Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

वीर अस्पातालका ५ जना नर्स निलम्बित

वीर अस्पातालका ५ जना नर्स निलम्बित

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ३० । वीर अस्पतालका ५ जना स्टाफ नर्स सेवाबाट निलम्बनमा परेका छन् । अस्पताललाई जानकारी नगराई बिदामा बसेको र सुचना प्रकाशन गर्दा पनि सम्पर्कमा नआएका कारण उनिहरु निलम्बन गरेको अस्पतालले जनाएको छ । निलम्बनहुनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् । पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको अस्पतालले जनाएको छ । तर सुचना जारी गर्दा पनि हाजिर हुन नआएपछि उनिहरु निलम्बनमा परेका हुन् । अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।...
उदयपुरमा कांग्रेसले कार्यकर्ता प्रशिक्षण संञ्चालन गर्ने

उदयपुरमा कांग्रेसले कार्यकर्ता प्रशिक्षण संञ्चालन गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि फागुन ३० । नेपाली काँग्रेस उदयपुरले आगामी चैत्र १८ गतेबाट कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली काँग्रेस उदयपुरको पदाधिकारी तथा प्रदेश र पालिका सभापतिको गाईघाटमा सम्पन्न बैठकले चैत्र १८ देखि १९ गतेसम्म उदयपुरगढीमा २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीको आन्तरिक जीवन, संगठन शसक्तिकरण, देश विकासमा काँग्रेसको भूमिका र राजनीतिक विचार तथा सैद्धान्तीक विषय बारे जानकारी दिन प्रशिक्षण कार्यक्रम गर्न लागेको जिल्ला सदस्य नविन राईले जानकारी दिएका छन् । पार्टी सभापति हिमाल कार्कीको अध्यक्षतामा बसेको बैठकले विज्ञ टोली बनाएर विकास र राजनीति दुबै क्षेत्रको प्रशिक्षण दिने योजना अघि सारेको सदस्य राईले बताएका छन् । जिल्लाको सबै तहका संगठनलाई बलियो बनाउन बैठकले रणनीति सहीत गतिविधी अघि बढाउने निर्णय गरेको छ । बैठकले १४ औँ महाधिवेशनबाट निर...
आजको मौसाम : चट्याङ सहित हल्का बर्षाको सम्भावना

आजको मौसाम : चट्याङ सहित हल्का बर्षाको सम्भावना

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ३० । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू(भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू(भागहरूमा आंशिक बदली रहने जनाएको छ। आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक(दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।...
सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ

सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ३० । सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी ९बहुमुखी० बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको, उर्लाबारी नगरपालिका(६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका(१४ घर भई विराटनगर महानगरपालिका(३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका(२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर(२ मा रहेको र यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबा...
उदयपुरको १२ औँ राष्ट्रपति रनिङ शिल्डमा त्रियुगा नगरपालिका पहिलो

उदयपुरको १२ औँ राष्ट्रपति रनिङ शिल्डमा त्रियुगा नगरपालिका पहिलो

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २९ । गाईघाटमा आईतबार सम्पन्न १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिभिन्न बिद्याको सबै भन्दा बढी पदक हात पार्दै त्रियुगा नगरपालिका पहिलो बनेको छ । २६ गते देखी सुरु भएको प्रतियोगितामा त्रियुगा नगरपालिकाले सबै भन्दा बढी ५६ ओटा पदक हात पारेका थिए । जिल्ला खेलकुद विकास समिति उदयपुरका अनुसार त्रियुगाले २९ ओटा गोल्ड, ११ ओटा सिल्भर र १६ ओटा ब्राउन प्राप्त गरेर पहिलो स्थान हाँसिल गरेको छ । जसमा गोल्ड पाउनेमा १८ छात्र र ११ छात्रा रहेकी छिन् । यस्तै १९ ओटा गोल्ड, १८ ओटा सिल्भर र ९ ओटा ब्राउन प्राप्त गर्दै कटारी नगरपालिका प्रतियोगिताको दोस्रो बन्न सफल भएको छ । यहाँ गोल्ड पाउने छात्र ६ र छात्रा १३ रहेको छ । यता चौदण्डीगढी प्रतियोगिताको तेस्रो बनेको छ । यस नगरपालिकाले सिल्भर २ र ब्राउन ९ ओटा मात्रै प्राप्त गरे । गोल्ड भने प्राप्त गर्न सकेन । अन्य पालिका सन्दर्भमा उदयपुरगढी...
पोखरीमा माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

पोखरीमा माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २९ । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडी स्थितमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । हिजो दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने क्रममा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानिय मानिसहरु र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालासको क्रममा लिम्बुलाई मृत अवस्थामा फेला पारेका थिए । मृत अवस्थामा फेला परेका लिम्बुको कानुनि प्रकृया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात शव आफन्तलाई जिम्मा बुझाएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
भारी मात्रामा प्रतिबन्धित औषधीसहित २ युवक पक्राउ

भारी मात्रामा प्रतिबन्धित औषधीसहित २ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २९ । सुनसरीको धरान उप–महानगरपालिका–१६ नौलोबस्ती स्थितबाट प्रतिबन्धित ओषधिसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाह रहेका छन् । शंकास्पद अवास्थामा रहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले घरको पछाडी लुकाईछिपाई राखेको प्रतिबन्धित औषधी tramol50- १२ हजार २०० क्याप्सुल र spaspin- ५३० ट्याबलेट फेला पारी उनिहरुलाई नियन्त्रणमा लिएको हो । उनिहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...
सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ, अन्य ५ फरार

सहकारी संस्थाले रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ, अन्य ५ फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २९ ।सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रिय प्रबन्धक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका–१४ घर भई विराटनगर महानगरपालिका–३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर महानगरपालिका–२ का संस्थाका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास रहेका छन् । नेपाल भरी कार्यक्षेत्र रहने गरी २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय बिराटनगर–२ मा रहेको छ । यही फागुन १ गते देखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म...
प्रधानन्यायधीश हरि कृष्ण कार्कीले खुवाए राष्ट्रपति पौडेललाई गोपनियाताको सपथ

प्रधानन्यायधीश हरि कृष्ण कार्कीले खुवाए राष्ट्रपति पौडेललाई गोपनियाताको सपथ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २९ । नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई कामु प्रधानन्यायधीश हरि कृष्ण कार्कीले सोमवार सपथ खुवाएका छन् । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेललाई सपथ खवाईएको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा ९एमाले०का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका थिए । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्थाअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।...
उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिईन् प्रमिला यादवले

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिईन् प्रमिला यादवले

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २९ । जनाता समाजवादी पार्टीकी प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारी फिता लिएकी छन् । उनले उम्मेदवारी फिर्ता लिएर आफ्नै पार्टीका रामसहाय यादवलाई समर्थन गर्ने भएकी छन् । राष्ट्रपतिमा पुरुष निर्वाचित भएको कारण उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै रामसहाय विरुद्ध एमालेकी लक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले शनिबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिएन् । आईतबार निर्वाचन आयोगले रामसहायको उम्मेदवारी कायम गर्ने निर्णय गरेको थियो भने त्यसको भोली पल्ट प्रमिला यादवले वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् । ‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यहरुलाई अपील गर्दछु ’ उन...