Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन सुरु

आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन सुरु

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत २ । आजबाट ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजनको प्रसारण हुने भएको छ । हाँस्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । तेस्रो सिजनको शोको पहिलो अतिथि अभिनेता प्रदिप खड्का रहेका छन् भने शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् । त्यस्तै निर्देशकमा दिनेश डिसी रहेका छन् । शो छायांकनको एक तस्विर जितु नेपालले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । केहीदिनअघि आज प्रसारण हुने एपिसोडको ट्रेलर सार्वजनिक गरिएको थियो । त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा छन् ।...
लागुऔषध र नक्कली नोट सहित दाजुभाई पक्राउ

लागुऔषध र नक्कली नोट सहित दाजुभाई पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २ । झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित प्रहरीले दाजुभाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीया रहेका छन् । हिजो बेलुका बिशेष सुचनाको आधारमा बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले सुवास ताजपुरियाको घर कोठा खानतलासी गर्दा ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपान २८ ट्यावलेट, नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशहरुको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे.५ प.९७९७ नम्वरको मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दाजुभाईको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
रियल म्याड्रिड च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

रियल म्याड्रिड च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २ । स्पेनिस क्लब रियल म्याड्रिड युईफए च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दास्रो लेगमा भएको खेलमा रियलले लिभरपुललाई १–० गोलले हराउँदै क्वाटरफाईल प्रवेश गरेको हो । रियलको घरेलु मैदानमा भएको खेलको ७८ औं मिनेटमा बेन्जामाले गरेको गोल नै रियलको लागी निर्णायक गोल बन्यो । पहिलो लेगमा ५–२ को जित निकालेको रियलले समग्रमा ६–२ को जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । बेन्जामाको गोलमा भिनिसियस जुनियरले असिस्ट दिएका थिए । तर खेलको ८२ औं मिनेटमा लिभरपुलका स्टार डिफेन्डर भर्जिल भ्यान डाइकसँग ठोक्किएर बेन्जामाको खुट्टामा समस्या देखिएको थियो । उनको खुट्टामा समस्या देखिएको थाहा पाएपछि उनलाई मैदानबाट फिर्ता बोलाइएको थियो । प्रशिक्षक कार्लो एन्सेलोटीले बेन्जामाको स्थानमा ब्राजिलियन युवा स्टार रोड्रीगोलाई मैदान प्रवेश गराएका थिए । उन...
नेपाली युवकमाथि एसएसबीका जवानद्धारा कुटपिट, सम्सी नाकामा स्थानियको प्रदर्शन

नेपाली युवकमाथि एसएसबीका जवानद्धारा कुटपिट, सम्सी नाकामा स्थानियको प्रदर्शन

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २ । महोत्तरीको सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का एक जवानले नेपाली युवकमाथि कुटपिट गरेको छ । सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहमाथि बुधबार अपराह्न साढे ५ बजेतिर (एसएसबी) का जवाले कुटपिट गरेका थिए । शाहमाथि दुर्व्यवहार र कुटपिट भएपछि सम्सी नाकामा साँझ स्थानियहरुले विरोध प्रदर्शन गरेका हुन् । नेपाली सीमा क्षेत्रबाट भारत प्रवेश गर्न खोज्दा एसएसबीले नेपाली नागरिकताको प्रमाणपत्र खोजेको विषयमा विवादहुँदा साहमाथि कुटपिट भएको स्थानियको भनाई छ । नेपाल तर्फको बाटो खराब भएकाले दशगजा क्षेत्रका नेपालीहरु भारतीय सडक हुँदै आउ–जाउ गर्दा सीमा क्षेत्रमा एसएसबीले पटक–पटक दुःख दिने गरेको गुनासो स्थानीयको छ । सशस्त्र प्रहरी गण सम्सीका इन्सपेक्टर जयराम बस्नेतले नेपाली युवकमाथि कुटपिट भएको विषयमा दुवै पक्ष बसेर छलफल गर्ने भनेपछि स्थानियले प्रदर्शन रोकेको र आज दुवै पक्षबिच छल...
रौतामाईका अग्नी पीडित परिवारलाई १८ हजार पाँच सय आर्थिक सहयोग

