Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

बुद्ध एयरको जहाजभित्र झगडा गर्ने दुई यात्रु प्रहरी नियन्त्रणमा

बुद्ध एयरको जहाजभित्र झगडा गर्ने दुई यात्रु प्रहरी नियन्त्रणमा

समाचार
पूर्णपुष्टि,चैत्र २३ । नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरको जहाजभित्र बुधवार साँझ झगडा गर्ने दुई यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झगडा गर्ने दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई बुझाएको हो । सँगैको सिटमा बसेका उनीहरूले जहाजमा झगडा गरेपछि प्राधिकरणले नियन्त्रणमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई बुझाएको थियो । ‘उनीहरू चिनजानकै व्यक्तिहरू हुन् । सामान्य झगडामा त आफैं मिलाउने पनि काम गरिन्थ्यो । ती दुबै जनामाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा पठाएको कार्यालयका एसएसपी आचार्यले जानकारी दिए । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले उनीहरूलाई गैरसैनिक हवाई ऐन, २०१५ अनुसार कारबाही गर्न प्रहरीलाई बुधबार नै बुझाएको बताए । यति बेला हाजमा झगडा भएको भिडिओ सामाजिक सञ्जालम...
९५ प्रतिशत महिला हिंसा मध्ये ७५ प्रतिश पुरुष बाटै  : राष्ट्रिय महिला आयोग

९५ प्रतिशत महिला हिंसा मध्ये ७५ प्रतिश पुरुष बाटै : राष्ट्रिय महिला आयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २३ । नेपाली समाजमा अझै पनि महिला हिंसा तथा लैँङ्गिक हिंसाहरु छरपस्टै रहेको राष्ट्रिय महिला आयोगले जनाएको छ । बिहिबार उदयपुरमा आयोजित स्थानीय तह न्यायिक समति तथा पदाधिकारी बीच लैङ्गिक हिंसा निवारणको असल अभ्यास र न्यायिक अन्तरक्रिया कार्यक्रमा यस्तो डाटा प्रस्तुत भएको हो । आयोगकी अध्यक्ष कमला पराजुलीले नेपाली समाज अझै पनि हिंसाबाट पर बस्न नसकेको जनाईन् । यहाँको समाज र पुरुषवादी ब्यवहार तथा सोचका कारण महिलाहरु सबै भन्दा बढि हिंसामा पर्ने गरेको जनाईन् । त्यस भित्र पनि दलित, सिमाङकृत, अल्पसंख्य, अपाङगता र आदिवासी जनजातिका महिलाहरु थप हिंसामा परेको पराजुलीले जनाईन् । पराजुलीका अनुसार यस्तो हुनुमा नेपाली समाज अझै पनि सचेत नरहेको समेत जनाईन् । हिंसा अन्त्य गर्न समाजमा सचेतना मुख्य कुरा रहेको उनिले बताईन् । त्यसका लागि न्यायलयहरु प्रसस्त हुनु भन्दा पनि न्युनिकरणका लागि चेतना...
बोहोरीबोटका शिक्षक अभिभावक संघमा ८ महिला सदस्यीय समिति गठन

बोहोरीबोटका शिक्षक अभिभावक संघमा ८ महिला सदस्यीय समिति गठन

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २३ । जिल्लाको उदयपुरगढी गाउँपालिका–६,मा अवस्थित माध्यामिक विद्यालय बोहोरीबोटका शिक्षक अभिभावक संघमा पदकुमरीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरिएको छ । बुधाबार आयोजित कार्यक्रममा शिक्षक तथा अभिभावक भेलाले महिलै महिला पदाधिकारी रहेको शिक्षक अभिभावक संघ गठन गरेको हो । समितिका सदस्यहरुमा क्रमशः रेनुका बिक, सीता भुजेल, राधिका मगर, रुपा बोहोरा, तिलकुमारी चापागाई , भिमकुमारी मगर र बिमला खत्री चयन भएको प्रधानाध्यापक श्याम खत्रीले बताए । खत्रीका अनुसार कक्षा १० सम्म संञ्चालित विद्यालय शिक्षक अभिभावक संघमा पहिलो पटक महिला मात्रै पदाधिकारी रहेको बताए ।...
कटारीमा “न्यु इयर इभ” हुने

