Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

तेश्रो वडा अध्यक्ष कप : श्रीपुरको विजयी सुरुवात

तेश्रो वडा अध्यक्ष कप : श्रीपुरको विजयी सुरुवात

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र ३ । जिल्लाको त्रियुगा नगरपालिका–५, देउरीको बालुवाटार खेल मैदानमा विहिवार सम्पन्न तेश्रो वडा अध्यक्ष कप प्रतियोगिताका उद्घाटन खेलमा श्रीपुर फुटबल क्लवले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा श्रीपुरले मोतिराजा फुटबल क्लवलाई ० को विरुद्ध ६ गोल अन्तरले हराउँदै जित हाप पारेको हो । सुरुवाताी खेलमा श्रीपुरका तर्पबाट जर्सि नम्बर ९ का खेलाडी ब्रीजेस मगरले प्रतियोगिताकोे १० औ र १७ औ मिनेटमै २ गोल गरि टिमलाई अग्रता दिलाएका थिए । पहिलो हापमा श्रीपुरकै ९९ नम्बर पवन मगर र १७ नम्बर खेलाडी अभिषेक मगरले ११ गोल गर्दै टिमलाई जित नजिक पुर्याएका थिए । प्रतियोगिताको दोश्रो हापमा थप २ गोल गर्दै श्रीपुर फुट्बल क्लबले जित सुनिस्चित गरेको छ । खेलको म्यान अफ द म्याच श्रीपुर बाट २ गोल गरेका ब्रीजेस मगर भए । त्रियुगा नगरपालिका वडा नम्बर ५ को संयोजन र श्रीपुर फुटबल क्लब श्रीपु...
उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । आज सम्पन्न उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । यादवले आफ्ना विपक्षी एमालेकी अष्टलक्ष्मी शाक्य र ममता झालाई उछिन्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ–१८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन् । उनले कुल ३० हजार ३२८ मतभार पाएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए। बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन् । यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन । कस्ले कति पाए मत ? प्रदेश सभा सदस्य तर्फ १. रामसहाय प्रसाद यादव – ३२९ २. अष्टलक्ष्मी शाक्य – १६९ ३. ममता झा – १५ ४. प्रमिलाकुमारी यादव –१ संघीय संसद तर्फ १. रामसहाय प्रसाद यादव –१८४ २. अष्टलक्ष्मी शाक्य –१०४ ३....
महिला उद्यम विकास कार्यसमितिलाई त्रियुगा उद्योग बाणिज्य संघको सम्मान तथा बधाई

महिला उद्यम विकास कार्यसमितिलाई त्रियुगा उद्योग बाणिज्य संघको सम्मान तथा बधाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ३ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले महिला उद्यम विकास समितिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार संघको कार्यालयमा माघ १५ गते गठित महिला उद्यम विकास समितिलाई बधाई साथै सम्मान गरेको हो । उक्त समिति त्रियुगा उद्योग बाणिज्य संघ अन्तरगतै महिला सदस्यहरुको समिति रहेको छ । महिला व्यवसायी तथा उद्यमीहरुको उत्थानका लागि समिति निर्माण भएको संघका अध्यक्ष रमेश रसाईलीले बताए । उनले व्यवसायमा महिलाहरुको पहुँचमा हक अधिकार सुनिश्चित गर्न यस समतिको महत्वपूर्ण भुमिका रहेको समेत जनाए । गाईघाटमा रहेका महिला व्यवसायीहरुलाई थप उर्जाशिल बनाउन महिला उद्यम विकास समितिले भरपुर टेवा पुराउने भन्दै गठन गरिएको समिति देशभरनै उदाहरणीय बन्न अध्यक्ष रसाईलीको सुझाव छ । शशि लामा कार्कीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण भएको छ भने अन्य दुई जना थप गरी १५ सदस्यीय कार्यसमिति निर्माण गरिने...
माओवादीका संघ र प्रदेश सांसदलाई प्रधानमन्त्री दाहालले सामुहिक प्रशिक्षण दिने

माओवादीका संघ र प्रदेश सांसदलाई प्रधानमन्त्री दाहालले सामुहिक प्रशिक्षण दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्ना संघ र प्रदेशका सांसदहरुलाई सामुहिक प्रशिक्षण दिने भएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागी प्रदेश सांसदहरु काठमाण्डौँ पुगेका थिए । उपराष्ट्रपतिको निर्वाचन सकिएपछि प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सामुहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।...
उपराष्ट्रपति निर्वाचन : मतदान सकियो, ८२९ मत खस्यो

उपराष्ट्रपति निर्वाचन : मतदान सकियो, ८२९ मत खस्यो

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । आज बिहान १० बजेबाट सुरु भएको उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । शुक्रबार दिउँसो तिन बजे सकिएको मतदानमा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले बताए । आज साझँ ६ बजेसम्म मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झा उम्मेदवार रहेकी छन् । त्यस्तै जसपाकी प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिईन् तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।...
नेपालमा साँठेगाँठे सिस्टम भयो : अध्यक्ष ओली