रौतामाईका अग्नी पीडित परिवारलाई १८ हजार पाँच सय आर्थिक सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २ । जिल्लका रौतामाई गाउँपालिका–८, पाखाटोलका अग्नी पीडित परिवारलाई जिल्ला उद्योग वाणिज्य संंघ उदयपुरले आर्थिक सहयोग गरेको छ । पाखाटोलका स्थानीय निवासी रामबहादुर बुर्जा मगरको घरमा आगलागीबाट पूर्ण क्षति पुगेकोमा संघले पीडामा मल्हम लगाउने हेतुले १८ हजार पाँच सय रुपैयाँको चेक प्रदान गरेको हो । गत शुक्रबार एक्कासी मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षतीसँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागी हुँदा मगरको ६ वर्षिय छोरी जस्मिन मगर र २ वर्षिय छोरा रोजन मगर पनि जलेर मृत्यु भएको थियो । जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष इश्वरमान राई, जिल्ला कमिटी सदस्य प्रदिप देउजा, सौगात केसी, देव गिरी, विरेन्द्र खड्का र रौतामाई संयोजक कुमारी ज्यू ठकुरी सहितले पीडित परिवारको घरमै पुगेर राहत स्वरुप चेक हस्तान्तरण गरेको थियो । आगलागीबाट मगरको करिब १० लाख बराबर...
तेश्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता भोलि देखि

तेश्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता भोलि देखि

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५, देउरीमा अवस्थित बालुवाटार खेल मैदानमा भोली (बिहिवार) देखि तेश्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगित हुने भएको छ । श्रीपुर फुटबल क्लवको आयोजनामा हुने लागेको प्रतियोगिता लगातार ९ गते सम्म संञ्चल हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं. ५को संयोजनमा साथै त्रियुगा नगरपालिकाको विशेष सहयोगमा प्रतियोगिता संञ्चालन हुने भएको हो । प्रतियोगितालाई सरस्वती सामुदायिक बन र बिज बजारले सह प्रायोजन गरेका छन । सहयोगी संस्थामा स्वर्णिम युवा क्लब र अन्नपूर्ण सेकेन्डरी स्कुल रहेका छन । फुटबल प्रतियोगितामा जम्मा ८ टिमले सहभागिता जनाएको छ । उद्घाटन खेल श्रीपुर फुटबल क्लब श्रीपुर र मोति राजा युवा क्लब मोतिगडा बिच दिनको ३ः०० बजे देखि सुरुहुने भएको छ । नकआउट फुटबल प्रतियोगिता चैत्र २ गते देखि ९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।...
उपराष्ट्रिपति निर्वाचनमा पनि राप्रपा तथस्ट बस्ने

उपराष्ट्रिपति निर्वाचनमा पनि राप्रपा तथस्ट बस्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ ।उपराष्ट्रिपति निर्वाचनमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी तथस्ट बस्ने भएको छ । आज राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहिमा बसेको केन्द्रिय सम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा मत नदिई तथस्ट बस्ने निर्णय गरेको हो । राप्रपाको बैठकले निकालेको विज्ञप्तीमा किसानले रसायनिक मलमा पाउँदै आएको अनुदान र मुल्य वृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानविय र अनुचित रहेको उल्लेख छ । राप्रपाले यो निर्णय तत्काल फिर्ता लिन र सुलभ ढंगले समयमै मल आपुर्तीको व्यवस्थापन मिलाउन र मल आपुर्तीको समस्या दिर्घकालिन समाप्त गर्न देशभित्रै मल कारखाना स्थापनाको प्रकिया प्रारम्भ गर्न समेत सरकारको ध्यानआकर्षण गरेको छ । रासायनिक मल सम्बन्धमा पार्टीको ७७ ओटै जिल्ला समितिले एक हप्ता भित्र जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय लिएको छ । हाल बैंकहरुबाट ...
माओवादी केन्द्र भोजपुरले बाँदर आतंक नियन्त्रणको लागि सरकारलाई ध्यानाकर्षण

