Sunday, August 9News That Matters

Month: ३ वर्ष अगाडि

दाङमा एसइई दिन होस्टल बसेकी छात्रालाई शिक्षकले करणी गरेको आरोप

दाङमा एसइई दिन होस्टल बसेकी छात्रालाई शिक्षकले करणी गरेको आरोप

समाचार
पूर्णपुष्टि,चैत्र २२ । जिल्लामा एक शिक्षकले विद्यार्थीमाथि जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका– ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । सबै बसेर परीक्षाको तयारी गरिरहेका बेला त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाएर भवनको भर्‍याङमुनि लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएको प्रहरीको भनाइ छ । पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए । उनी सोही विद्यालयका प्रावि शिक्षक हुन् । जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । उनी फरार रहेको प्रहरी निरीक्...
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

समाचार
पूर्णपुष्टि,चैत्र २२ । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा २७ वर्षीय सजन बाग श्रेष्ठले जिब्रो छेडोएर जात्रालाई निरन्तरता दिने भएको छ । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल–टोल घुम्ने चलन छ। जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् । सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। जात्राको हालसम्मको तथ्यांकअनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास छ।...
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

समाचार
पूर्णपुष्टि,चैत्र २२ । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत चैत ५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रुपैयाँ बढी हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
फौजदारी अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

फौजदारी अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २२ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेको छ । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो । बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने र आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए । अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो । उनी विरुद्ध ट्रम्पमाथि ३४ आरोप लागेका छन् ।...
वीरगन्ज यातायात कार्यालयबाट सेवाग्राहीलाई हैरानी दिने ११ जना पक्राउ

वीरगन्ज यातायात कार्यालयबाट सेवाग्राहीलाई हैरानी दिने ११ जना पक्राउ

समाचार
पूर्णपुष्टि,चैत्र २२ । पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट सेवाग्राहीलाई हैरानी दिने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नारायणी यातायात कार्यालयमा आउँने सेवाग्रहीहरुलाई काम छिटो छरितो गराइदिने भन्द रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिँड्ने कार्यमा संलग्न ११ जना बिचौलियालाइ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका रानीघाटका आलोककुमार यादव, किशोरकुमार दयाल, दिपलाल साह, रामबाबु झा, कोरंजित गुप्ता, लालबाबु महतो, राजेश लामा, कालिकामाई गाउँपालिकाका राजेश महतो, बाराको परवानीपुरका दरोगा दास, बाराकै प्रसौनी गाउँपालिकाका मुकेश साह र दिपु महतो तत्मा रहेका छन् । पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब निर्मल बुढाथोकीका अनुसार, यातायात कार्यालयमा चौलीयाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि मंगलबार दिउँसो जिल्ला प्रहरी क...
भारतबाट नेपाल फर्किनेहरुमा कोरोना संक्रमण देखियो

भारतबाट नेपाल फर्किनेहरुमा कोरोना संक्रमण देखियो

समाचार
पूर्णपुष्टि,चैत्र २२ । नेपला–भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्नेहरुमा कोरोना संक्रमण देखिएको छ । छिमेकी मुलुकबाट नेपाल आउँने गरेको प्रत्यक व्यक्तिहरु दिनमा १५० देखि २०० जनासम्म परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि देखिन थालेको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरीले बताईन् । प्रमुख गिरीका अनुसार ‘चैत्र महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको छ ।’ कोरोना देखिएका र सामान्य लक्षण भएकाहरूलाई आइसोलेसनमा बस्न आग्रह गरिएको उनले बताइन्।...
दृष्टीबिहिनलाई लत्ताकपडा प्रदान

दृष्टीबिहिनलाई लत्ताकपडा प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २१ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई खाध्यन्न लत्ताकपडा प्रदान गरेको छ । मंगलबार कार्यालयका कर्मचारी तथा अभिकर्ताहरुले प्रदान गरेको हो । जनज्योति मावि चुहाडेका ११ जना दृष्टिविहिन विद्यार्थीहरुलाई सामान प्रदान गरिएको कम्पनीका गाईघाट शाखा प्रमुख वालकुमार राईले बताए । कक्षा ४ देखी १२ सम्मका विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्ले, प्रध्यापक धर्मनन्द खतिवडाकाे उपस्थितिमा वितरित सामग्रीले दृष्टिविहिन बिद्यार्थीहरु खुसी भए । भविष्यमा पनि समाजमा यस्ता सेवा र सहयोग गरिने प्रतिवद्धता शाखाकाे छ । शाखाले पहिल्यैबाट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता काम गर्दै अाएकाे थियाे । शाखाले १४ औँ बार्षिकोत्सवमा पनि शान्तिधामका बटुकहरुलाई खाद्यन्न र आर्थिक सहयोग...
बेलका मिडिया प्रा.लि.द्धारा आयोजित ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

