Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

आजदेखी साफ च्याम्पियन सिप, नेपालले कुवेतको सामना गर्दै

आजदेखी साफ च्याम्पियन सिप, नेपालले कुवेतको सामना गर्दै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ६ । आजदेखी सुरु हुने दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्दैछ । भारतको बेंग्लोरमा हुने साफ प्रतियोगितामा कुवेत आमन्त्रित टिमको रुपमा सहभागी भएको छ । छोटो तयारीकाबीच भारत पुगेको नेपालका लागि यस संस्करणमा कठिन चुनौती रहेतापनि नेपाली टिम कठिन चुनौतीको सामना गर्न तयार भएको प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बताएका छन्। सन् २०१९ यता नेपाल र कुबेत भएको पाँच खेलको चार खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो भने गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४–१ गोलको जित निकालेको थियो। कुवेत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि नेपाली राष्ट्रिय टोली साफ च्याम्पियनसिपका लागी भार...
आज विश्व सङ्गीत दिवस मनाइँदै

आज विश्व सङ्गीत दिवस मनाइँदै

समाचार
पूर्णपुष्टि,असार ६ । आज जुन २१ तारिख विश्व सङ्गीत दिवस मनाइँदैछ । सन् १९८१ जुन २१ तारिखका दिन फ्रान्समा पहिलोपटक यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् । बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि बिनायोसम्म मौलिकता थप्ने बाजाहरू छन् । सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।...
आज पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान

आज पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ६ । आज पोखरा विमानस्थलमा पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय जहाज अवतरण गर्ने भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे विमानस्थलमा अवतरण गर्ने तयारीमा छ । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित १३० जना यात्रु रहने यो जहाज ११ बजे काठमाडौं फिर्ता हुनेछ । १ जनवरी २०२३ बाट सन्चालनमा आएको यस विमानस्थलबाट आन्तरिक उडान भएपनि अन्तर्राष्ट्रिय उडान पहिलोपटक हुन लागेको हो ।...
उदयपुरगढी गाउँपालिका १ तावाश्री बालमैत्री वडा घोषणा

उदयपुरगढी गाउँपालिका १ तावाश्री बालमैत्री वडा घोषणा

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ असार । उदयपुरगढी गाउँपालिका १ नं वडा तावाश्री बालमैत्री वडा घोषणा भएको छ । बालमैत्रीका लागि करिब ५१ ओटा सूचकहरुको मापदण्ड पुरा गर्दै बालमैत्री वडा घोषणा भएको वडाअध्यक्ष दिल वहादुर राना मगरले जनाए । रानाका अनुसार लामो समयको संघर्ष र प्रयास पश्चात वडालाई बालमैत्री वडा निर्माण गर्न सकिएको जनाए । उनले पहिलो कार्यकालको जनप्रतिनिधिहरुले पनि यसका लागि प्रयासहरु थालनी गरेको जनाए । संघ संस्था, बालवालिका, अबिभावक, शिक्षक, स्थानीय सरकार र वडावासी लगायतका सबैको प्रयास पहलले वडालाई बालमैत्रिपूर्ण बनाउन सफल भएको अध्यक्ष रानाले बताए । यसका लागि हुरेण्डेक उदयपुर र जाल्पा एकीकृत बिकास समाज उदयपुरले बिषेश सहयोग र पहल गरेको रानाको भनाई छ । उक्त वडालाई मंगलबार जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरब बहादुर विश्वकर्माले घोषणा पत्र सार्वजानिक गर्दै उदयपुरगढी १ तावाश्री बालमैत्री वडा घोषण...
आज वर्षकै सबैभन्दा लामो दिन

आज वर्षकै सबैभन्दा लामो दिन

समाचार
पूर्णपुष्टि,असार ६ । आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो । जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ । जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुवातको पर्वकै रुपमा पनि मनाउँछन् । डिसेम्बर २१ वा २२ तारिखमा चाहिँ दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ ।...
सुदूरपश्चिम प्रदेशभर आज मन्त्री सिंहको निधनमा शोक बिदा

