Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा लघुवित्त,बैंकको चर्को ब्याजदर र महंगी विरुद्ध विरोध प्रदर्शन

उदयपुरमा लघुवित्त,बैंकको चर्को ब्याजदर र महंगी विरुद्ध विरोध प्रदर्शन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २४ । जिल्लाका गाईघाटमा लघुवित्त बैंकको चर्को ब्याजदर र मंहगी विरुद भ्रष्टाचार र राष्ट्रिय,जनघात विरुद्ध बिरोध प्रर्दशनी गरेको छ । शुक्रबार त्रियुगा नगरपलिका ११ विशालनगर टोल स्थित नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्य समिति उदयपुरको आयोजनामा ३३औँ जनआन्दोलन दिवसको अवसरमा भष्टाचार र राष्ट्रघात जनघात बिरुद्को बिरोध प्रदर्शन कार्यक्रम गरिएको हो । प्रदर्शनमा उदयपुर जिल्ला ईन्चार्ज अमृत खत्रीको नेतृत्वमा बिभिन्न नाराहरु सहित गाईघाटको मुख्या चोक हुँदै बजार परिक्रमा गरेको विरोध र्याली पिपलचौकमा पुगि कोणसभामा परिणत भएको थियो । र्‍यालीमा ३३औ जन आन्दोलन दिवस सफल पारौँ, बीर सहित लाल सलाम, राष्ट्रिय स्वाधिनताको रक्षा गर, बढ्दो महङ्गि नियन्त्रण गर, लघुबित्त संस्था खारेज गर र भ्रष्ट्राचारिुलाई फाँसी दे लागाएतका नाराहरुको साथ करिव ५० जनाको सहभागितामा र्‍याली प्रदर्शनी गरेको थियो ।...
लघुवित्तहरुलाई नेपाल कम्युनिष्ट पार्टीको आग्रह, महिलाहरुलाई धाक, धम्की र दबाव दिने काम बन्द गर्नुस्

लघुवित्तहरुलाई नेपाल कम्युनिष्ट पार्टीको आग्रह, महिलाहरुलाई धाक, धम्की र दबाव दिने काम बन्द गर्नुस्

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २४ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला उदयपुरले लघुवित्त पिडित महिला दिदिबहिनीहरुलाई दबाव, धाक र धम्की दिने काम बन्द गर्न आग्रह गरेको छ । शुक्रबार त्रियुगा नगरपाकिला वडा नम्बर ११ हिमालिटोलमा अवस्थित स्वावलम्व लघुवित्त संस्थाका प्रमुख राजु बस्नेतलाइ पार्टी ईन्चार्ज अमृत सी र जिल्ला सेके्रटरी जित बहादुर सीले महिलाहरुलाई धम्कि पुर्ण दबाव नदिन आग्रह गरेको हो । नेपाल सरकारले पिडितहरको पक्षमा एक खालका निर्णय नगरे सम्म सघुवित्त संस्थाका कर्मचारीहरुलाई पिडित महिलाहरुको घर घरगैँ उनिहरुलाई दबाव दिने कार्य बन्द गर्न प्रमुख बस्नेतलाई सुझाए । साथै देशै भरीका लघुवित्त संस्थाहरुलाई यस्ता कार्य बन्द गर्न विज्ञाप्ती सहित आह्वान गरिरहेको छ । पार्टीले अहिलेको अवस्थामा देशनै आर्थिक मन्दी तर्फ हुँदा पहिले यहाँ जनता बाँच्नु पाउने पर्नेमा जोड गरे । जनताहरु घाँस बाँस बिहिन अवस्थामा बनाएर लघुवित...
त्रियुगाको दुर्गम वडा १६ नं का महिलाहरुलाई निशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार

त्रियुगाको दुर्गम वडा १६ नं का महिलाहरुलाई निशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र २४ । त्रियुगा नगरपालिका वडा नं १६ मा महिलाहरु सँग सम्बन्धित बिभिन्न रोगको निशुल्क चेक जाँच तथा उपचार भएको छ । बिहानी महिला सामुदायीक संस्था त्रिनपा १६ को आयोजना, १६ नं वडा कार्यालयको सहयोग तथा उदयपुर अस्पताल गाईघाट र ओरेक नेपालको समन्वयमा संञ्चालन गरिएको एक दिने महिला स्वास्थ्य उपचार तथा स्क्रिनिङ सिविरमा चेक जाँच तथा उपचार गरिएको हो । वडाअध्यक्ष मान वहादुर राईका अनुसार त्यस सिविरबाट वडाका करिब सय जना महिलाहरुले प्रत्यक्ष सेवा लिएको जनाए । जिल्ला अस्पताल उदयपुरका महिला तथा स्त्री रोग बिषेशज्ञ मुकेश झाको नेतृत्वमा १६ नं वडाको आधारभुत स्वास्थ्य चौकी सुकौरामा कार्यक्रम संञ्चालन गरिएको हो । २०७९-०८० को स्वीकृत वडागत महिला लक्षित बजेटबाट सिवीर संञ्चालन गरिएको अध्यक्ष राईले जनाए । उक्त सिवीरमा ३ जनाको भने जटिल समस्या फेला परेको छ । उनिहरुको भने शल्यक्रिया नै गर्नु पर्ने...
अल्लु अर्जुन अभिनित ‘पुष्पा २’ को टेलर सार्वजनिक (भिडियो सहित)