बेलका मिडिया प्रा.लि.द्धारा आयोजित ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २१ । “विकास,सुशासन र संमृद्धिका लागि सञ्चार” भन्ने मुलनाराका साथ उदयपुरको बेलकामा आयोजित ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । बेलका मिडिया प्रा।लिको आयोजनामा र बेलका नगरपालिका रामपुरको सहयोगमा गत चैत्र १७ गते देखि संञ्चालन भएको तालिम आज सम्पन्न भएको हो । नगर क्षेत्रका सबै वडामा कम्तिमा एक जना पत्रकार उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्का,पत्रकार हिमाल दाहाल र रञ्जना पौडेलले गरेको आयोजक संस्थाका अध्यक्ष भरत घिमिरेले बताए । उनका अनुसार स्थानीय वरपिपल माध्यमिक बिद्यालयको सभाहलमा आयोजित तालिममा नगरपालिकाका–९, वटै वडाका तीस जना युवाहरुको उपस्थिति रहेको संस्थाका अध्यक्ष घिमिरेले बताए । महासंघका अध्यक्ष भरत खड्काले तालिम आफैमा सिपविकास र नयाँ अनुभवको थालनी भएकाले भरपुर उपयोग गर्न आग्रह गर...
गाईघाटमा ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम

गाईघाटमा ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २१ । उदयपुरको गाईघाटमा “सहकारीको दिगोपन स्वनियमन र सुशासन” भन्ने नाराका साथ ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । मंगलवार त्रियुगा नगरपाकिला वडा नम्बर ११ स्थित कृषि विकास बैँकको भवनमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको हो । बचत तथा ऋण जिल्ला सहकारी संघ लि.उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको सहयोग साथै नेपाल रेडक्रस सोसाइटी,उदयपुरको विशेष प्राविधिक सहयोगमा एक दिवसीय रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा २४ जना महिला सहित २९ जना पुरुष गरी ५३ जनाले प्रत्यक्ष रक्तदान गराएको बचत तथा ऋण जिल्ला सहकारी संघ लि.उदयपुरका अध्यक्ष सरोज कुमार बस्नेतले बताउनुभयो दिनुभयो । बिहान ७ बजे देखि सुरु गरिएको कार्यक्रममा बिभिन्न सरोकारवाला निकाय साथै सहकारी संघका सदस्यहरुको उपस्थितिमा दिउँसोको करिव २ बजे समापन गरिएको थियो ...
उदयपुरको चौदण्डीगढी नगर अस्पतालमा एक्सरे सेवा सुरु

उदयपुरको चौदण्डीगढी नगर अस्पतालमा एक्सरे सेवा सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २१ । जिल्लाका चौदण्डीगढी नगरपालिकामा अवस्थित चौदण्डीगढी नगर अस्पतालमा एक्सरे सेवा सुचारु भएको छ । कर्मचारी अभावका कारण एक महिनादेखि बन्द रहेको उक्त सेवा आईतवार देखि अस्पतालको डिजिटल एक्सरे सेवा सुरु गरिएको हो । नगरपालिकाले पुनः दरखास्त आह्वान गरेपश्चात सुनसरीको गढीगाउँ पालिका–१ का सन्तोष चौधरी नियुक्ति भएर आएपछि सेवा सुचारु भएको अस्पतालले जनाएको छ । काम गरिहेका कर्मचारीहरुलाई एकैचोटी करारबाट ज्यादारीमा नियुक्ति भएपछि उक्त अस्पतालका रेडियोग्राफर प्रविण चौधरीले एक महिनाअगाडी राजीनाम दिएर गएपछि सो सेवा बन्द रहेको थियो । अस्पतालको निर्णय अनुसार सेवा लिन आउँने सेवाग्राहिहरुले एक्सरे सेवाको लागि २ सय रुपैयाँ शुल्क बुझाउँनु पर्ने छ । त्यस्तै भिडियो एक्सरेको लागि ७ सय रुपैयाँ शुल्क बुझाउँनुपर्ने निर्णय भएको अस्पतालले जनाएको छ ।...