नेपालमा साँठेगाँठे सिस्टम भयो : अध्यक्ष ओली

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा मतादान गरेपछि साँठगाँठे सिस्टम भएको बताएका छन् । डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हो ‘उनले भने’ तर नेपालमा साँठेगाँठे सिस्टमको अभ्यास भईरहेको छ । यसमा कसले जित्यो ? कसले हार्‍यो ? कसको शक्ति कति ? भन्ने भएन । अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब गर्नुहुन्छ ?’...
पशुपति प्रसाद–२भष्मे डन निर्माण हुने

पशुपति प्रसाद–२भष्मे डन निर्माण हुने

समाचार
पूर्णपुष्टि,चैत्र ३ । ‘पशुपतिप्रसाद २–भष्मे डन’मा नदेखिने भनिएकी नायिका वर्षा सिवाकोटी चलचित्रमा पुनः ब्याक भएकी छन् । केही समयअघि राजधानीमा आयोजित ‘पशुपति प्रसाद २’को औपचारिक घोषणा कार्यक्रममा वर्षा नहुने बताइएको थियो । ‘पशुपतिप्रसाद’को पहिलो संस्करणमा देखिएकी नायिका दोस्रो संस्करणमा गयल हुने भएपछि वर्षाले आफूलाई दुःख लागेको अभिव्यक्तिसमेत दिएकी थिइन् । चलचित्रमा आफ्नो प्रवेश आफैंलाई सरप्राइज भएको वर्षाको भनाइ छ । ‘मलाई नै सरप्राइज भएको छ । केही सरप्राइज छ है भनिरहनुभएको छ । के छ त्यो अहिलेसम्म मलाई पनि थाहा छैन’, उनले भनिन् । हाल डिभोर्सका कारण चर्चामा रहेकी नायिका सिवाकोटीले आफ्नो सम्बन्ध बिच्छेदबारे मिडियामा आएका प्रतिक्रियाबारे पनि आफ्नो धारणा राखेकी छन् । ‘कसैलाई केही भनिराख्नुपर्छ जस्तो नै लाग्दैन । आफ्नो व्यक्तिगत कुरा के हो भन्ने त आफैंलाई थाहा हुन्छ । मिडिया अनि दर्शकले त आ...
चीनका राष्ट्रपति सि रुस भ्रमणमा जाँदै

चीनका राष्ट्रपति सि रुस भ्रमणमा जाँदै

Breaking News 3, राजनीति, समाचार, संसार
पूर्णपुष्टि, चैत ३ । चिनका राष्ट्रपति सि जिनपिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती निकालेर राष्ट्रपति सीले अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो । रुस–युक्रेन युद्धले एक बर्ष पुरा गरिसकेको छ । सो युद्ध भएपछि पहिलो पटक सि रुस भ्रमणमा जान लागेका हुन् । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको ‘रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने भएका छन् । वार्ताका क्रममा दुई देशबिच वृहत्त साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुनेछ भने अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गरिने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुने बताईएको छ । चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस...
कटारीमा वन डढेलो नियन्त्रण सप्ताह सुरु

कटारीमा वन डढेलो नियन्त्रण सप्ताह सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ३ । ‘वन वातावरण तथा जैविक विविधता संरक्षणमा सहभागी बन्नौ ’ भन्ने मूल नारासहित कटारीमा वन डढेली नियन्त्रण सप्ताहा सुरु गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणी (कटारी)को आयोजनामा विहिवार सप्ताहाव्यापी कार्यक्रम सुरु भएको हो । कार्यक्रम अन्र्तगत कटारी बजारमा डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामुलक र्याली गरिएको थियो । उक्त र्यालीले कटारी बजार बरिक्रमा गर्दै मुख्य चोकमा आई सभामा परिणत भएको थियो । विभिन्न चेतनामुलक प्लेकार्ड सहित वन विज्ञान क्याम्पस कटारीका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । कार्यालयका वन अधिकृत हिरालाल शर्माका अनुसार शुत्रवार देखि गाउँगाउँमा पनि जनचेतनामुलक कार्यक्रम गरिने जनाएका छन् । साताभरी वन डढेलो नियन्त्रण गर्ने तथा जनचेतनामुलक कार्यक्रम गर्ने कार्यालयको योजना छ । वन क्षेत्रमा डढेलो सुरु भईसकेको भन्दै सवैलाई सचेत भएर वनमा आगो नलगाउन पनि कार्यालयल...
राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत ३ । नेकपा माओवादी तथा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बधाई दिदैँ जनहि तिन लाख दिने घोषणा गरेका छन् । आज शुक्रबार बिहान बालुवाटारमा भएको कार्यक्रममा नेपाली क्रिकेट टोलीलाई बधाई दिदैँ जनही तिन लाख दिने दाहालले घोषणा गरेका हुन् । बिहिबार घरेलु मैदानमा भएको खेलमा नेपालले युएईलाई ९ रनले पछि पार्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो । खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरेका छन् । दाहालले आफु अत्यन्त खुसी भएको र हिजो गर्नु भएको प्रदर्शनले तपाईहरुको मात्र जित नभई देशले जितेको बताए । उनले भने ‘देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत त...