माओवादी केन्द्र भोजपुरले बाँदर आतंक नियन्त्रणको लागि सरकारलाई ध्यानाकर्षण

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १ । नेकपा माओवादी केन्द्र भोजपुरले जिल्लाको सवै स्थानीय तहका वडा, पालिका र प्रशासन कार्यलय मार्फत बादर आतंक नियन्त्रणको लागि पहल गर्न ज्ञापनपत्र बुझाएको छ । जिल्लाका किसानहरु बादर आतंकबाट पीडित हुदाँ समेत सरकारले पहलकदमी गर्न नसकेको भन्दै पार्टीले यसको समुचित पहल गर्न दवाव स्वरुप ध्यानाकर्षण गराएको जनाएको छ । “बाँदर आतंकको कारण उर्वर जमिन बाँझो छोड्नुपर्ने बाध्यतासँगै गाउँबाट किसानहरु पलायन हुने संख्या दिनानुदिन बढिरहेको छ ।” ज्ञापनपत्रमा भनिएको छ,“ राज्यले गम्भीरतापूर्वक विकराल समस्या समाधान गर्ने उपायको खोजी गरि किसानलाई प्रोत्साहन नगर्ने हो भने कुनैपनि गाउँ मानववस्ती विहीन हुने कुरा निश्चित छ । यसैले आम किसानहरुको समस्यालाई मध्यनजर गरि तत्काल बाँदर नियन्त्रण गर्न यस कार्यलय मात्रर्फत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।” पटक पटक किसानहरुका समस्या सम्वन्धित निकायमा ...
स्ववियु निर्वाचन : नारद आदर्श शिक्षा क्याम्पस बसाहामा (अखिल क्रान्तिकारी) को उम्मेदवार र प्रतिवद्धता

स्ववियु निर्वाचन : नारद आदर्श शिक्षा क्याम्पस बसाहामा (अखिल क्रान्तिकारी) को उम्मेदवार र प्रतिवद्धता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १ । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि नारद आदर्श शिक्षा क्याम्पस बसाहामा अखिल क्रान्तिकारीका उम्मेदवारहरुले शिक्षा र विद्यार्थी सँग सम्बन्धित प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेको छ । यहाँ अखिल क्रान्तिकारीबाट अध्यक्षका लागि ज्ञानदिल राई, सचिव दिपक परियार र कोषाध्यक्षमा प्रतिक्षा मगर रहेकी छिन् । यता खुल्ला सदस्यहरुमा सरिता बिष्ट, ललिता राना मगर, देउकला राई रहेकी छिन् यस्तैगरी समानुपातिक सदस्यहरुमा सिव कुमार राई, संजोग राई, युकेश बिष्ट, संजिता भुजेल र यमुना राई रहेकी छिन् । उनिहरुले आफ्नो प्रतिवद्धता सहित उम्मेदवारी दिएका छन् । कस्तो छ प्रतिवद्धता ? पाठ्य पुस्तक सहितको पुस्तकालय व्यवस्था । प्रविधियुक्त शिक्षणका लागि डिजिटल क्लासको व्यवस्था । बेलका तथा अन्य जिल्लाका विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै छात्रावासलाई व्यवस्थित गर्ने । जिल्ला वाहिरका तथा दलि...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १ । झापाको मेचिनगर नगरपालिका–४ राई सिङ टोल स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्ट बहादुर कडरीया रहेका छन् । आज बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक बिधुतिय करेन्ट लागि घाईते भएका थिए । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...