Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

आज विश्व शरणार्थी दिवस

आज विश्व शरणार्थी दिवस

समाचार
पूर्णपुष्टि,असार ५ । आज विश्वभर शरणार्थी दिवस मनाइएको छ । वर्षेनी जुन २० का दिन यो दिवस मनाउने गरिन्छ । २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । द्वन्द्व, हिंसालगायतका कारणले विश्वमा धेरै मानिस आफ्नो थातथलो छाड्न बाध्य हुने गरेका छन् । भुटानबाट आएका करिब ५० हजार शरणार्थीमध्ये धेरैलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, बेलायत, अमेरिकालगायतका तेश्रो देशमा पुनर्वास गराइएको छ । यस अवसरमा राष्ट्रसंघले शरणार्थी, शरणार्थीको मान्यता पाउनका लागि आश्रयको खोजीमा रहेका, राज्यविहीन मानिस तथा शरणार्थी जीवन बिताएर आफ्नो ठाउँ फर्किएका अनि शरणार्थी बन्ने जोखिममा रहेकाको हकका लागि एक भएर काम गर्न आग्रह गरेको छ । विश्वमा शरणार्थीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगका अनुसार सन् २०१७ को अन्त्यसम्ममा विश्वमा ६ करोड ...
प्रदेश मुख्यमन्त्री कप : उदयपुरको सुरुवाती जित

प्रदेश मुख्यमन्त्री कप : उदयपुरको सुरुवाती जित

खेलकुद
पूर्णपुष्टि,असार ५ । ओखलढुंगाको सिद्धि चरण नगरपालिकामा सोमबार देखि सुरुभएको कोशी प्रदेश मुख्यमन्त्री कप नाँकआउट प्रतियोगितामा उययपुरले सुरुवाती चरणमा सहज जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा मोरङ जिल्लालाई घर पढाउँदै गाईघाट फुटबल संघ उदयपुरले विजयीको यात्रा सुरुवात गरेको हो । दर्शकहरुको परिभराउँ भएको खेलमैदानमा प्रतिश्पर्धात्मक खेलको पहिलो हाफ सम्म कुनै टिमका तर्फबाट कुनै गोल हुन सकेन । सुरुवाती चरण देखिनै काउन्टर अट्याक खेल प्रदर्शन गरेका उदयपुरले दोस्रो हाफमा भने उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनी गरेका उदयपुरले खेलका ६३ औं मिनेटमा डी बक्स एरिया नजिकैबाट पाएको फ्रि किकलाई सहि सदुपयोग गर्दै टिम कप्तान सुनिल खड्काले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । प्रतियोगिताकै निर्णायक गोल गरेका खड्काले नगद रु ४ हजार सहित म्यान अफ दी म्याच प्राप्त गर...
काठमाडौं महानगरले ११ महिलनामा आठ अर्ब राजस्व उठायो

काठमाडौं महानगरले ११ महिलनामा आठ अर्ब राजस्व उठायो

समाचार
पूर्णपुष्टि,असार ५ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आर्थिक वर्ष २०७९(८० को ११ महिनामा ८ अर्ब २९ करोड ९५ लाख ५९ हजार २७८ राजस्व सङ्कलन गरेको हो । यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशत मात्रै हो । महानगरपालिकाले चालु आर्थिक वर्षको लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो । जसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व सङ्कलन मध्ये काठमाडौँ महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको देखिएको छ । महानगरपालिका ४ अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये ४ अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब बढी हो । आर्थिक वर्ष २०७८–७९ मा महानगरले ३ अर्ब ७२ करोड मात्रै आन्तरिक आय सङ्कलन गरेको महानगरको राजस्व ...
दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

समाचार
पूर्णपुष्टि,असार ५ । सुदूरपश्चिमको दार्चुलामा आज भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको थियो । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।...
द्वन्द्वमा यौन हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

द्वन्द्वमा यौन हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

समाचार
पूर्णपुष्टि,असार ५ । आज द्वन्द्वमा यौन हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै छ । प्रत्यक वर्षको जुन २० मा नेपालसहित संसारभर यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष यो दिवस मनाउने घोषणा सन् २०१५ जुन १९ मा गरेको हो । युद्धका समयमा यौन हिंसामा पर्नेहरूका वेदनाको सम्बोधन गरी अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज बुलन्द बनाउन तथा द्वन्द्वका समयमा हुने यौन हिंसाको उन्मूलनका लागि दिवस महत्वपूर्ण मानिन्छ । द्वन्द्वमा हुने यौन हिंसाको अन्त्य गर्न आवश्यक जनचेतना जगाउने मुख्य उदेश्य दिवसको रहन्छ । दिवसका अवसरमा विश्वमा विभिन्न समयमा भएका द्वन्द्वका बेला यौन हिंसाबाट पीडित भएका र यस्ता अपराधको अन्त्यका लागि साहसपूर्वक आफ्नो जीवन समर्पण गर्नेहरुलाई सम्मान गर्ने गरिन्छ । बलात्कार, यौन दासत्व, जबरजस्ती वेश्यावृत्ति, गर्भावस्था, गर्भपतन,...
लैङ्गिक हिंसा नियन्त्रण तथा भावी कार्ययोजनाको विषयमा अन्तरक्रिया

