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना प्रकाशित गरी चैत ५ गते बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आज वृहत् प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा दैनिक प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्। यसले शान्ति सुरक्षामा असर पर्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०७९र१२र५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएस...
थारु कल्याणकारी सभा उदयपुरको ९औं महाधिवेशन आगामी २४ र २५मा हुने

थारु कल्याणकारी सभा उदयपुरको ९औं महाधिवेशन आगामी २४ र २५मा हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र ४ । थारु कल्याणकारी सभा उदयपुरको ९औ जिल्ला अधिबेशन यहि चैत २४ र २५ गते हुने भएको छ । चौदन्डीगढी नगरपालिका वडा नम्बर–५ सिवाईमा आज (शनिवार) बसेको जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो । ९ औ अधिबेशन भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न उप समिती बनाई जिम्मेवारी प्रदान गरिएको सभा का जिल्ला अध्यक्ष शिवकान्त चौधरीले बताए । अनुमानित १० लाख खर्च हुने अधिबेशनमा उदयपुर भरिका हजार भन्दा बढि थारुहरुको उपस्थिति हुने गरि तयारीमा लागेको आर्थिक सन्योजक राकेश चौधरीले बताए । चौदन्डीगढी नगरपालिका वडा नम्बर५ सिवाईमा दुई दिन सम्म चल्ने अधिबेशनले उदयपुर जिल्लाका लागी नयाँ नेतृत्व चयन गर्नेछ्न ।...