Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

ओखलढुँगाबाट काठमाण्डौँ जाँदै गरेको वस सिन्धुलीमा दुर्घटना : पाँचको मृत्यु

ओखलढुँगाबाट काठमाण्डौँ जाँदै गरेको वस सिन्धुलीमा दुर्घटना : पाँचको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २८ । ओखलढुँगा बाट काडमाण्डौँ तर्फ जाँदै गरेको यात्रुवाहक वस सिन्धुलीमा दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिकामा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।...
गाईघाटमा वन्दको आंशिक प्रभाव

गाईघाटमा वन्दको आंशिक प्रभाव

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २८ । गाईघाटमा आईतवार भएको वन्दले सामान्य प्रभाव पारेको छ । किरात राई यायोख्खाको नेतृत्वमा आयोजित आम हड्तालले पूर्णता लिन नसक्दा सामान्यतया असर पारेको छ । कोशी प्रदेश खारेजीको माग राख्दै हिजो बेलुका राँके जुलुस र पुत्ला दहन गरिएका थिए । यता पूर्वको शहरहरुमा भने वन्दले प्रत्यक्ष प्रभाव पारेको छ । इटहरी, धरान लगायतका शहरहरुमा भने यसको प्रत्यक्ष प्रभाव देखिएको हो ।...
रास्वपा उदयपुर जिल्ला संयोजकको जिम्मेवारी कार्कीलाई

रास्वपा उदयपुर जिल्ला संयोजकको जिम्मेवारी कार्कीलाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २८ । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) उदयपुर जिल्ला संयोजकको जिम्मेवार चित्र कुमार कार्कीले पाएको छ । रास्वपा कोशी प्रदेश खुल्ला सदस्यका समेत रहेको कार्कीले जिल्लामा थप जिम्मेवारी पाएको हो । त्यस्तै प्रकाश अधिकारीले जिल्ला सहसंयोजकको जिम्मेवारी पाएका छन् । उनी पार्टीको मनोनित कोशी प्रदेशसभा सदस्य समेत हुन् । संयोजक कार्की भने पार्टीको आन्तरिक निर्वाचनबाट प्रत्यक्ष चुनिएका प्रदेश सदस्य हुन् । कार्की कोशी प्रदेशसभा सदस्यका लागि आवश्यक ४ पदका लागि सहभागी २६ मध्ये चुनावी प्रक्रियामार्फत आफूलाई सुरक्षित राख्दै जिल्ला नेतृत्वसम्म पुगेका हुन् । स्रोतका अनुसार फागुन– २६ गते जिल्लामा बसेको बैठकले कार्कीलाई संयोजकको भूमिका दिने निर्णय भएको थियो । पछिल्लो समय देशभर चर्चाको शिखर चुम्दै गरेको पार्टीका लागि जिल्ला नेतृत्व पाउँदा आफूलाई थप जिम्मेवार महसुस गरेको उनले प्रतिक्रिय...
संक्रमणकालिन न्यायनिरुपनको चर्चा परिचर्चा बारे ध्यानाकर्षण

संक्रमणकालिन न्यायनिरुपनको चर्चा परिचर्चा बारे ध्यानाकर्षण

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २८ । १० बर्षे जनयुद्धको बिषयमा संक्रमणकालिन न्यायनिरुपनको चर्चा परिचर्चा बारे चार दलले घम्भीर ध्यानाकर्षण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र बैज्ञानिक समाजवादी पार्टीले संयुक्त बिज्ञाप्ती जारी गर्दै यस बिषयमा भैरहेको चर्चा परिचर्चाको घोर भर्तसना गरेको हो । १० बर्षे जनयुद्ध माओवादी र ७ दल सँग भएको १२ बुद्धे सहमति ६२–६३ को जनआन्दोलन पछि भएको बृहत शान्ति सम्झौता जनयुद्ध र जनआन्दोलन सँग सम्बन्धित संक्रमण कालिन न्यायको बिषय सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत टुँग्याउने सहमित भएको सर्वविधितै छ । यद्यपी संक्रमणकालिन न्यायनिरुपनको सन्दर्भमा बिभिन्न किसिमको चर्चा परिचर्चा प्रति हामि सबैको ध्यानाकर्षण भएको छ, बिज्ञाप्तीमा भनिएको छ । शान्ती सम्झौता र परिवतनका विरुद्ध हुने जनसुकै क्रियाकलापको शसक्त प्रतिरोध...
गाईघाटमा कोशी प्रदेशको बिरोध गर्दै मशाल जुलुस तथा पुत्ला दहन