लैङ्गिक हिंसा नियन्त्रण तथा भावी कार्ययोजनाको विषयमा अन्तरक्रिया

समाचार
पूर्णपुष्टि,असार ४ । उदयपुरको गाईघाटमा लैङ्गिक हिंसा नियन्त्रण तथा भावी कार्ययोजनाको विषमयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार बोक्सेको कर्मचारी मिलन केन्द्रमा भएको अन्तरक्रिया कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतित्यतामा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बालमन्दिर माध्यमी विद्यालयको करिव ३५ जना किशोरकिशोरीहरुको उपस्थितिमा कार्यक्रम सम्पनन भएको हो । लैङ्गिक हिंसा कसरी नियन्त्रण गर्ने र त्यसलाई भावी दिनमा कसरी कार्ययोजना बनाउँने भन्ने बिषयमा अन्तरक्रिया गरिएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरको पछिल्लो तथ्याङकन अनुसार ३ वर्षमा अधिकांस महिलाहरु हिंसामा परि बेपत्ता परेको देखिएको छ । प्रहरीका अनुसार महिलाहरु घरायसी मानसीक यातना साथै लैङ्गिक हिंसामा परेको अनुसन्धानमा खुलेको जनाएको छ । उदयपुरका प्रहरी नायक उपरिक्षक हरिनन्द चौधरीले धेर...
प्रथम लालबजार च्यालेन्ज कपको उपाधि सुनाखरी युवा क्लबले जित्यो

प्रथम लालबजार च्यालेन्ज कपको उपाधि सुनाखरी युवा क्लबले जित्यो

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ४ । उदयपुरको बेलका नगरपालिकामा भएको प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सुनाखरी युवा क्लबले जितेको छ । आईतबार भएको फाईनल खेलमा आयोजक बेलका ४ सुनाखरी युवा क्लबले १–० गोलले बेलका ८ यलम्बर स्पोर्टिङ क्लबलाई हराउँदै उपाधि बिजेता बनेको हो । बिजेता सुनाखरीले नगद रु. २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् भने उपबिजेताले १० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेताहरुलाई बेलका नगरपालिकाको मेयर तथा प्रमुख अतिथि अशोक कार्की, बिशेष अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समिति अध्यक्ष गोपिलाल राई, सचिब दिपेन्द्र नेपका एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेत, नेकपा माओवादी केन्द्र बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङ लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरका थिए । जेष्ठ २८ गतेदेखी सुरु भएको प्रतियोगितामा जम्मा ८ वटा टिमले सहभागिता...
उपप्राध्यापक प्रेम चलाउने प्रहरी नियन्त्रणमा

उपप्राध्यापक प्रेम चलाउने प्रहरी नियन्त्रणमा

राजनीति
पुर्णपुष्टि,असार ४ । काठमाडौँ जिल्ला अदालत परिसरमा आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन पुगेको त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार प्रहरीले धर्ना दिना आएका चलाउँने सहित केहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले रातोपाटीलाई जानकारी दिए । चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । अदालतभित्र होहल्ला र नाराजुलुस गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिए । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको उनले बताए । समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहि...
चौदण्डीगढी नगरपालिकाद्धारा नश्ल सुधार गर्न ३५ कृषक समुहलाई बिउ बोका वितरण

चौदण्डीगढी नगरपालिकाद्धारा नश्ल सुधार गर्न ३५ कृषक समुहलाई बिउ बोका वितरण

Breaking News 3, समाचार
  पूर्णपुष्टि, असार ४ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले ३५ कृषक समुहलाई बाख्रामा नश्ल सुधारका लागी उन्नत जातको बिउ बोका वितरण गरेको छ । नगरपालिकाले कृषि र पशुपालनबाट नगरका कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रामा नश्ल सुधार गर्न सुरु गरेको हो । नगरपालिकाको कृषि विकास शाखाका अनुसार नश्ल सुधारका लागि सिरोही, बिटल, अजमेर र सोजत जातको उन्नत बिऊ बोका बितरण गरिएको छ । उन्नत जातको बोकाबाट उत्पादन हुने पाठापाठी नश्ल सुधार हुँदै गए ७० देखि १ सय किलो सम्मको हुने जनाईएको छ । चौदण्डीगढीका मेयर कालु लामाले कृषक समुहलाई विउ बोका हस्ताण्तरण गर्नु भएको थियो । नगरपालिकाले आगामी १० वर्ष भित्रमा कृषि र पशुपालनबाट आत्म निभर भई आयत प्रतिस्थापन गर्ने नीति लिएको मेयर लामाले बताए । नगरपालिकाले अन्तराष्टिय साझेदार संस्था हेफर इन्टरनेशनल र स्थानीय संस्था विकास सहजिकरण संजाल डिफानसँग सम्झौता गर...
नेपालभर नै ‘आदिपुरुष’ को प्रदर्शन रोकियो

नेपालभर नै ‘आदिपुरुष’ को प्रदर्शन रोकियो

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ४ । नेपालभर नै भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन रोकिएको छ । ‘आदिपुरुष’ को नेपाल वितरण कम्पनि ब्यांकटेस फिल्म्सले सोमबारदेखी देशव्यापी प्रदर्शनमा रोक लगाएको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको र सबैतिर फिल्मको प्रदर्शन रोकिएको जानकारी दिए । काठमाण्डौँ महानगरका हल व्यवसायीहरुले महानगरको आधिकारीक पत्र बिनै फिल्मको प्रदर्शन रोकेकोमा आपत्ती जनाउँदै उतार्ने निर्णय भएको बताए । उनले भने ‘हल व्यवसायीले नै आधिकारिक पत्र बिना, फेसबुकमा स्टाटस लेखेको भरमा फिल्म रोक्नुहुन्छ भने हामीले अन्त चलाइरहनु जरुरी छैन्’ । चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ । साथै, समस्या समाधानका लागि मेयर बालेनले पनि तदारुकता नदेखाएकोप्रति वितरकको गुनासो छ । काठमाडौं महानगरका मेयर बालेद...