Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

१४ नं वडा साउनेमा आज बाट वडा स्तरीय भलिवल तथा फुटवल छनोट प्रक्रिया सुरु

१४ नं वडा साउनेमा आज बाट वडा स्तरीय भलिवल तथा फुटवल छनोट प्रक्रिया सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २९ । त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा आज सोमवारबाट अन्तर वडा स्तरीय पुरुष फुटवल तथा भलिवल प्रतियोगिता सुरु भएको छ । वडा युवा खेलकुद विकास समितिको अयोजना तथा त्रियुगा नगरपालिका १४ नं वडाको समन्वयमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता चैत्र १ गते सम्म संञ्चालन हुने अयोजकले जनाएको छ । यो प्रतियोगिता बिषेश गरी छनोटका लागि गराईएको पनि आयोजकको भनाई छ । मेयर कपमा सहभागी जनाउनका लागि छनोट प्रक्रिया अन्तरगत प्रतियोगिता गराईएको हो । प्रतियोगितामा धमाधम टिमहरुले भाग जनाउने क्रम जारी रहेको छ । प्रतियोगिताका प्रथमलाई ५ हजार दोस्रोलाई ४ हजार र तेस्रोलाई ३ हजार पुरस्कार सहित ट्रफि र प्रमाण पत्रको व्यवस्था रहेको छ । उक्त प्रतियोगितामा बिजयी भै छनोटमा पर्ने टिम तथा खेलाडीहरुले मेयर कपमा सहभागी जनाउने छ ।...
भारतमा सिजनकै उत्कृष्ट गोलकिपरको अर्वाड किरणलाई

भारतमा सिजनकै उत्कृष्ट गोलकिपरको अर्वाड किरणलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २९ । नेपाली राष्ट्रिय टिमको कप्तान किरणकुमार लिम्बुले भारतमा सिजनकै उत्कृष्ट गोलकिपरको अर्वाड पाएका छन् । भारतको पञ्जाब एफसीलाई आइ–लिग जिताएका लिम्बुले उत्कुष्ट गोलकिपरको अर्वाड हात पारेका हुन् । एक साताअघि नै च्याम्पियन बनेको पञ्जाबले आइतवार पञ्चकुलास्थित ताउ देवी लाल रंगशालामा ट्राउ एफसीलाई २–० ले हराउँदै आई–लिग सिजनको अन्त्य गरेको थियो । पञ्जाब २२ खेलबाट १६ जित, ४ बराबरी र २ हारसहित ५२ अंक जोडेर उपाधि बिजेता बनेको हो । पञ्जाब सन् २०१२–१३ मा चर्चिल ब्रदर्सपछि ५० अंकको अंक पार गर्ने पहिलो च्याम्पियन टोली बनेको छ। सो खेलसँगै भएको पुरस्कार वितरण कार्यक्रममा उनले २ लाख ५० हजार भारतीय रूपैयाँ र ट्रफी हात पारे । गत सिजन पनि किरणले पञ्जाबबाटै खेल्दै सिजनकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए । पञ्जाबले उपाधि सहित १ करोड भारतिय रुपैयाँ पाएको छ भने इन्डियन सुपर लिगमा ...
नव निर्वाचित राष्ट्रपति पौडेल काग्रेसबाट अलग

नव निर्वाचित राष्ट्रपति पौडेल काग्रेसबाट अलग

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २९ । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नेपाली काग्रेसबाट अलग भएका छन् । आइतबार नेपाली काग्रेसका विरिष्ठ नेता पौडेलले सपथ ग्रहण गर्नु अघि नै कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै पार्टीको पद, जिम्म्वारी र साधारण सदस्यसमेतबाट अलग भएको जानकारी गराएका थिए । आज सोमबार पौडेलले शितलनिवासमा कामु प्रधानन्यायधिश कार्कीबाट शपथ ग्रहण गर्ने छन् । पौडेल कांग्रेसमा वरिष्ठ नेता, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, केन्द्रीय संसदीय बोर्ड सदस्य तथा गत मंसिरमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद थिए। यहि फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका पौडेल नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार आईतबार पौडेलको राजिनामा सभापति शेरबहादुर देउवाले नेपाली...
उपराष्ट्रपति निर्वाचन : रामसहायसहित चार जनाको उम्मेदवारी कायम

उपराष्ट्रपति निर्वाचन : रामसहायसहित चार जनाको उम्मेदवारी कायम

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २९ । उपराष्ट्रपति निर्वाचनका लागी उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यदवसहित चारै उम्मेदवारको उम्मेदवारी कायम रहने भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भएका कारण उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै शनिबार नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले यादव विरुद्ध उजुरी दिएकी थिईन् । तर निर्वाचन आयोगको बैठकले आईतबार बिहान यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको थियो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले आईतबार अपरान्ह सार्वजनिक गरेको नामावलिमा चारै जनाको नाम समेटिएको छ । राष्ट्रपति पदका लागी उम्मेदवारी दिएको अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झाको नाम समावेश छ । यहि फागुन २५ गते जनता समाजवादी पार्टीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थिय...
आज नव निर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गर्ने

आज नव निर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २९ । आज नवनिर्वाचित राष्ट्रपति एवम् नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ लिने भएका छन् । आज (सोमबार) दिउँसो १ बजे शितलनिवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति पौडेललाई हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनेछन् । प्रधानन्यायाधीश नभएका कारण कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीबाट पौडेलले सपथ ग्रहण गर्ने छन् ।  यहि फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिपर्धी सुवास नेम्वाङलाई पछि पार्दै पौडेल निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए । पौडेलले नेम्वाङको भन्दा दोब्बर मतभारका साथ विजयी हासिल गरेका थिए । संविधान बमोजिम राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाचँ बर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हु...
राष्ट्रिय फुटबलका नवनियुक्त प्रशिक्षक भिनसेन्जोसँग एक बर्षको सम्झौता

