Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

स्ववियु निर्वाचनका लागी त्रिवि केन्द्रिय क्याम्पसमा भोटिङ मेसिन जडान गरिने

स्ववियु निर्वाचनका लागी त्रिवि केन्द्रिय क्याम्पसमा भोटिङ मेसिन जडान गरिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । स्ववियु निर्वाचनका लागी त्रिवि केन्द्रिय क्याम्पसमा भोटिङ मेसिन जडान गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले चैत ५ गते हुने निर्वाचनमा भोटिङ मेसिन जडान गरिने जनाएका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्‌वार रहेका छन् । २१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् ।...
करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ३ । सुनसरीको देवानगंज गाउँपालिका–४ कप्तानगंज स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ३५ बर्षीया सपना देवी शर्मा रहेकि छिन् । हिजो अपरान्ह साढे ४ बजे आफ्नै घरमा मोटर जडान भएको ट्युवेल चलाउने क्रममा करेन्ट लागि घाईते भएकि थिईन् । घाईते शर्मालाई तत्काल उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा उनको सोही स्थानमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ३ । मोरङको बेलबारी नगरपालिका–१ का ५७ बर्षीय हेम कर्ण महतलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत फाल्गुन २५ गते उनले घरायसी वादविवादको कारण ५३ बर्षीया श्रीमती देवि महतलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी घटना स्थलबाटै फरार भएका महतको खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउसो पथरी शनिश्चरे नगरपालिका–१० स्थित बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका महतको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
उपराष्ट्रपति निर्वाचन : मतदान सुरु

उपराष्ट्रपति निर्वाचन : मतदान सुरु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ३ । उपराष्ट्रपति पदका लागी मतदान सुरु भएको छ । आज बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो तिन बजेसम्म हुनेछ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको हो । उपराष्ट्रपति पदका लागी एमालेकी अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जसपाका रामसहायप्रसाद यादव उम्मेदवार छन् । रामसहायले मतदान गरेका छन् भने दुई उम्मेदवार सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् । मतदान गर्न नपाएपनि शाक्य र झा मतदान स्थलमा पुगेकी छिन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ । अन्य सांसदहरुले पनि उम्मेदवार चयनका लागी मतदान गरिरहेका छन् । मतदान भईसकेको केहि घण्टा भित्र मतपरिणम सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।...
उदयपुरमा जवरजस्ती करणी मुद्धामा फरार व्यक्ति पक्राउ

उदयपुरमा जवरजस्ती करणी मुद्धामा फरार व्यक्ति पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ३ । जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भएका फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत कटारी नगरपालिका(३ का ३४ बर्षिय बिजय मकाजु (श्रेष्ठ) लाई जवरजस्त करणी मुद्धामा फरार रहेको भन्दै पक्राउ गरिएको हो । करणी मुद्धामा श्रेष्ठलाई २०६६।०३।१७ गते सम्मानित जिल्ला अदालत गाईघाट उदयपुरबाट ५ बर्ष कैद सजाय हुने फैसला भएको थियो । सजायको फैसाला सुनाएको भएपनि उनि भने हाल सम्म फरार अवस्थामा रहेका थिए । प्रहरीका अनुसार श्रेष्ठ काठमाण्डौमा लुकि छिपि बस्दै आएको खुलेको छ । उनलाई गोप्य सुचनाको आधारमा प्रहरी बृत गौशाला काठमाण्डौसँग आवश्यक समन्वय गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गर्न सफल भएको हो । श्रेष्ठलाई गत बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याईको र फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत उदयपुर पठाई...
चोरीको मोटरसाईकल सहित २ युवक पक्राउ

चोरीको मोटरसाईकल सहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २ । सुनसरीको दुहबी नगरपालिका–१ र २ स्थितबाट दुई वटा चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका–३ मोरङका २७ बर्षीय अमन सरदार रहेका छन । हिजो राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रदेश १–०२–०४८ प २९६१ नम्बर र प्रदेश १–०२–०५० प ३९७९ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।...
ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउण्ट पुन : सञ्चालन

ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउण्ट पुन : सञ्चालन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २ । ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको @pm_nepal ट्विटर एकाउण्ट पुन : सञ्चालनमा आएको छ । हिजो बेलुका देखी ट्विटर ह्याण्डलमा अनाधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विट गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार ट्विटर ह्याण्डलमा टू एफए लगायतका सुरक्षा सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत भएको घटनाबारे छानबिन र यसबारे सत्यतथ्य चाडैं सार्वजनिक गरिने छ ।...
भारतिय सेनाको चिता हेलिकप्टर दुर्घटना

भारतिय सेनाको चिता हेलिकप्टर दुर्घटना

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २ । भारतको अरुणाञ्चल प्रदेशमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार चिता हेलिकप्टर दुर्घटनामा परेको छ । बिहिबार अरूणाञ्चल प्रदेशको बमदिला नजिक हेलिकप्टर दुर्घटना भएको इन्डियन एक्सप्रेसले जनाएको छ । आज बिहान सवा ९ बजे हेलिकप्टरले एटिसीसँग सम्पर्क तुटेको थियो । हेलिकप्टर पश्चिमी बमदिला मन्डला क्षेत्रमा दुर्घटना भएको र खोजी कार्यको काम थालिएको भारतिय सेनाले जनाएको छ । सेनासँग भएको सबैभन्दा पुरानोमध्ये एक हेलिकप्टर दुर्घटनामा परेको हो ।...
जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील व्यवहार, कृषी विश्वविद्यालयका डिन निलम्बित

जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील व्यवहार, कृषी विश्वविद्यालयका डिन निलम्बित

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषी संकायका डिन प्रा.जयप्रकाश दत्त निलम्बनमा परेका छन् । उनले जुम बैडकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका थिए । उक्त भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ । सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति गठन भएको विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले बताए । रेम्मीका अनुसार छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्तलाई निलम्बन गरिएको हो । सो जुम बैठकमा कृषि संकायका ६३ जनाभन्दा बढीले सहभागीता जनाएका थिए । उनले अडियो म्युटमा राखेका थिए भने भिडियो अनमा नै रहेको थियो । उनले पहिलो ४ बर्षे कार्यकाल पुरा गरी दास्रो कार्यकालको लागी २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए ।...
महिला भलिवल रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन लिम्चुङको महिला टोली भोजपुर प्रस्थान

महिला भलिवल रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन लिम्चुङको महिला टोली भोजपुर प्रस्थान

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २ । अन्तर गाउँपालिका तथा नगरपालिका महिला भलिवल रनिङ शिल्ड प्रतियोगिताका लागि उदयपुरको लिम्चुङबुङबाट महिला खेलाडीहरु भोजपुर तर्फ प्रस्थान गरेका छन् । चैत्र २ गते बाट सुरु भोजपुरको हतुवागढी गाउँपालिका स्थित सगरमाथा मा.वि मा संञ्चालित महिला तथा पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउन उदयपुरबाट लिम्चुङबुङको महिला टोली भोजपुर प्रस्थान गरेको कोच अमिन राईले जनाए । राईका अनुसार यहाँबाट महिला टोली मात्र सहभागी हुने छन् । हतुवागढी खेलकुद विकास समिति घोडेटारको आयोजना तथा हतुवागढी गाउँपालिकाको कार्यालय घोडेटारको प्रायोजकमा प्रतियोगिता संञ्चालन गरिएको छ । प्रतियोगितामा पूरुष तर्फको विजेताले १५५,५५५ रुपैँया नगद पुरस्कार र उपविजेताले १०५,५५५ रुपैँया नगद पुरस्कार पाउने छन् भने महिला तर्फको विजेताले ८०,५५५ रुपैँया नगद पुरस्कार र उपविजेताले ५०,५५५ रुपैँया नगद पुरस्कार पाउन...