Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

चार एआईजीको पदस्थापन, को काहा परे ?

चार एआईजीको पदस्थापन, को काहा परे ?

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २४ । नेपाल प्रहरीका नवनियुक्त चार एआईजीलाई सरकारले पदस्थापन गरेको छ । मन्त्रिपरिषद् बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा पदस्थापन गरेको छ भने सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा पदस्थापन गरेको हो । त्यस्तै मिरा चौधरीलाई कार्य विभाग दिईएको छ भने टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभाग दिईएको छ । गत चैत्र १३ गते गृहमन्त्रालयले पाँच डिआईजीलाई एआईजीमा बढुवाको लागी सिफारीस गरेको थियो । सोही अनुसार सन्दिप भण्डारी, बसन्त बहादुर कुवँर, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका थिए । बढुवा भएका पाँच जना मध्येबाट पहिलो हुदैँ कुवँर महानिरिक्षकमा नियुक्त भईसकेका छन् भने चार एआईजीलाई सरकारले पदस्थापन गरेको हो ।...
फर्कियो ट्विटरको लोगोमा निलो चरा

फर्कियो ट्विटरको लोगोमा निलो चरा

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २४ । सामाजिक सञ्जाल ट्विटरको लोगोमा पुन : निलो चरा फर्किएको छ । गत सोमबार एउटा कुकुरको टाउको देखिएको ट्विटरको लोगोमा शुक्रबार पहिलाकै निलो चरा देखिएको हो । लोगो परिवर्तन गरेको बारेमा ट्विटरले सार्वजनिक रुपमा केहि जानकारी दिएको छैन् । ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए । उनले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी–डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए । आज देखिएको निलो चराको बारेमा ट्विटरले आधिकारीक जानकारी दिएको छैन् । ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन् । अरू प्रयोगकर्ताको नाम भएको ठाउँमा यस्तो चरो आएको छैन् ।...
मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीले एकता गर्ने

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीले एकता गर्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २४ । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आज एकता गर्ने भएको छ । आज मध्यान्ह १२ बजे इच्छुक प्रतिष्ठान घट्टेकुलोमा एक कार्यक्रम बिच पत्रकार सम्मेलन गरी उनिहरुको दुई पार्टीले एकता गर्ने भएको छ । बास्तोलाले नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीबाटअलग भएर नेपाल कम्युनिष्ट पार्टी (बहुमत) पार्टी गठन गरेका थिए।...
आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सरकारद्धारा सहिद घोषणा

आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सरकारद्धारा सहिद घोषणा

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २४ । सरकारले जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा ज्यान गुमाएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बुलाई सहित घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलनको क्रममा ज्यान गुमाएका लिम्बुको परिवारलाई सरकरले क्षतिपूर्ति सम्मेत दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए । उनका अनुसार सरकारको तर्फबाट क्षतिपूर्ति कति दिने भन्न निर्णय टुङ्गो नलागेको उनले बताए । यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । गत चैत्र ५ गते विराटनगरको प्रदेशको नाम कोशी राखेको विरोध प्रदर्शनमा सहभागी लिम्बु प्रहरीको लाठी चार्जबाट घाइते भएका थिए । घाईते भएको लिम्बुलाई उपचारको क्रममा चैत्र १० गते मृत्यु भएको थियो ...
नेपाली सेनाद्धारा १५५ जना कर्मचारीको माग

नेपाली सेनाद्धारा १५५ जना कर्मचारीको माग

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २४ । नेपाली सेनाले विभिन्न पदका लागी जागिर खुलाएको छ । नेपाली सेनाको भर्ना निर्देशनालयले प्रविधिक ÷ हवाई ÷ विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो । नेपाली सेनाले आज गोरखा पत्रमा सुचना निकाल्दै विभिन्न पदका लागी जागिर खुलाएको हो । खुला तथा समावेशी प्रतियोगिताबाट सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरी, भिडियो सम्पादनदेखी विभिन्न पदका लागि सेनाले १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको हो । आज सुचना प्रकाशित मितिबाट आगामी बैशाख २३ गते सम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा दरखास्त पेश गर्न सकिने सुचनामा उल्लेख छ । उचाईको हकमा भने पुरूष ५ फिट ३ इन्च र महिला ५ फिट हुनु पर्ने छ ।...
उपनिर्वाचनको लागि आजदेखि आचारसंहिता लागु

