Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

चुहाडेमा प्रथम उदयपुर लोक–दोहोरी प्रतियोगित २०८० हुने

चुहाडेमा प्रथम उदयपुर लोक–दोहोरी प्रतियोगित २०८० हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-८, चुहाडे स्थित झोरामा बृहत आदिम सांस्कृतक कार्यक्रम तथा प्रथम उदयपुर लोक–दाहोरी प्रतियोगित हुने भएको छ । चुहाडेमा अवस्थ्ति भेटघाट रेष्टुरेन्टको कभर्ड हलमा आयोजना गर्न लागिएको प्रतियोगिता २०८० बैशाख ५ गते शनिवार बिहान ११ बजे देखि सुरु हुने जनाएको छ । “कला, सस्कृतिको संरक्षण गरौँ, आन्तिरिक पर्यटनलाई प्रवद्र्धन गरौँ” भन्ने मुलनाराको साथ आदिम सामुदायिक तथा संस्कृतिक कला केन्द्रको आयोजनामा हुने प्रतियोगितामा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती रहने जनाएको छ । कार्यक्रममा नेपालको चर्चित स्वरकी धनी गायिका रचन रिमालले आफ्नो लोकप्रिय गितहरु प्रस्तुत गर्ने छिन् । त्यस्तै उदयपुरका युवा गायक तथा लोक स्टार बिनोद दनुवार, मोडल शशिकला राई, गायक दिपेन्द्र राई, हास्य कलाकार रोशन मगर र आदिम सिंगिङ स्टार हिरा विश्वकर्...
गाईघाट दिक्तेल सडकबाट घाँस ल्याउने सवारीहरुलाई धमाधम कार्वाही

गाईघाट दिक्तेल सडकबाट घाँस ल्याउने सवारीहरुलाई धमाधम कार्वाही

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २३ । श्री नव उदय वन उपोभक्ता समुहले जारी गरेको सूचना उलंघन गर्ने सवारीलाई धमाधम कार्वाही थालिएको छ । वन उपभोक्ता समुदायले केहि दिन अघि मात्रै गाईघाट–दिक्तेल सडक खण्डबाट सवारी साधनमा घाँस ल्याउने कार्यको प्रतिवन्ध लगाउने सूचना प्रकाशित गरेका थिए । उक्त सूचना पश्चात पनि अटेरी गर्ने ट्याक्टर, वस मोटर सार्यकल लगायतलाई जरिवाना गराईदैँ आईएको छ । सवारीहरुलाई ५ सय रुपयाँ जरिवाना कटाईने नियम बनाईएको छ ।...
बार्सिलोनालाई हराउँदै रियल कोपा डेल रेको फाईनलमा प्रवस

बार्सिलोनालाई हराउँदै रियल कोपा डेल रेको फाईनलमा प्रवस

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र २३ । बार्सिलोनाको लाई बरिम बेन्जेमाको ह्याट्रिक गोलले पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधाबार सेमिफाइनल खेलको दोस्रो लेगमा रियलले बार्सिलोनालाई ४–० गोलले हराउँदै सान्दार जित निकालेको हो यस अघि पहिलो लगेमा १–०ले पराजित भएको थियो तर दोस्रो लेगमा रियलले सानदार प्रदर्शन गर्दै जित निकालेको हो । रियलका लागि पहिलो हाफको इन्जुरी टाइममा भिनिसियस जुनियरले बेन्जेमाकै पासमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा बेन्जेमाले आठ मिनेटको अन्तरमा दुई गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर अर्को गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे । गत आइतबार उनले ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक गरेका थिए । बेन्जेमकाको यो लगातार दोस्रो ह्याट्रिक हो । योसँगै रियलले बार्साविरुद्ध लगातार तीन एल क्लासिकोमा हारको शृङ्खलामा पनि बि...
त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारीले लिए सपथ

त्रियुगा जनता बहुमुखी क्याम्पसका स्ववियु पदाधिकारीले लिए सपथ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २३ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । क्याम्पसमा बुधवार एक र्यक्रमको आयोजना गर्दै सभापतिमा निर्वाचित सरोज कार्की सहितका पदाधिकारीले सपथत लिएका हुन् । निर्वाचित पदाधिकारीलाई क्याम्पु प्रमुख डा।कैलाशकुमार राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यही चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेकपा माओबादीको विद्यार्थी संगठन सरोज कार्की १ मत बढीले सभापति चुनिएका थिए । उनले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसं०का उम्मेदवार चेतन पोखरेललाई पराजित गरेका थिए । कार्यक्रममा उनीहरुलाई आ–आफ्नो ओहदाको प्रमाणपत्र समेत वितरण गरिएको थियो । सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सरोज कार्की, सचिव हेमकुमार रानामगर, कोषाध्यक्ष डोमा राईले सपथ लिए । त्यस्तै सदस्यहरु प्रकृति दनुवार, सुमित्रा श्रेष्...
तेश्रो अन्तराष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस

तेश्रो अन्तराष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र २३ । संयुक्त राष्ट्रसंघको आव्हानमा आज विकास र शान्तिका लागि खेलकुद सम्बन्धि तेश्रो अन्तर्राष्ट्रिय दिवस मनाईंदैछ । प्रत्यक वर्षको अप्रिल ६ तारिखमा तारिखमा सामाजिक परिवर्तन, समुदाय विकास र सबैमा शान्तिको भावना उजागर गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । शान्ति र विकासको प्रवद्र्धनका लागि खेलकुद लागत प्रभावकारी र लचिलो उपाय प्रमाणित भईसकेकाले दिगो विकासका लागि सन् २०३० को एजेन्डामा सामाजिक प्रगतिका लागि खेलकुदको भूमिकालाई स्वीकार गरिएको छ । दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले सकारात्मक सामाजिक परिवर्तनका लागि एउटा शक्तिशाली परिचालक भन्दै सबै देशका सरकार, सामाजिक तथा व्यवसायीक संघसंस्था र समाजका हरेक सदस्यलाई दिगोविकासको लक्ष्य हासिल गर्न मद्धत गर्नका लागि खेलकुदको शक्ति र महत्वलाई समर्थन गर्न आव्हान गर्नुभएको छ । महासचिव बानका अनुसार श...
झापामा हुने तेस्रो मिस्टर ग्यालेक्सी प्रतियोगिताको लागि उदयपुरबाट तीन जना सहभागी

झापामा हुने तेस्रो मिस्टर ग्यालेक्सी प्रतियोगिताको लागि उदयपुरबाट तीन जना सहभागी

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २२ । आगामी चैत्र २४ र २५ गते झापामा हुन लागिरहेको प्रदेश स्तरीय तेस्रो मिस्टर ग्यालेक्सी शारिरिक शुगठन प्रतियोगितो २०७९का लागि उदयपुरबाट तीन जनाले सहभागी जनाएको छ । सहभागी तीनै जना खेलाडीहरु गाईघाट स्थित स्टार बडी फिटनेस क्लवका रहेका छन् । खेलाडीहरुलाई शुभकामना सहित बुधबार क्लवले भव्य विदाई समेत गरेको छ । प्रतियोगितामा दिलिप चैधरी,महेस लामा र राजु चौधरीले सहभागिता जनाएको क्लवका संञ्चालक हरि राईले जानकारी दिए । संञ्चालक राईले विदाईको क्रममा आफ्नो खेलाडीले जिल्लालाई जिताउने समेत विश्वास्त दिलाए । झापाको वितामोर्डमा हुने उक्त खेल प्रदेश नम्बर १ भरि रहेका १४ ओटै जिल्लाका लाडीहरुले सहभागिता जनाउने छ । प्रतियोगिताको लागि प्रि–सेलेक्सनबाट खेलाडीको छनौट गरिने छ । ग्यालेक्सीका सञ्चालक तथा आयोजक समितिका कोषाध्यक्ष चन्द्र राना ‘लाफा’का अनुसार ‘२४ गते हुने प्रि–सेलेक्सनबाट ...
त्रिनपा १५ मा २७ देखी ३० गते सम्म कोरोना विरुद्धको पहिलो र दोस्रो बुस्टर डोज लगाइदैँ, मिति सहित

त्रिनपा १५ मा २७ देखी ३० गते सम्म कोरोना विरुद्धको पहिलो र दोस्रो बुस्टर डोज लगाइदैँ, मिति सहित

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २२ । त्रियुगा नगरपालिका वडा नं १५ मा कोरोना विरुद्ध (कोभिड १९) को पहिलो र दोस्रो बुस्टर डोज लगाईदैँ छ । उक्त खोप यहि चैत्र २७ देखी ३० गते सम्म लगाईने जनाईएको छ । त्रिनपा १५ स्वास्थ्य चौकी रानीवासको पत्र अनुसार वडाको बिभिन्न विद्यालय तथा भवनहरुलाई केन्द्र वनाएर खोप लगाईने जनाएको छ । सम्पूर्ण वडावासीहरुलाई खोपमा सहभागी हुन वडा कार्यालयले अनुरोध समेत गरेको छ । वडाअध्यक्ष गणेश तिमिल्सिनाले उक्त वडामा रहेको सम्पूर्ण वडावासीहरुलाई खोपमा सहभागीका लागि आह्वान गरे । कोरोना भाईरस पछिल्लो समय बिभिन्न भेरियन्ट भै थप खतरनाक हुँदै गरेको अवस्थामा पहिलो र दोस्रो बुस्टर लगाई सुरक्षित हुन समेत सुझाए । स्वाथ्य कार्यालयको पत्रअनुसार ५५ बर्षदेखी माथिका सबै नागरिक, १२ बर्ष देखी माथीका सबै दिर्घरोगीहरु, गर्भवती महिला र स्वास्थ्यकर्मीहरुले सहभागी जनाउन सक्ने छ । उक्त खोप कार्यक्रम वडाको ...
उदयपुरमा लघुवित्त वित्तीय संस्था विरुद्ध अनिश्चितकालिन विरोध प्रदर्शन