अल्लु अर्जुन अभिनित ‘पुष्पा २’ को टेलर सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र २४ । अल्लु अर्जुन अभिनित पुष्पा २ को टेलर सार्वजनिक भएको छ । तिन मिनेट पन्ध्र सेकेन्ड लामो टेलरमा अल्लु अर्जुनलाई प्रहरीको ८ गोली लागी मृत्यु भएको खबर मिडियामा आएपछि पुष्पाको समर्थकहरुले उनलाई सार्वजनिक गर्नुपर्ने भन्दै प्रदर्शन गरेको दृष्यमा हेर्न पाईन्छ । पुष्पालाई ग्याङ्गस्टरको भुमिकामा प्रस्तुत गरिएको छ । उनको मृत्युको खबर पछि पुष्पालाई जङ्गलमा बाघसँग जम्काभेट भएको देखाईएको छ । यस टेरलमा एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गरिएको छ । यो फिल्म शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंहबीचको लडाइँमा आधारित छ । यस फिल्मको पहिलो श्रखला विश्वभर सुपरहिट भएपछि अल्लु अर्जुन र रश्मिका मन्दानालाई ग्लोबल स्टारको रुपमा स्थापित हुन यस फिल्मले राम्रो भुमिका खेलेको छ । सुकुमारको लेखन तथा निर्देशन रहेको यो फिल्म सन् २०२३ कै बहुप्रतीक्ष...
आगामी आर्थिक वर्ष बजेट लेख्ने भुपाल बरालको संयोजकमा नयाँ टिमको टुंगो

आगामी आर्थिक वर्ष बजेट लेख्ने भुपाल बरालको संयोजकमा नयाँ टिमको टुंगो

समाचार
पूर्णपुष्टि,चैत्र २४ । आगमी आर्थिक वर्ष (आव) २०८०–८१को बजेट लेख्न अर्थ मन्त्रालयले नयाँ टिमको टुंगो लगाउको छ । मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । बजेट लेखनमा अर्थ मन्त्रालयका दुई सचिव (राजस्वसहित) र अर्थ मन्त्रीले मार्गदर्शन गर्ने गर्छन् । यसअघि राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भई काम भइरहेको छ । मन्त्रालयले सहसचिव भुपाल बराल संयोजक रहने गरी समिति बनाएको छ । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।...
१६ नं वडाका अति बिपन्न परिवारलाई बाख्रा वितरण, गरिबी हटाउने प्रयास

१६ नं वडाका अति बिपन्न परिवारलाई बाख्रा वितरण, गरिबी हटाउने प्रयास

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २४ । त्रियुगा नगरपालिका वडा न. १६ ले अति विपन्न वडावासीहरुलाई बाख्रा वितरण गरेको छ । वडाले उक्त कार्यक्रमलाई बर्षेनी निरन्तरता दिईरहेको अवस्था छ । वडाका विपन्न परिवारलाई गरिबीबाट उकास्न बार्षिक रुपमा पशु वितरण कार्य गर्दै आएको छ । शुक्रबार सिरुवानी गाउँ स्थित वडामा रहेको टोलका अति विपन्नहरुलाई घरपरिवारलाई छनौट गरी बाख्रा वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जनाए । अध्यक्ष राईका अनुसार वडा स्थित सिद्रे, चिलाउने, फोक्सीन्टार, सिम्ले, सिदाली, कर्कले गैरि गाउँ, सिरुवानी, धौरी, भोर्ले, जाँते, ब्याङ्री र रातापानी गरी १५ विपन्न घर परिवारलाई बाख्रा वितरण गरिएको हो । । वडाअध्यक्ष राईका अनुसार २०७९÷०८० को स्वीकृत वडागत बजेट तथा कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको जनाए । उक्त कार्यक्रम अन्तरगत वडाले गत विगत देखिनै बाख्रा, बंगुर र भैर्सी जस्ता पशुहरु वितरण गर्दै आएका थिए । ...
उदयपुरको बसाहामा हास्य कलाकार गणेश इशारा राईको एकल कमेडी शो हुने

