Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

३३ हजार बढी मत सहित रामचन्द्र पौडेल राष्ट्रपतिमा बिजयी

३३ हजार बढी मत सहित रामचन्द्र पौडेल राष्ट्रपतिमा बिजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २५ । राष्ट्रपतिमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भारी मतले बिजयी बनेको छ । उनले नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै बिजयी बनेको हो । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद २४ हजार ७ सय २७ मतभारले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ ) हजार ८ सय ६४ मतभार ० सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो । मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभाग...
कोशी प्रदेश : नाम खारेजको माग गर्दै ओन्दोलनको घोषण

कोशी प्रदेश : नाम खारेजको माग गर्दै ओन्दोलनको घोषण

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २५ ।कोशी प्रदेश नाम खारेजका लागी आन्दोलनको घोषण गरिएको छ । कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै आन्दोलनको घोषण भएको हो । केही दिन अघि नामकरण भएको कोशी प्रदेशको नाम खारेजको नेतृत्व गर्न शुक्रबार ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ बनेको छ । जनता समाजवादी पार्टी, नेपालको लिम्बुवान, किराँत, शेर्पालुङ, मधेश, शिल्पी र दलित राष्ट्रिय समिति आवद्ध संयुक्त संघर्ष समितिले चरणबद्ध सघर्षका कार्यक्रम गर्ने भएको छ । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत २५ र २६ गते प्रदेशव्यापाी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय तह लगायतका कार्यालयहरूमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याडहरू जलाउने, कोशी नामका मत हाल्ने सांसदहरूलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । फागुन २७ गते प्रदेशव...
राष्ट्रपति निर्वाचनको  मतदान सकियो

राष्ट्रपति निर्वाचनको मतदान सकियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २५ । राष्ट्रपति छनोटका लागी गरिएको निर्वाचनमा मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदान सकिएसँगै आजै मतगणना गरी निर्वाचित उम्मेदवारलाई प्रमाण पत्र दिईने छ । आज ४ बेजेपछि मात्र मत गणना हुने छ भने गणनाका लागी प्रतिनिधिसमेत चयन भईसकेको बताईएको छ । रामचन्द्र पौडेलका तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला रहेका छन् । मत पेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गरिएको छ ।...
सुरक्षा पन्त र मानव सुवेदी बैबाहिक बन्धनमा

सुरक्षा पन्त र मानव सुवेदी बैबाहिक बन्धनमा

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २५ । अभिनेत्री सुरक्षा पन्त र कलाकार मानव सुवेदी बैबाहिक बन्धनमा बाधिएका छन् । उनिहरुले आज (बिहिबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । दुवै पक्षका परिवार, आफन्त लगायत साथिभाईकोहरुको सानो जमघटमा बैबाहिक कार्यक्रम भईरहेको छ । ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका मानव र सुरक्षाले हिजो ईन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेको छन् । सामाजिक सञ्जालमा सुरक्षाले सार्वजनिक गरेको विवाहको तस्वीरमा ऊनी सुन्तला रङको सारी र मानव वैजनी रङको कोट र दौरा सुरुवालमा देखिएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।...
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकाको हृदय घातबाट निधन

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकाको हृदय घातबाट निधन

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २५ ।भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकाको निधन भएको छ । उनको गएराति १ः३० बजे नयाँ दिल्लीमा ६६ बर्षको उमेरमा निधन भएको हो । कौशिकको हृदय घातका कारण निधन भएको भारतीय अभिनेता अनुपम खेरले ट्विटर मार्फत जनाकारी दिएका छन् । कौशिकको निधनमा अभिनेता खेरले लेखेका छन्, ‘मलाई थाहा छ, मृत्यु नै संसारको अन्तिम सत्य हो । तर म जीवित हुँदै मेरा अति मिल्ने साथी सतीक कौशिकको बारेमा यो लेख्छु भनेर सपनामा पनि सोचेको थिइनँ । ४५ वर्षको मित्रतामा यस्तो अचानक पूर्णविराम । तिमीबिनाको जीवन उस्तै हुनेछैन सतीश । ओम शान्ति ।’ पारिवारिक कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका उनको राति स्वास्थ्य बिग्रिएको थियो । परिवारले अस्पताल पुर्‍याएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको शव दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शवलाई दिल्लीबाट मुम्बईस्थित उनको निवासमा पुर्‍...
आज सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

आज सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २५ । आज सुन र चाँदीको मुल्य घटेको छ । सुनचाँदी व्यावसाय महासंघका अनुसार बिहिबार सुन र चाँदीको मुल्य ५–५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजार भने सुन प्रतिऔंस १८ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको ईन्जिनमा आगलागी, पुन त्रिभुवन विमानस्थलमा अवतरण

भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको ईन्जिनमा आगलागी, पुन त्रिभुवन विमानस्थलमा अवतरण

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २५ । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएपछि पुन त्रिभुवन विमानस्थलमा नै अवतरण गराईएको छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए । त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो । उडान नं. ८२१ को जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए । सो जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । केहीबेर अघि जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् । यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको थियो । दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको थियो ।...
बायर्न च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

बायर्न च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २५ । जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ०–२ गोल अन्तरमा हराउँदै बार्यन क्वाटरफाईनलमा प्रवेश गरेको हो । पिएसजीको घरेलुु मैदानमा भएको पहिलो लेगमा बार्यनले ०–१ को जित हात पारेको थियो भने समग्रमा बार्यनले ३–० को जित निकालेको हो । बार्यनको घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगको पहिलो हाफमा दुबै टोलीले गोल बिहिन बराबरी खेलेको थियो । बार्यनका लागी दोस्रो हाफको ६१औं मिनेटमा एरिक म्याक्सिम चौउपो मोटिङ र ८९ औं मिनेटमा सर्ज जीनाब्रीले गोल गरे ।...
राष्ट्रपति निर्वाचनका लागि मदतान सुरु

राष्ट्रपति निर्वाचनका लागि मदतान सुरु

Breaking News 1, बिचार, समाचार
पूर्णपुष्टि, फागुन २५ । राष्ट्रपति चयन गर्नका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतखान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।...
राष्ट्रपति निर्वाचनको मतदान स्थलमा मोवाईल लगे जफत गरिने

राष्ट्रपति निर्वाचनको मतदान स्थलमा मोवाईल लगे जफत गरिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २५ । नेपालका लागि आज राष्ट्रपति चयन हुने तायारी भैरहेको छ । उक्त निर्वाचनका लागि मतदाताहरुले मतदान स्थलमा मोवाईल लैजान नपाउने बताईएको छ । यदि निर्वाचनका क्रममा मोवाईल फेला परे जफत गरिने र कानुन अनुसार कार्वाही गरिने जनाईएको छ । ‘मतदानस्थलमा मोबाईल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाईएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाईने छैन ।ु...