कटारीमा “न्यु इयर इभ” हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र २३ ।उदयपुरको कटारी नगरपालिकामा आगामी नयाँ बर्ष २०८० सालको अवसरमा “न्यु इयर इभ” हुने भएको छ । आगामी चैत्र ३० गते बिहिबार बेलुका साँझ कटारीको भूगोलपार्कमा न्यु ईयर ईभ कार्यक्रमको आयोजना हुने भएको हो । पिएफसिएफद्धारा संचालित “तिनतले उदयपुर संगित केन्द्र” कटारी शाखाले नयाँ बर्षको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा शिब थापा मगर र दिलिप घिसिङ साथै संगित केन्द्रका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु दिने भएका छन् ।  ...
नेपाल टेलिकमको एसईई अफर : विद्यार्थीलाई निःशुल्क सिम

नेपाल टेलिकमको एसईई अफर : विद्यार्थीलाई निःशुल्क सिम

समाचार
पूर्णपुष्टि,चैत्र २३ । एसइईका विद्यार्थीहरुका लागि नेपाल टेलिकमले “एसइई २०७९ अफर” उपलब्ध गराउने भएको छ । भोली देखि देशभरका कार्यालयहरुबाट उपलव्ध हुने यो सेवामा एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशूल्क सिम उपलब्ध गराउने भएको हो । साथै त्यसमा बोनस, रिचजार्जको पनि सेवा उपलब्ध गरहेको छ । अफरका सिमकार्ड प्रयोगमा आउँनसाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीहरुले पहिलेदेखि प्रयोग गरेको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । विद्यार्थीहरुले सिम कार्डमा हुँने मेन व्यालेन्स १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १०...
२०२३ को ‘वल्र्ड कार अफ द इयर’ हुन्डाई आयोनिक ६ लाई

२०२३ को ‘वल्र्ड कार अफ द इयर’ हुन्डाई आयोनिक ६ लाई

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २३ । २०२३ को ‘वल्र्ड कार अफ द इयर’ हुन्डाईको विद्युतीय गाडी आयोनिक ६ घोषित भएको छ । न्युयोर्क अन्तर्राष्ट्रिय अटो शोमा सो अवार्डका साथै आयोनिक ६ वर्ल्ड विद्युतीय भेहिकल र वर्ल्ड कार डिजाइन गरी थप दुई उपाधि समेत पाएको भारतीय अटो अखबार अटोकार इन्डियाले जनाएको छ। २०२२ मा पनि सोहि हुन्डाईको आयोनिक ५ ले यि तिनै अवार्ड हात पारेको थियो । २०२३ को वर्ल्ड लक्जरी कार अवार्ड लुसिड एयरले पाएको छ भने वर्ल्ड पर्फर्मेन्स कार किया इभी ६ जिटी र वर्ल्ड अर्बन कारको अवार्ड सिट्रोन सि ३ ले पाएको छ। संसारको ३२ राष्ट्रका एक सय जना अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलले अवार्डको छनोट गरेको हो । अवार्डको लागि योग्न हुन कम्पनीले वार्षिक रूपमा कम्तीमा १० हजार गाडी उत्पादन गरेको हुनुपर्ने नियम रहेको छ । उत्पादन गरेको गाडीहरू चीन, युरोप, जापान, कोरिया, ल्याटिन अमेरिका र अमेरिकी बजारमा बिक्रीको ...
साउने चौकमा व्यवस्थित सार्वजनिक शौचालय निमार्ण हुँदै