गाईघाटमा कोशी प्रदेशको बिरोध गर्दै मशाल जुलुस तथा पुत्ला दहन

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २७ । गाईघाटमा शनिवार बेलुका मशाल जुलुस प्रदर्शन गरिएको छ ।  साविकको प्रदेश नं १ लाई कोशी प्रदेश नामाकरण गरेको भन्दै पहिचानवादी जातजातिहरुले यसको चर्को विरोध गर्दै आएको छ । उनिहरुले कोशी प्रदेश नामाकरणलाई सच्चाएर किरात प्रदेश पहिचानको नामाकरण गर्नु पर्ने माग राखेको छ । किरात राई यायोख्खा सहित आदिवासी जनजाति, तामाङ संघ, मगर संघ, शेर्पा संघ, राजनितिक दलहरुको संयुक्त आयोजनामा राके जुलुस तथा पुत्ला दहन कार्यक्रम गरिएको हो । जनताको माग विपरिद प्रदेश सरकारले षड्यन्त्र पूर्वक नामाकरण गरेको कोशी प्रदेश नामाकरणको बिरोध गर्दै आज राके जुलुस भोली आम हड्ताल सहित बिभिन्न बिरोध कार्यक्रम राखिएको छ । आम हड्ताल कार्यक्रम कोशी प्रदेश भरीका १४ ओटै जिल्लाहरुमा गरिने जनाईएको छ । यता ५ गते बिराटनगरमा मुख्यमन्त्री कार्यालय घेराउ सँगै विसाल शक्ति प्रदर्शन समेत गरिने जनाइएको छ । जुलुस सँगै कोश...
कोशी प्रदेश खारेजीको माग गर्दै उदयपुरमा भोली आम हड्ताल

कोशी प्रदेश खारेजीको माग गर्दै उदयपुरमा भोली आम हड्ताल

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २७ । उदयपुर सहित पूर्वको १४ जिल्लामा भोली आमहड्ताल हुने भएको छ । कोशी प्रदेश तत्काल खारेज गर्न माग गरी आमहड्ताल गरिने भएको छ । किरात राई यायोख्खा लगायत बिभिन्न जातिय संस्थाको संयुक्त आयोजनामा आम हड्ताल घोषणा भएको छ । जनताको माग विपरिद प्रदेश सरकारले षड्यन्त्र पूर्वक नामाकरण गरेको कोशी प्रदेश प्रति बिरोध गर्दै आम हड्ताल सहित बिभिन्न बिरोध कार्यक्रम राखिएको छ । आम हड्ताल कार्यक्रम कोशी प्रदेश भरीका १४ ओटै जिल्लाहरुमा गरिने जनाईएको छ । बौद्धिक मानिसहरुले बिकास गर्दै आएको पहिचानलाई सरकारले लात हानेर अचल वस्तुहरुको पहिचानलाई बिकास गर्न खोज्नु पहिचानवादी मानिसहरुलाई मास्ने षड्यन्त्र रहेको यायोख्खाले जनाएको छ ।...
एमालेद्धारा जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध उजुरी

एमालेद्धारा जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध उजुरी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २७ । जनता समाजवादी पार्टीबाट राष्ट्रपति उम्मेदवार बनेका रामसहाय प्रसाद यादव विरुद्ध नेकपा एमालेले उजुरी दिएको छ । संविधान र काकुन विपरित उम्मेदवारी दिएको भन्दै एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरू उजुरीपत्र लिएर नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै जसपाका उम्मेदवार यादव विरुद्ध एमालेले उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुन विपरीत रहेको एमालेको दाबी छ । यद्यपि जसपाबाट उम्मेदवार भएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाकै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । उपराष्ट्रपति निर्वाचनको तयारीका सन्दर्भमा आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । चैत ३ गते निर्वाचन हुनेछ ।...
त्रिजव क्याम्वसमा अखिल क्रान्तीकारी बाट को–को उम्मेवदार, नामवली सहित