उदयपुरमा लघुवित्त वित्तीय संस्था विरुद्ध अनिश्चितकालिन विरोध प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २२ । लघुवित्तिय संस्थाहरु विरुद्ध गाईघाटमा पनि अनिश्चित कालिन बिरोध सुरु भएको छ । मंगलबार बाट सुरु भएको उक्त बिरोध बुधबार पनि निरन्तर रह्यो । बुधवार लघुवित्तीय संस्था विरुद्धको सघंर्ष समितिले विहान १० बजे देखि साझ ५ बजे सम्म जिल्ला प्रशासन कार्यालय उदयपुरमा विरोध प्रदर्शनी गरेको हो । लघुवित्त संस्थाहरुले गरेको ज्यादती विरुद्ध अनिश्चितकालिन रुपमा विरोध प्रदर्शनीको कार्यक्रम संञ्चालन गरिएको संघर्ष समिति त्रियुगा नगर अध्यक्ष तविता राईले जनाईन् । उनिहरुले “बाचौं, बचाऔं र अघि बढौ” साथै “लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध एक हौं” भन्ने नारा सहित प्रशासनमा धर्ना दिएको हो । देशव्यापि प्रदर्शन भईरहेको प्रदर्शनमा गाईघाटमा मंगलबार देखी दिएको धर्ना अनिश्चित कालको लागी गरिने संघंर्ष अध्यक्ष राईल्े जनाईन् । प्रदर्शनमा उत्रिएकाहरुले आफ्ना बिभिन्न ५ बुदे माग सहित जिल्ला प्रशा...
थारु कल्याणाकारीणी सभा उदयपुरको ९ औँ जिल्ला अधिवेशन २४ र २५ गते सिवाईमा भव्य हुने

थारु कल्याणाकारीणी सभा उदयपुरको ९ औँ जिल्ला अधिवेशन २४ र २५ गते सिवाईमा भव्य हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २२ । थारु कल्याणकारीणी सभा उदयपुरको जिल्ला अधिवेशन यहि आउँदो २४ र २५ गते भव्य रुपमा सम्पन्न हुने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ५ सिवाईको एक विद्यालयमा उक्त अधिवेशन भव्य रुपमा मनाउने आयोजकले जनाएको छ । सभाका जिल्ला अध्यक्ष सिभकान्त चौधरीका अनुसार कार्यक्रम पूर्व सन्धामा मोटरसाईकल र्याली भव्य रुपमा गरिने जनाएको छ । २३ गते अर्थात भोली चौदण्डी देखी गाईघाट लगायत बिभिन्न स्थानमा मोटरसाईकल र्याली गरिने जनाए । बुधबार गाईघाट स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै अधिवेशन कार्यक्रममको बारेमा आयोजकले जानकारी गराएका थिए । उक्त कार्यक्रम पहिलो दिन २४ गते उद्घाटन सत्रको रहेको र २५ गते भने बन्द सत्रको कार्यक्रम रहेको जनाएको छ । कार्यक्रममा थारु जातिको भाषा,संस्कार,संस्कृति र रहन सहनलाई पनि प्रस्तुत गरिने अध्यक्ष चौधरीले जनाए । राष्ट्रिय तथा स्थानीय कलकारहरुले समेत थ...
अर्काको नामको एसईई परिक्षा दिने युवती पक्राउ

अर्काको नामको एसईई परिक्षा दिने युवती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २२ । मोरङको ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रहरीले अर्काको नाममा एसईई परिक्षा दिने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगरपालिका वडा नं–५ की २८ वर्षीय सुस्मिता लिम्बू रहेकी छिन् । उनलाई नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं.००९१२४९७ भएकी कल्पना लिम्बुको परिक्षा दिईरहेको अवस्थामा पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका (डिएसपी) रन्जन दाहालले जानकारी दिए । उनका अनुसार बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा उनलाई पक्राउ गरेको हो । कल्पनाको परिक्षा दिने सुस्मिताको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...