साउने चौकमा व्यवस्थित सार्वजनिक शौचालय निमार्ण हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २३ । त्रियुगा नगरपालिका वडा नम्बर १४, साउने चौकमा व्यवस्थित सार्वजनिक शौचालयको निमाण कार्य सुरु गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सगरमाथा राजर्माघ घण्डमा पर्ने साउने चौकमा सार्वजनिक शौचालय निमार्ण सुरु भएको हो । नगरले भुपेन्द्र कुमार मगरको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी गत चैत्र १७ गते देखि शौचालय निमार्ण कार्य सुरु गरेको वडाअध्यक्ष हेम मगरले बताए । अध्यक्ष मगरका अनुसार बन्दै गरेको भवनमा महिला र पुरुष गरी दुई कोठे शौचालय भवन निर्माण हुने भएको हो । दुई कोठे शौचालय भवनका लागि वडा नम्बर १४ साउने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विनियोजित कुल ६ लाख ८५ हजार ५ सय ९५ रुपौँयाबाट आगामी २०८० बैशाख ५ सम्पन्न हुने गरी निर्णय गरिएको छ । उदयपुरको सदरमुकाम गाईघाट देखि साउने, रसुवा हुँदै पहाडि जिल्ला खेटाङ,सोलुखुम्बु र दिक्तेल आवत जावत गर्ने सवारीलाई शौचालय न...
कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु र मोर्चाका नेताहरुको टोलीले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त आश्वाशन दिएका हुन् । सुरुमा पहिचानको मुद्धा माओवादीले उठाएकोले त्यसलाई अझै पनि नछाड्ने बताउदैँ पार्टीको तर्फबाट कोशी प्रदेशको नाम सच्याउनको लागी पहल गर्ने प्रधानमन्त्रीले बताएका हुन् । कोशी प्रदेशमा मतदान गर्ने पक्षमा पार्टी केन्दको नीति नरहेको पनि प्रचण्डले बताएका थिए । गत फाुन १७ गते प्रदेश सभामा कोशी प्रदेशमा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि प्रदेशको नाम सच्याउने पक्षमा रहेको छ । १ नंम्बर प्रदेशको नाम प्रदेश सभाबाट ‘कोशी’ पारीत भएपछि पहिचानव...
एसईई परिक्षा : एकै केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ

एसईई परिक्षा : एकै केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २३ । अहिले देशैभर एसईई परिक्षा सञ्चालन भईरहेको बेला मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना मावि केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । विहीबार बिहान सामाजिक विषयको परीक्षा दिईरहेका ५२ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले बताए । उनका अनुसार एकै परिक्षा केन्द्रमा यति धेरै नक्कली परिक्षार्थी पक्राउ परेपछि घटनाको बिषयमा छानविन भईरहेको र घटनास्थलमा प्रहरीसहित शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ। परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले ८ वटा विद्यालयको सेन्टर परेकोले नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको बताएका छन् । उनका अनुसार परीक्षार्थीको प्रवेश पत्रको फोटोमा शंकालागी जन्ममिति सोध्दा भन्न ...
नक्कली पेस्टोलसहितको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने शिक्षक र विद्यार्थी पक्राउ

नक्कली पेस्टोलसहितको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्ने शिक्षक र विद्यार्थी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २३ । नक्कली पेस्टोल देखाएर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गर्ने शिक्षक सहित विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको हरीनगर गाउँपालिका १ का बालकृष्ण माध्यामिक विद्यालयमा कार्यारत शिक्षक अमर कुमार गुप्ता र सोही गाउँपालिकाका एसइई दिइरहेका विद्यार्थी रोशन सोडाकार रहेका छन् । शिक्षक गुप्ताले इटालियन पेस्तोल जस्तो देखिने हतियार सहितको फोटो फेसबुकमा पोष्ट गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकाले जानकारी दिए । एसपी ढकाले हतियार जस्तो देखिने खेलौना र लाइटर रहेकोले पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र विगतमा उनिहरुको गतिविधिबारे अनुसन्धान गरिने जनाए ।...