Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा कोशी प्रदेश नामाकरण खारेजीको माग सहित बृहत आन्दोलनको तयारी

उदयपुरमा कोशी प्रदेश नामाकरण खारेजीको माग सहित बृहत आन्दोलनको तयारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २७ । उदयपुरमा पहिचानमुखी जातिय संस्थाहरुले कोशी प्रदेश नामाकरणको खारेजीको माग निरन्तर रुपमा राख्दै आएको छ । प्रदेश सरकारले पहिचान बोकेको प्रदेश नं १ लाई साटाकसुटुक ढंगले कोशी प्रदेश नामाकरण गरेर ईतिहाँसमै उल्लेख गरिएको ठाउँको सभ्यता र पहिचानलाई मेटाउने प्रयास गरेको भन्दै चर्को आन्दोलनको पनि तयारी गरिरहेको छ । किरात राई यायोख्खाको नेतृत्वमा आदिवासी जनजाति, तामाङ घेदुङ संघ, शेर्पा संघ, मगर संघ, राजनितिक दलहरु जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा साथै किरात पत्रकार संघ, किरात कलकार संघ लगायत बिभिन्न संस्थाहरु आन्दोलनमा उत्रिने जनाईएको छ । शनिवार गाईघाट स्थित किरात राई यायोख्खा जिल्ला कार्यसमितिको अयोजनामा भएको छलफलमा २६ गते शुक्रबार कालो झण्डा देखाईएको थियो भने २७ गते शनिवार राँके जुलुस गरिने २८ गते आईतबार आम हड्ताल र चैत्र ५ गते बिराटनगरमा मुख्यमन्त्री कार्यालय घ...
उपराष्ट्रपतिमा जसपाकी प्रमिला यादवको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा जसपाकी प्रमिला यादवको उम्मेदवारी दर्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २७ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीकी प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । यादवले शनिबार दिउँसो संसद भवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी यादवको प्रस्तावकमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन भने समर्थकमा अनिता देवकोटा, सीता गुरूङ, बिरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ रहेका छन् । जसपाकै अर्का सांसद रामसहाय प्रसाद यादवले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । शनिबार बिहान बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले तीन जनालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । जसपाकै दुई जना उम्मेदवार र जनमत पार्टीकी ममता झालाई पनि उम्मेदवार बनाउने निर्णय गरेको थियो ।  ...
उम्मेदवारी दर्ता पछि शाक्यले भनिन– मलाई सबैको सहयोग रहन्छ

उम्मेदवारी दर्ता पछि शाक्यले भनिन– मलाई सबैको सहयोग रहन्छ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २७ । नेकपा एमालेबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताईन् । उम्मेदवार शाक्यले सञ्चारकर्मीसँग भने नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग रहने बताएकी हुन् ।  ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताईन् । उनले आज संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । उनको साथमा एमाले अधयक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगाएतका नेता पनि पुगेका थिए । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।...
उपराष्ट्रपतिमा एमालेकी शाक्यको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा एमालेकी शाक्यको उम्मेदवारी दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २७ । नेकपा एमालेबाट उपराष्ट्रपति पदका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनले आज (शनिबार) दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । शाक्यसँग एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलगायत नेताहरू पुगेका छन् । आज एमाले सचिवायल बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । यसअघि राष्ट्रपतिको निर्वाचनमा काग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भईसकेका छन् ।...
आज उपराष्ट्रपतिको मनोनयन दर्ता र उम्मेदवार विरुद्ध उजुरी दिने

आज उपराष्ट्रपतिको मनोनयन दर्ता र उम्मेदवार विरुद्ध उजुरी दिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २७ । आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुँदैछ । आज (शनिबार) बिहान ९ बजे देखी २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्ता पछि नामावली प्रकाशन गर्ने र उम्मेदवार विरुद्ध उजुरी दिने समय आजै रहेको छ । उजुरी परेकामाथि छानबिन गरी अन्तिम नामावली आईतबार प्रकाशन हुनेछ । राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक उम्मेदवारको मनोनयन दर्ता गराउन निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । उम्मेदवारी दर्ताका लागि पाँच–पाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ । आजै मात्र मनोनयन दर्ताको समय रहेकोले सत्ता साझेदार दल र एमालेले उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । उपराष्ट्...
प्रहरी जवानले रक्सीको नशामा सडकमा हंगामा गरेपछि