उदयपुरको बसाहामा हास्य कलाकार गणेश इशारा राईको एकल कमेडी शो हुने

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र २४ । चौदण्डीगढी नगरपाकिलाको बसाहामा हास्य कलाकार गणेश इशारा राईको एक्कल कमेडी हो प्रतियोगिता हुने भएको छ । भोली (शनिवार) बसाहा क्लवको आयोजना र बलबहादुर राई फाउण्डेशनको सपोर्टमामा उक्त प्रतियोगिता हुने भएको हो । स्थानीय समाजसेवी बीरमाया राई(शोभोमा) स्मृतिकोष निर्माणको सहयोगार्थमा हुन लागेको कार्यक्रममा गायक डिजराज पौडेल लगायत अन्य स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । कलाकार इशाराले भैपरी आउने समस्याबाट पीडितहरुलाई संस्थाको क्षमता अनुसार सहयोग गर्ने उदेश्य अनुसार नै मावली स्व.हजुरआमाको नामबाट स्मृति कोष स्थापना गरेको कलाकार राईले बताए । कलाकार इशाराको गाइजात्रा कोशेली “सदन हल र भट्टी पसल उस्तै, साँढेतन्त्र र भद्रगोल डटकम” चर्चित कार्यक्रमहरु हुन् । उनले दर्जनौ म्यूजिक भिडियोको निर्देशनसमेत गरिसकेका छन् । कार्यक्रम नारद आदर्श मा.बिको मैदानमा दिउ...
बिदेशमा ज्यान गुमाएकाको बिमाको रकम खाने ६ जना पक्राउ

बिदेशमा ज्यान गुमाएकाको बिमाको रकम खाने ६ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २४ । बैदेशीक रोजगारमा गएर ज्यान गुमाएका नागरिकको बिमाबापतको रकम खाएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ रहेका छन् । उनिहरुलाई वैदेशिक रोजगारीमा ज्यान गुमाएका वा विदामा नेपाल आउँदा ज्यान गुमाएका व्यक्तिको परिवारका सदस्यलाई बिमावापतको रकम उपलब्ध गराईदिने भन्दै आधाभन्दा बढी रकम खाएको आरोपमा पक्राउ गरिएको काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ठगिएको २ जनाले प्रहरीमा उजुरी दिएपछि उनिहरुलाई बिहीबार काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो । गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुगेर बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको कार्यालयका प्रमुख एसएसपी मनोज केस...
चौदण्डीमा दुबै खट्टा गुमाएका हिमाल मगरलाई घर बनाईदिने

चौदण्डीमा दुबै खट्टा गुमाएका हिमाल मगरलाई घर बनाईदिने

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २४ । उदयपुरको चौदण्डीगढीमा दुबै खट्टा गमाएका हिमाल मगरलाइ नयाँ घर निर्माण गरिदिने भएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ शिवाईमा बस्दै आएको मगरलाई नेकपा (माओवादी केन्द्र) चौदण्डी नगर समितिको पहलमा घर निर्माण गरिदिने भएको हो । माओवादी केन्द्रकी नगर उपाध्यक्ष हिरा थापाको विशेष भूमिकामा सन्चालन भएको घर निर्माण अभियान अनुसार बिहीबारबाट निर्माण कार्य सुरु गरिएको भएको हो । इटा जोडेर जस्ताको छानो भएको एक शौचालय सहित निर्माण गर्दा करीब ३ लाख ५० हजार खर्च लाग्ने अभियानका प्रमुख हिरा थापाले बताईन । अपाङ्गता मगरको श्रीमती केही वर्ष अघि निधन भइसकेको र उनी अहिले ११ वर्षीया एक छोरीसँग बस्दै आएका छन । उनले बसेको जग्गा पनि स्थानीयहरुसँगको साथ सहयोगमा पूर्व वडाध्यक्ष देवनारायण चौधरीले उपलब्ध गराएको हो ।...
चितवन प्रशासनद्धारा हातहतियार बुझाउन सुचना जारी

चितवन प्रशासनद्धारा हातहतियार बुझाउन सुचना जारी

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २४ । चितवन जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै हातहतियार बुझाउन लगाएको छ । चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागी हातहतियार बुझाउन भनिएको हो । बैशाख १० गते उपनिर्वाचन हुदैँछ । आज जारी गरेको सुचनामा जिल्ला भित्रका नागरिकहरुले ईजाजत पत्र हातहतियार यहि चैत्र मसान्त भित्र नजिकैको प्रहरी कार्यालयमा गएर बुझाउन भनेको छ । उपनिर्वाचन नसकुनजेल सम्मका लागी हातहतियार बुझाउन लगाईएको छ । यदि कसैले सुचनालाई अवज्ञा गरेमा कानुन बमोजिम कारवाही गरिने समेत उल्लेख गरिएको छ ।...