Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १ ।झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–७ का २३ बर्षीय रविन कटुवाल, उनको श्रीमती २१ बर्षीया अनिता बि.क, धरान–८ का ३० बर्षीय जंगमनी मगर र धरान–७ का २७ बर्षीय बिक्रम राई रहेका छन् । हिजो बेलुका झापाको दमक नगरपालिका–१ स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कटुवाल र उनको श्रीमतीलाई ६ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । सोही दिन मोरङको बिराटनगर महानगरपालिका–१५ ढाट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको को. २७ प ८८९५ नम्बरको मोटरसाईकलको ट्याङकी मुनि लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ८ ग्राम ७८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै मगर र राईलाई लागुऔषध नियन्त्रण ब्युर...
मोटरसाईकलबाट लडी एक महिलाको मृत्यु

मोटरसाईकलबाट लडी एक महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १ । सुनसरीको बर्जु गाउँपालिका–२ स्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–३ की ३६ बर्षीया चन्द्रकलादेबी रहेकी छिन् । आज राती साढे १ बजे को. ७ प ५६५ नम्बरको मोटरसाईकलको पछाडि सवार रहेकि चन्द्रकलादेबी मोटरसाईकलबाट आफै लडी घाईते भएकी थिईन् । घाईते भएकी उनलाई मोटरसाईकल चालक उनको श्रीमान ४१ बर्षीय सैलेन्द्र रायले उपचारको लागि कोशी अस्पताल बिराटनगर लगेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न चालक रायलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।...
चैत ६ मा विश्वासको मत लिदैँ प्रधानमन्त्री दाहाल

चैत ६ मा विश्वासको मत लिदैँ प्रधानमन्त्री दाहाल

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ । प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार शिर्ष नेताहरुसँगको छलफल पश्चात प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लाग्नु भएको हो । उनले भने प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नु भएको थियो । यद्यपि औचारिक निर्णय भईसकेको छैन । सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा सहमति जनाएको ती सदस्यले बताए । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि पुन स् मन्त्रिपरिषद् गठन गरिने जनाएको छ ।...
जाहाज बादलभित्र छिराउने समिट एयरका पाईलट र को–पाईलट निलम्बित

जाहाज बादलभित्र छिराउने समिट एयरका पाईलट र को–पाईलट निलम्बित

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १ । जाहाज बादलभित्र छिराउने समिट एयरका पाईलट र को पाईलट निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम रुटमा उडान गरेका दुई पाइलटलाई कारबाही गरेको छ। अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध लगाएको र छानबिन अघि बढाइएको प्राधिकरण स्रोतले जनाएको छ । भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ। अगाडिको दृश्य देखिँदैन । त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ। प्राधिकरणका अनुसार गत जेठ १५ गते पोखरामा तारा एयरको जहाज दुर्घटना भएको समयभन्दा केही सेकेन्ड अगाडि यही रुटमा उडान गरेको समिट एयरका पाइलट र को–पाइलट कारबाहीमा परेको हो । तारा र समिट एयरले पोखरा–जोमसोम रुटमा उडान गर्दै आएका छन् । पोखरा–जोमसोम रुटमा तारा र समिट एयरले मात्रै उडान गर्दै आइरहेका छन्।...
राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत १ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ । (एन्फा) का महासचिव किरण राईले कटुवाललाई नियुक्ति पत्र हस्ताण्तरण गरेका हुन् । यस अघि मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो अनेसे नियुक्त भईसकेका छन् । भारतको इन्डियन सुपर लिग र आइलिग क्लबको प्रशिक्षक रहेका अल्बर्टोले सोमबार युवा खेलाडीलाई समेटेर टिम निर्माण गर्ने बताएका थिए । यस्तै एन्फाले राष्ट्रिय टिमको गोलकिपिङ प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ।...
गाईघाट मोतिगडाको एक लघुवित्त कार्यालयमा तालाबन्दी

गाईघाट मोतिगडाको एक लघुवित्त कार्यालयमा तालाबन्दी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १ । गाईघाट मोतिगडामा रहेको एक लघुवित्तिय संस्थामा ताला लागेको छ । आईतबार त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको नयाँ शारथी लघुवित्तिय संस्थामा ताला लागेको हो । अहिले लघुवित्त संस्थाहरुले देशव्यापी रुपमा गरिब जनताहरुलाई उठिबास लगाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) समुहले ताला लगाएको खुलेको छ । लघुवित्तिय संस्थाहरु प्रति अहिले देशव्यापी रुपमा विरोध र प्रदर्शन हुँदै आएको छ । लघुवित्तिय संस्थाहरु खारेज गर, जनताको लागानी फिर्ता गर, पिडितहरुको ऋण मिनाहा गर भन्ने कालो व्यानर सहित कार्यालयमा ताला लगाईएको छ । उक्त कार्यालयको मुख्य कार्यालय सप्तरी र मोतिगडामा शाखाको रुपमा संञ्चालन रहेको बुझिएको छ ।...
प्रधानमन्त्री (प्रचण्ड) र प्रदेशप्रमुखहरु बिच भेटवार्ता

प्रधानमन्त्री (प्रचण्ड) र प्रदेशप्रमुखहरु बिच भेटवार्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रदेश प्रमुखहरुबिच भेटवार्ता भएको छ । काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ ।...
काग्रेसको निर्णय : उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई भोट दिने

काग्रेसको निर्णय : उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई भोट दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ । उपराष्ट्रपति निर्वाचनमा नेपाली काग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट दिने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझ उम्मेदवार बनेका यादवलाई मत दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले पार्टीबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ।...
म्यान्चेस्टर सिटि च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

म्यान्चेस्टर सिटि च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत १ । यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यान्चेस्टर सिटिले जर्मन क्लब आरबी लाइपजिगमाथि फराकिलो जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । सिटिको घरेलु मैदान इतिहादमा गएराति भएको दोस्रो लेगमा लाईपजिगलाई ७–० गोलले पराजित गरेको हो भने समग्रमा सिटिले ८–१ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । सिटिको जितमा एर्लिङ हालान्डले किर्तिमानी पाँच गोल गरे भने गुन्डोगान र ब्रुएनाले एक÷एक गोल गरे । यसअघि भएको पहिलो लेगको खेलमा १–१ गोल बराबरीमा सकिएको थियो । हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका मेसी र ब्राजिलका लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गरेका थिए । हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र सिटीबाट एकै सिजन ३९ गोल गर्ने खेलाडीसमेत बनेका छन् ।...
नेपाल कम्युनिस्ट र समाजवादी पार्टीबिच एकता

नेपाल कम्युनिस्ट र समाजवादी पार्टीबिच एकता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले एकता गर्ने भएका छन् । नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टी बिच एकता हुने जानएका छन् । बुधबार दिउँसो २ बजे प्रज्ञा भवनमा पत्रकार सम्मेलन गरिने विज्ञप्तीमा उल्लेख छ ।...