त्रिजव क्याम्वसमा अखिल क्रान्तीकारी बाट को–को उम्मेवदार, नामवली सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन, यहि चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि त्रियुगा बहुमुखी क्याम्पसमा पनि शनिबार मात्रै मनोनयन दर्ताको काम सकिएको छ । यस क्याम्पसमा जम्मा छ ओटा विद्यार्थी संगठनहरुले मनोनयन दर्ता गराएको छ । त्यस मध्ये अखिल क्रान्तीकारी र विप्लव मिलेर चुनाव लड्ने कन्फर्म भैसकेको छ भने अन्यको एक्लाएक्लाई हो या मिलेर लड्ने कुराको ठेगान लागेको छैन् । अखिल क्रान्तीकारीबाट अध्यक्षमा सरोज कार्की, सचिवमा रन्जना मगर र कोषाध्यक्षमा दोमा राई उम्मेदवार रहेको छ । उनिहरु सहित अखिल क्रान्तीकारीबाट ११ जनाले प्रत्यक्ष उम्मेदवारीको मनोनयन दर्ता गराएको छ । यता समानुपातिक बाट ८ जनाले मनोनयन दर्ता गराएको छ । यस्तै सदस्यहरुमा नवराज बुढाथोकी, इश्वर कुमारी चौधरी, अन्जु कुमारी चौधरी, अश्विन राई, युवाराज दाहाल, उत्सव खतिवडा, शेर बहादुर कटुवार र शान्ती कार्की रहेको छ । यता समानुपाति तर्फ युद्धराज बराईली, नि...
उदयपुर बेल्टारकी एल्जीना राई ‘द भ्वाईस किड्स’ नेपालमा प्रवेश

उदयपुर बेल्टारकी एल्जीना राई ‘द भ्वाईस किड्स’ नेपालमा प्रवेश

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २७ । उदयपुरकी एलजीना राई नेपालको पपुलर रियालीटी (सो द भ्वाईस किड्स अफ नेपाल) सिजन टु मा प्रवेश गरिकी छिन् । उदयपुरको चौदण्डीगढी नगरपालिका २ बेल्टारकी १३ बर्षिया एल्जीना राईले दुईओटा जर्जहरुको मन जित्दै भ्वाई अफ नेपालको यात्रा तय गरेकी हुन् । एल्जीनाले भ्वाईसमा कोच प्रमुद र कोच प्रविशाको मन जित्न सफल भईन् । उनले गाएको केहि सेकेण्डमै दुई ओटा चियर टर्न गराईन् । त्यसपश्चात अन्य दुई जनाले भने बज गरेनन् । उनी भ्वाईस अफ नेपालको लागि कोच प्रमोदको टिममा गएकी छिन् ।...
स्ववीयु निर्वाचनका लागि त्रिजवमा ६ ओटै संगठनले गराए मनोनयन दर्ता

स्ववीयु निर्वाचनका लागि त्रिजवमा ६ ओटै संगठनले गराए मनोनयन दर्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २७ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा स्ववियु निर्वाचनका लागि संगठनहरुले आज शुक्रबार मनोनयन दर्ता गराएको छ । स्ववियुका लागि ६ ओटा संगठनहरु रहेका त्यस क्याम्पसमा आज मनोनयन दर्ताको काम सकिएको हो । ने. वि. संघ, अनेरास्ववियु, अनेरास्ववियु, अखिल क्रान्तीकारी बिप्लव र अखिल क्रान्तीकारी नेकपा बहुमत समुह गरी ६ ओटा संगठन रहेको छ । ५ गते हुने स्ववियु निर्वाचनमा १९ जनाको कार्यसमिती निर्माण हुनेछ ।...