प्रहरी जवानले रक्सीको नशामा सडकमा हंगामा गरेपछि

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २७ । सप्तरीको राजविराजमा एक प्रहरी जवानले दिउँसै रक्सीको नशामा सडकमा हंगामा गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले रक्सीको नशामा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि हंगामा गरेका हुन् । रायले हंगामा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । जवान राय रक्सीको नशामा सर्ट फुकालेर अर्धनग्न भएर स्थानियसँग वावविवाद गरिरकेका छन् । हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको छन् । स्थानीयका अनुसार (हिजो) शुक्रबार बेलुका ५ बजेतिर रक्सीको नशामै सडकमा सवारी चेकजाँच गर्न थालेका थिए । त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए । उनले गरेको हर्कत हेर्नलाई त्याहा भिड नै जम्मा भएको थियो । उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम...
वन डिभिजन बाराका अधिकृतमाथि दुव्र्यवहार, कोल्हवी–५ का वडाध्यक्ष पक्राउ

वन डिभिजन बाराका अधिकृतमाथि दुव्र्यवहार, कोल्हवी–५ का वडाध्यक्ष पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २७ । वन डिभिजन बाराका अधिकृतलाई दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष नन्दकिशोर चौधरी रहेका छन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए । घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा नेपाल शिक्षक संघको कार्यालयमा ताला, बिधिविद्यान बाहिर अधिवेशन गरेको आरोप

उदयपुरमा नेपाल शिक्षक संघको कार्यालयमा ताला, बिधिविद्यान बाहिर अधिवेशन गरेको आरोप

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २६ । उदयपुरमा कांग्रेस निकट नेपाल शिक्षक संघको कार्यलयमा ताला लागेको छ । शुक्रबार आयोजित संघको ९ औँ अधिवेशनमा संस्थापन पक्षले अधिवेशनको प्रक्रिया नपुराई डाईरेक्ट निर्वाचनको तयारी गरिएकोमा एक पक्षले बिरोध गर्दै आएको पाईएको छ । विरोध पक्षले संस्थापन पक्षलाई अधिवेशनको प्रक्रियै नपुराई एक्कासी निर्वाचनको प्रक्रिया थालिएको आरोप लगाउँदै ताला लगाएको अध्यक्षको प्रत्यासी समेत रहेका राम वहादुर राउतले जनाए । राउतले अधिवेशनको क्रममा पुरा सदस्य नपुगीनै साधारण सभा गरेको र आर्थिक प्रतिवेदन समेत प्रस्तुत नगरी नै निर्वाचन गर्ने भएपछि आफुहरुले ताला लगाएको जनाए । राउतका अनुसार अधिवेशनको एक पक्षीय साथीहरुले बन्द सत्रमा उपस्थित संख्या बुझ्न खोज्दा अध्यक्षले सचिवलाई सचिवले निर्वाचन र निर्वाचले फेरी पुरानो न्युनकरण समितिलाई देखाउँदै पन्छिएको जनाएको छ । यसरी जिम्मेवारी व्यक्तिहरुनै अधिवेश...
उदयपुरमा आगलागी बाट एक बालक र एक बालिकाको मृत्यु

उदयपुरमा आगलागी बाट एक बालक र एक बालिकाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २६ । आगलागीमा परी उदयपुरमा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका ८ पाखाटोलकी ६ बर्षिया जस्मिन मगर र २ बर्षिय रोजन मगर रहेको छ । शुत्रबार करिब ५ बजेको समयमा राम बहादुर मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षती सँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागीमा मगरको अन्नपात, लत्ता कपडा, भाँडा भर्तन सबै जल्दा करिब १० लाख बराबरको क्षती पुगेको छ । आगो स्थानीय र प्रहरीले ६ बजे नियन्त्रणमा लिन सफल भएका थिए ।इलाका प्रहरी कार्यालय भुट्टार बाट प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरिक्षकको टोली हाल घटना स्थल गएर थप अनुसन्धान गर्ने क्रम जारी रहेको छ । घटना स्थल सदरमुकाम बाट करिब ४५ किलो मिटर र भुट्टार बाट ६ किलो मिटर टाढा रहेको छ ।...
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २६ ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । आज सर्वोच्चमा भएको सुनुवाईमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो । संक्रमणकालिन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय र परिपूरण सम्बन्धी कानूनी उपचारका सन्दर्भमा प्रस्तुत रिट निवेदन पर्न आएको कुरा निवेदन व्यहोराबाट देखियो । तसर्थ यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारण सहित बाटोको म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र प्रत्यर्थी नं. १ ले आफैं वा कानून बमोजिमको प्रतिनिधि मार्फत र अन्य प्रत्यर्थीहरूले महान्यायाधिवक्ताको कार्यालय मार्फन...