Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

वीरगञ्जको ठाकुरराम क्‍याम्पसमा आगजनी गरेको आरोपमा ३ विद्यार्थी नेता पक्राउ

वीरगञ्जको ठाकुरराम क्‍याम्पसमा आगजनी गरेको आरोपमा ३ विद्यार्थी नेता पक्राउ

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २६ । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विषयमा विवाद उत्पन्नहुँदा आक्रोशित विद्यार्थीहरुले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका छन् । क्याम्पसमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरी रहेका छन् । पर्सा जिल्लाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले ‘विद्यार्थी कल्याण तथा खेलकुद शाखाको झ्याल खुल्लै रहेको र प्लाष्टिकको बोतलमा प्रज्वलनशील पदार्थ सहित आगो लगाएर फालिदिएको बताए ।’ उनले भने ‘केहि कागजपत्र जलेको छ, आगो निभाउने क्रममा थप केहि भिजेको छ । बेलैमा आगो निभाइएकोले ठूलो क्षति हुन पाएन ।’ आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र पनि ठाकुरराम बहुमुखी क्याम्पसमा पुगेको थियो । उन...
अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं : अध्यक्ष ओली

अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं : अध्यक्ष ओली

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टी जस्तो क्षणिक दैनिक फोहोरी खेलमा आफुहरु नलाग्ने बताएका छन् । नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा पुगेका ओलीले भने ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं ।’ एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको उनले बताए । ओलीले एमाले लामो दौडको घोडा भएको बताए । उनले आफूहरुले चलखेल पनि नगर्ने भन्दै चलखेल नगर्न सहभागीहरुलाई सुझाव दिए । ओलीले भने, ‘हामी खेल खेल्छौं, चल मिसिएपछि अर्को हुन्छ, चलखेल गर्नुहुँदैन ।’...
गाईघाटमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन

गाईघाटमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २६ । गाईघाटमा शुक्रबार देखी १२ औँ राष्ट्रपति खेलकुद प्रतियोगिता सुरु भएको छ । गाईघाट स्थित थारुहट रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले गरेका छन् । वाग्लेले खेलको उद्घाटन पानसमा बत्ती बालेर गरेका हुन् । आजबाट सुरु भएको खेलमा एथ्लेष्टीक सहित ६ ओटा खेल हुने जनाईएको छ । अन्तर पालिका स्तरीय प्रतियोगितामा जिल्लाको आठओटै पालिकाका विद्यालयहरुले सहभागी जनाएको छ । भलिवल, कवडी, तक्वान्दो, उस्सु, कराते र एथ्लेष्टीक लगायतका छ ओटा खेलमा प्रतियोगिता गराईने आयोजक खेलकुद विकास समिति उदयपुरले जनाएको छ । प्रतियोगिता २८ गते सम्म संञ्चालन हुने आयोक जिल्ला खेलकुद विकास समिति उदयपुरले जनाएको छ ।...
उपराष्ट्रपतिमा उमेरका कारण रञ्जिता श्रेष्ठले उम्मेदवारी दिन नपाउने

उपराष्ट्रपतिमा उमेरका कारण रञ्जिता श्रेष्ठले उम्मेदवारी दिन नपाउने

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २६ । नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार बनाउन लागेको रञ्जिता श्रेष्ठ चौधरीले उमेरका कारण उम्मेदवारी दिन नपाउने भएकी छिन् । आज शुक्रबार बिहान नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी चौधरीलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर कानुनी व्यवस्थामा राष्टपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान छ । आयोगमा उनले पेश गरेको विवरणमा भने उनको उमेर ३९ वर्षमात्र भएकोले उनी उम्मेदवार बन्न नसक्ने भएकी हुन् ।...
जनताको निराशालाई आशामा बदल्ने राष्ट्रपति पौडेलको प्रतिबद्धता

जनताको निराशालाई आशामा बदल्ने राष्ट्रपति पौडेलको प्रतिबद्धता

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २६ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको निराशालाई आशामा बदल्न प्रतिबद्ध रहेको बताएका छन् । उनले शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरेका हुन् । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको पनि उनको भनाइ छ । उनले समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्न प्रतिबद्ध रहेको जनाए । जनताको अधिकारमाथि खेलबाड गर्न नहुने समेत बताएका छन् । देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्नु आफ्नो कर्तव्य रहेको बताए । राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको...
त्रियुगा आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काईयाे