राष्ट्रिय फुटबलका नवनियुक्त प्रशिक्षक भिनसेन्जोसँग एक बर्षको सम्झौता

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २९ ।नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसीसँग एन्फाले एक बर्षको सम्झौता गरेको छ । आईतबार ३८ वर्षीय इटालियन नागरिक एनेसीसँग एक बर्षको लागी सम्झौता गरेको एन्फाले जनाएको छ । उनि हाल नेपालमै रहेका छन् । अव्दुल्लाह अल्मुताईरीले राजिनामा दिएपछि उनलाई एन्फाले नियक्त गरेको हो । यस बिचमा बंगलादेश र पाकिस्तानसँग हुने मैत्रीपुर्ण खेलका लागी एन्फाले प्रदीप हुमागाईं र प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो । नेपालका प्रशिक्षकसित प्रो लाईसेन्स नभएका कारण एन्फाले विदेशी प्रशिक्षक भित्राएको हो ।...
गुस्तर शिक्षाका लागि बेतिथि हटाउन मेरो उम्मेदवारी  : कार्की

गुस्तर शिक्षाका लागि बेतिथि हटाउन मेरो उम्मेदवारी : कार्की

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २९ । आसन्न चैत ५ गते हुन गैरहेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा त्रीजब क्याम्पसमा स्ववियु सभापती पदका लागि नेकपा माओवाद केन्द्र निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) को तर्फबाट सरोज कार्कीको नेतृत्वको टिम चुनावमा होमिएको छ। स्ववियु निर्वाचनले झपक्कै छोपेको त्रियुगा जनता बहुमुखी क्याम्पस परिसर वरिपरि भेटिने सरोजलाई आरामले गफिने र बस्ने छुट छैन । यद्यपी एकैछिन फुर्सद मिलाएर गफिन भ्याएका उनी केहि चुनौती भएपनी जित निश्चित भएको सुनाउछन् । त्रियुगा जनता बहुमुखी क्याम्पसमा स्नातकमा अध्यनरत २० वर्षिय सरोज अखिल क्रान्तिकारी त्रियुगा जनता बहुमुखी क्याम्पस कमिटी संयोजक रहेर एक वर्ष देखि कार्यभार सम्हाल्दै आइरहेका छन् । सुरुवातका दिनमा क्याम्पस कमिटीको संयोजकमा उभिँदै गर्दा आफूसँगै सहयात्रा गरेका साथीभाईहरुकै सल्लाहमा बढेको बताउँछन् । उनी नेतृत्वदायी भूमिकामा रहेर सब...
सिन्धुली वस दुर्घटना : मृतक ६ मध्ये तिनको सनाखत, एकजना उदयपुरको

सिन्धुली वस दुर्घटना : मृतक ६ मध्ये तिनको सनाखत, एकजना उदयपुरको

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २८ । ओखलढुँगा बाट काठमाण्डौँ तर्फ हिडेको बस दुर्घटनामा परी उदयपुरकी कुमारी मगरको पनि ज्यान गएको छ । आईतबार सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ६ जनाले ज्यान गमाएका थिए । ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका(३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । बसमा चालकसहित ३६ यात्रु सवार थिए । सोह्र घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको सिलवालले जानक...
द भ्वाईस किड्समा उदयपुरबाट अर्को प्रतिभा

द भ्वाईस किड्समा उदयपुरबाट अर्को प्रतिभा

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागनु २८ । नेपालको टप र्यालीटी सो द भ्वाईस अफ नेपालमा उदयपुरबाट अर्को प्रतिभा प्रवेश गरेकी छिन् । जिल्लाको बिकट ठाउँ रौतामाई गाउँपालिका ३ मझौकी १४ बर्षिया संगिता विश्वकर्मा द भ्वाईस अफ नेपाल सिजन २ ब्लाईड राउण्ड पार गर्दै ब्याटल राउन्डको यात्रा तय गरेकी छिन् । उनले उर्गेन दोङको तिमि आउने भन्ने गित भ्वाईको स्टेजमा प्रस्तुत गरेकी थिईन् । अन्तिम सम्ममा उनले कोचहरुको मन जित्दै तिन ओटा चियर घुमाउन सफल भएकी थिईन् । उनको स्वर मनपराएर प्रमोद, सुसान्त र प्रविशाले चियर टर्न गरेका थिए । उनिले कोच प्रविशालाई छानेकी छिन् ।...
बेल्टारमा बन्दको प्रभाव

बेल्टारमा बन्दको प्रभाव

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २८ । उदयपुरको बेल्टार बजारमा बन्दको प्रभाव देखिएको छ । चौदण्डीगढी नगरपालिका २ बेल्टार बजार स्थित यातायात लगायत अन्य सेवाहरु ठप्प पारे सँगै बन्दको असर परेको हो । किरात राई यायोख्खाले नेतृत्व गरेको वन्दलाई तामाङ, मगर, शेर्पा लगायतक संघहरुले सहयोग गरेका छन् । कोशी प्रदेश खारेजी र किरात प्रदेशको माग सहित हिजो मात्रै राके जुलुस गरेका थिए । आईतबार भने आमहड्तालको घोषणा गरेका थिए ।...