उपनिर्वाचनको लागि आजदेखि आचारसंहिता लागु

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २४ । आगामी बैशाख १० गते हुन लागिको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि (शुक्रवार) आज देखि आचारसंहिता लागु हुने भएको छ । आयोजका अनुसार आज देखि निर्वाचन सम्पन्न नभएको ठाउँपमा आचारसंहिता लागु हुने भएको हो । आचारसंहिता लागू भएपछि चुनावमा के गर्न पाइन्छ र के गर्न पाइन्न भन्ने विषय निक्र्योल हुन्छ । तर आचारसंहिता उल्लङघनमा देखिने गरी कारबाही नभएको भन्दै आलोचना समेत हुने गरेको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले उपननिर्वाचनमा आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले नछोड्ने दाबी गरेका छन् ।...
खरायोलाई सिस्नु टिप्न हिनेकी दुई दिदीबहिनी मृत फेला

खरायोलाई सिस्नु टिप्न हिनेकी दुई दिदीबहिनी मृत फेला

समाचार
पूर्णपुष्टि,चैत्र २४ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ को रन्मा गाउँ स्थित चिकायाँबाँमा खरायोलाई सिस्नु र हरियो घाँस टिप्न हिडेकी दुई दिदीबहिनीको मृत्त फेला परेको छ । स्थानी तारामान बुढा र ग्वारी बुढा दम्पतीका दुई छोरी रीना र कालीमाया बुढा मृत अवस्थामा फेला परेको हो । मृतक बालिकाहरूको कानमा लगाइएको सुनको गहना फुकालिएको अवस्थामा भेटिएको वडाध्यक्ष बमबहादुर बुढा ‘विजय’ले बताए। उनका अनुसार घाँस टिप्ने ठाउँबाट करिब १ किलोमिटरको दूरीतर्फ घिसार्दै लगेर हत्या गरिएको आशंका गर्न सकिने बताइएको छ। पारिवारिक स्रोतका अनुसार मृतक बालिका रिना ११ र कालिमाया ९ वर्ष रहेको बताएको छ । रीना साइँली हुन् भने कालीमाया कान्छी सन्तान हुन् । स्थानीयका अनुसार घ्याउँ अर्जुँ भनिने ठाउँमा पत्ता लागेका शव करिब ५० मिटरको फरकमा भेटिएका हो । घटनास्थलको प्रकृति हेर्दा लुटेराबाटै हत्या भएको हुन सक्ने स्थानीयको ...
आज विश्व स्वास्थ्य दिवस मनाइँदै

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,चैत्र २४ । विश्व स्वास्थ्य दिवस हरेक वर्ष अप्रिल ७ मा मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष नेपालमा “सबैका लागि स्वास्थ्य” भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो । जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अभैm सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभु...
धरान कोकाहा खानेपानी सहयोगार्थ कन्सर्टका लागि खल्ती बाट पनि टिकट काट्न सकिने

धरान कोकाहा खानेपानी सहयोगार्थ कन्सर्टका लागि खल्ती बाट पनि टिकट काट्न सकिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २३ । धराने जनताहरुलाई खानेपानी सहजताका लागि मेयर हर्क साम्पाङ दिन रातनै लागि परिरहेको छ । धरानका करिब ७ ओटा भन्दा बढी स्थानीय खोला बाट आयोजना पुरा गरी सामान्य खानेपानी नागरिकहरुलाई बाँडीसको पनि छ । त्यसै अभियान अन्तरगत अर्को खोला कोकाहा खोलाबाट पनि पानी तान्ने काम भैरहेको छ । हाल कोकाहा खानेपानी सहयोग अभियानका लागि धरानमा च्यारिटी कन्सर्ट नै हुन गैरको छ । धरानमा मेयर हर्क साम्पाङले खानेपानीको लागि श्रमदान बाटै सानो तिनो योजनाहरु पुरा गरि पनि सकेको छ । तर यो दिर्घ कालिनको लागि भने सामाधन नहुने मेयर साम्पाङ आफै बताउँछन् । धराने जनताको दिगो खानेपानी विकासका लागि कोशी बाट पानी ल्याउनु पर्ने मेयर साम्पाङले बाराम्वार बताउँदै आएको छ । उनि त्यस्कै लागि काठमाण्डौँ पुगेर प्रधान्मत्री र बिभिन्न बिभागिय मन्त्रीहरु सँग पनि भेटघाट गरेको छ । धरानको समस्याको पत्र मन्त्रीहरुलाई ठम्याउ...
नेपालमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५८

नेपालमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५८

समाचार
पूर्णपुष्टि,चैत्र २३ । नेपालमा पल्लिो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५८ पुगेको तत्याङकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार मात्रै ९८ जनामा कोरोना संक्रमण देखिएको थियो ।...