त्रियुगा आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काईयाे

Breaking News 1
पूर्णपुष्टि, फागुन २६ । उदयपुरकाे त्रियुगा नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले हाजिर नगराई फर्काएका छन् । मन्त्रालयकाे ताकेतापछि प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा हाजिर हुन हिजाे पालिका कार्यालय आएका उपसचिव संजयबहादुर राजलवटलाई मेयर वसन्त बस्नेतले हाजिर नगराएकाे पत्र थमाएर फर्काएकाे हाे । हाजिर हुन आएकाे प्रमुखलाई फर्काईएपछि पालिका कार्यालय प्रमुखविहिन् बनेकाे हाे । कार्यालय प्रमुख नहुदा याेजना सम्झाैता, भुक्तानी तथा आर्थिक निर्णयका कामहरु ठप्प भएका छन् । यसले नगरकाे महत्वपूर्ण सेवाहरु प्रभावित बनेका छन् । एकसातादेखि निमित्त कार्यालय प्रमुख किरण कार्कीकाे भरमा कार्यालय रहेकाे छ । संघिय मामिला तथा सामान्य प्रशासन मञ्त्रालयले एक महिनाअघि माघ २७ मा त्रियुगाका प्रमुख प्रशासकीय अधिकृतमा खटिरहेका मानबहादुर वनलाई काेशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयम...
आयोगद्धारा उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

आयोगद्धारा उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २६ । निर्वाचन आयोगले चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकामा मनोनयन दर्ता शनिबारलाई तोकिएको छ । मनोनयनपत्र दर्ता भएको दिन उम्मेदवारको सुची प्रकाशन गर्ने र उम्मेदवार विरुद्ध उजुरी दिन पाईने आयोगको कार्यतालिका रहेको छ । आयोगले फागुन २८ गते मनोनयनपत्र र उजुरीमाथि छानबिन गरी निर्णय गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । त्यसपछि चैत ३ मा निर्वाचन हुनेछ । मतदान पश्चात सबै मतपेटिक मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकेको समय र स्थानमा मतगणना कार्य सुरु गरिनेछ । मतगणना कार्य समाप्त भएपछि निर्वाचन घोषणा गरिने आयोगले जनाएको छ। ‘कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत नभएको कारण राष्ट्रपति तथा उपराष्...
प्रधानमन्त्री पचण्ड र बेलायती विदेशराज्यमन्त्री बिच भेटवार्ता

प्रधानमन्त्री पचण्ड र बेलायती विदेशराज्यमन्त्री बिच भेटवार्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २६ । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) र बेलायती बिदेशमन्त्री एनमरी ट्रेभेलियनल बिच भेटवार्ता भएको छ । सो भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुरा भएको काठमाडौंस्थित बेलायती राजदूतावासले जनाएको छ । नेपाल–बेलायत मैत्री सन्धि–१९२३ एक सय वर्ष पुरा भएको छ । सोही उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलले नेपाल भ्रमण गरेकी हुन् । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन् । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ । राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले बिहीबार एक कार्यक्रमसमेत आयोजना गरेको थियो ।...
नवनिर्वाचित राष्ट्रपतिलाई भेटे सभामुख घिमिरेले

नवनिर्वाचित राष्ट्रपतिलाई भेटे सभामुख घिमिरेले

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २६ । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । घिमिरेले पौडेकलाई उनको निजी निवास बोहोराटारमा भेटेका हुन् । सो भेटमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाईसँगै कार्यकालको सुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन बहराइन जानुपर्ने हुँदा सोहि कारण राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए ।...
तेस्रो पटक सी जिनपिङ चीनको राष्ट्रपतिमा निर्वाचित

तेस्रो पटक सी जिनपिङ चीनको राष्ट्रपतिमा निर्वाचित

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, फागुन २६ । सी जिपिङ तेसा्रे पटक चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ६९ बर्षीय सीलाई शुक्रबार जनकंग्रेसको १४ औं राष्ट्रिय अधिवेशनबाट सर्वसम्मतमा राष्ट्रपतिमा निर्वाचित गरेको हो । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले उनलाई सर्वसम्मतीमा चयन गरेको समाचार एजेन्सी सिन्ह्राले जनाएको छ । उनि माओत्सेतुङपछिको शक्तिशाली नेता बनेका छन्। सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।...