सुदूरपश्चिम प्रदेशभर आज मन्त्री सिंहको निधनमा शोक बिदा

समाचार
पूर्णपुष्टि,असार ६ । सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा सुदूरपश्चिम सरकारले आज शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो। शोक बिदासँगै राष्ट्रिय झन्डा आधा झुकाउने सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले जानकारी दिए। दुर्घटनापछि मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरमा मंगलबार बेलुका ५ बजेर ३३ मिनेटमा मृत्यु भएको थियो । मेडिकल कलेजले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री सिंहको मृत्यु भएको पुष्टि गरेको हो। मंगलबार दिउँसो करिव दुई बजेतिरको समयमा डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गाडीमै सवार मन्त्री सि...
हवाई इन्धनको मूल्यसँगै भाडा पनि घट्यो

हवाई इन्धनको मूल्यसँगै भाडा पनि घट्यो

समाचार
पूर्णपुष्टि,असार ६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंलवार निगमलृ विज्ञाप्ती जारी गर्दै आन्तरिक र बाह्य हवाई इन्धनको भाउ घटेको जानकारी दिएको हो। निगमका अनुसार हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रूपैयाँ घटाइएको छ । योसँगै अब हवाई इन्धन आन्तरिक अब प्रतिलिटर १५० रूपैयाँ पर्नेछ। त्यस्तै हवाई इन्धन बाह्यमा प्रतिकिलोलिटर २ सय डलर (प्रतिलिटर करिब २६ रूपैयाँ) घटाइएको हो । हवाई इन्धन बाह्य अब प्रतिकिलोलिटर १ हजार १५० डलर (प्रतिलिटर करिब १५१ रूपैयाँ) पर्नेछ। निगमले निर्धारण गरेको नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ जनाएको छ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुने गरी आन्तरिक उडानतर्फको भाडादर घटाउने बताएको छ । कुन गन्तव्यको भाडादर कति कम हुने भन्नेबारे प्राधिकरणले सार्वजनिक गरिसकेको छैन।...
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

समाचार
पूर्णपुष्टि,असार ६ । आज जुन २१ तारिख अन्तराष्ट्रिय योग दिवस नेपाममा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । ‘विश्व योग दिवस मुटुका लागि योग’ भन्ने नारासाथ विश्वभर मनाइँदै छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन सुरू गरिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणमा महत्त्व दिने योग गुरुको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेक...
नागरिक्ता पीडित र प्रहरीबीच माइतीघरमा झडप

नागरिक्ता पीडित र प्रहरीबीच माइतीघरमा झडप

समाचार
पूर्णपुष्टि,असार ५ । नागरिकताविहीन संघर्ष समिति र प्रहरीबीच आज काठमाडौंको माइतीघर मण्डलमा झडप भएको छ । प्रदर्शनको क्रममा नागरिकता पीडितहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो। प्रहरीले उनीहरूलाई रोक्न खोज्दा झडप भएको हो। दुई जनाको टाउकोमा चोट लागेको आन्दोलनरत इन्द्रजित साफीले बताए । केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको उनले बताए। उनीहरू लामो समयदेखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्।...
उदयपुरमा चार दिने फुटबल प्रशिक्षक सम्बन्धि तालिम सुरु

उदयपुरमा चार दिने फुटबल प्रशिक्षक सम्बन्धि तालिम सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार ५ । उदयपुरको गाईघाटमा ४ दिने फुटबल प्रशिक्षक प्रक्षिक्षण सम्बन्धि तालिम सुरु भएको छ । गाईघाटको त्रियुगा नगरपालिका-११ स्थित होटल एवानमा मंगलवार देखि तालिम सुरु भएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा जिल्ला फुटला संघ उदयपुरले आयोजना गरेको फुटबल प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिमको उद्धघाटन अखिल नेपाल फुटबल संघ(एन्फा)का महा–सचिव किरण राईले गरेका थिए । कार्यक्रममा बोल्दै महासचिव राईले यो तालिम सक्षम र एक असल प्रशिक्षक बन्ने पहिलो खुड्किला रहेको र यो खुड्किलाबाट असल र उत्कृष्ट प्रशिक्षक बन्ने यो पहिलो अवसर रहेकोले सबै सहभागीहरुलाई शुभकामनाका व्यक्त गरे । राईले भने,‘एउटा खेलाडीले राम्रो प्रशिक्षक बनेर महत्वपूर्ण भूमिका खेल्न सक्छ।’ ‘उनले भने खेल्कुदलाई अफुले नजिकबाट नियालेको र राम्रो अध्यास गरी व्यवसायी प्रशिक्षक तथा खेलाडी बन्नेहरुको भविश्य नेपालमै छ ।’ राज्यले...