अन्तर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको उपाधि बर्गाछि फुटवल क्लवलाई
पूर्णपुष्टि,चैत्र १ । उदयपुरको त्रियुगा नगरपालिका वडा १४ साउनेमा सम्पन्न अन्तर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको प्रथम उपाधि बर्गाछि फुटवल क्लवले उचालेको छ । बङ्गलबार सम्पन्न फाईनल खेलमा आयोजक टिम साउने फुटबल क्लवलाई ट्राईवेकरमा हराउँदै बर्गाछि फुटवल क्लवले प्रथम उपाधि आफ्नो पाल्टामा पार्न सफल भएको हो ।
प्रतियोगिताको निर्धारित समय सम्म दुवै टिमको तर्फबाट १–१ गोल भए पछि फाइनल खेल ट्राइवेकरमा परिणत भएको थियो । ट्राइवेकरमा बर्गाछि फुटबल क्लवका तर्फबाट टिम कप्तान पवन मगर,दिवस,रोमन,आशिष,दोमन राईले विपक्षी गोलपोसमा बल चुमाउने सफल भएको थियो । यता उमेश राईको गोल असफल रह्यो ।
त्यस्तै साउने फुटबल क्लवको तर्फबाट ट्राईवेकरमा बिबेक,पुकार,ध्रव र आसिम मगरले सहजै गोल गर्न सफल भएका थिए । यता सनम र सन्यमगरको फित्तलो प्रहारलाई बगार्छि फुटबल क्लवका गोर रक्षक दोमन राईले सहजै रोकिदिएको थियो । साउने फुट...









