Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाली कला

अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाली कला

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,असार ७ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ । चेक रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखी ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र र स्लोभाकियाको मियावा शहरमा जुन १३ देखी १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रका समूह सहभागी थिए । नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला ९रामचन्द्र० को नेतृत्वमा गएको टोलीमा ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन, जोगेन्द्र केसीको नृत्य निर्देशन र रामबहादुर भुजेलको संगीत संयोजन थियो । मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरव काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौँ नृत्यहरू प्रस्तुत गरिएका थिए । स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरब काल...
वर्षाले बाटो अवरुद्ध हुँदा ताप्लेजुङमा विद्यालय बन्द

वर्षाले बाटो अवरुद्ध हुँदा ताप्लेजुङमा विद्यालय बन्द

समाचार
पूर्णपुष्टि,असार ७ । ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । निरन्तर वर्षा संगै आएको बाढीपहिराका कारण विद्यालय सम्म जानेबाटो अवरुद्ध भएकाले विद्यालय आवत जावत गर्ने अवस्थानहरेकाले सिदिंवा र सिरिजंघा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो । शुक्रबार, शनिबार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजंगा गाउँपालिका(८ आम्फुदीनका रहेको कञ्चजंघा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजंघा गाउँपालिकाका शिक्षा शाखाले जनाएको। बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजंगा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए । यस गाउँपालिकाम...
आज रास्वपाले पहिलो वार्षिकोत्सव मनाउँदै

आज रास्वपाले पहिलो वार्षिकोत्सव मनाउँदै

राजनीति, समाचार
पूर्णपुष्टि,असार ७ । रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ । बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान कार्यक्रमको आयोजना गरिएको हो । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ । उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जनाएका छन्।...
विश्वकप छनोटमा आज नेपालले वेष्ट इन्डिजको सामना गर्दै

विश्वकप छनोटमा आज नेपालले वेष्ट इन्डिजको सामना गर्दै

खेलकुद, समाचार
पूर्णपुष्टि,असार ७ । नेपाली क्रिकेट टोलीले आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तरर्गत आज वेष्ट इन्डिजसँ सामना गर्ने भएको छ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले बताएका छन् । समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान २–२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।...
काठमाडौ महानगरले साउन १ देखि प्लाष्टिक प्रयोगमा निषेध

काठमाडौ महानगरले साउन १ देखि प्लाष्टिक प्रयोगमा निषेध

समाचार
पूूर्णपुष्टि,असार ७ । काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने भएको छ । महानगरको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले २०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने बताएको हो । नीति तथा कार्यक्रममा एकल प्लाष्टिकलाई निषेध गर्ने सँगै प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगरभित्र प्रतिबन्ध लगाउने पनि उल्लेख गरिएको छ । त्यस्तै, महानगरले आगामी आवमा सार्वजनिक स्थानहरुमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्ण रुपमा रोक लगाउने पनि उल्लेख गरेको छ । महानगर क्षेत्रभित्रका सडकपेटीमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन एवं अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध ट्याङ्की, पर्खा...
साफ च्याम्पियनसिपको पहिलो खेलमै नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिपको पहिलो खेलमै नेपाल कुवेतसँग पराजित

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ६ । भारतमा आजदेखी सुरु भएको दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको उद्घाटन खेलमा आमन्त्रीत टोली कुवेतसँग नेपाल ३–१ ले पराजित भएको हो । कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए । खेलको २३ मिनेटमा कप्तान हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ४१औं मिनेटमा अलखल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे भने ६५ मिनेटमा अलखल्दीले कुवेतका लागी तेस्रो गोल गरे । नेपालका लागी ६७ औं मिनेटमा अन्जन विष्टले सानत्वान गोल फर्काए । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्‍याएका छन् । उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाड...
पहिचानको कुरा गर्दा जातिवादको आरोप : रेशम चौधरी

पहिचानको कुरा गर्दा जातिवादको आरोप : रेशम चौधरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,असार ६ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारूहरूले पहिचानको कुरा गर्दा जातिवादको आरोप लाग्ने गरेको बताएको छ । बुधवार उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित पहिचानबादी सकृय समर्थक शुभचिन्तक बीच स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले भने, ‘थारु आदिवासी र पहिचानवादीको पक्षमा समर्पण गरेको छु ।’ थारु समुदायहरुले सस्कृत भाषा बढ्न र लेख्न नसक्दा आफुहरुलाई राज्यले दिएको शैक्षिक अधिकारबाट बञ्चित गराएको जनाए । अहिलेको संविधानले भुमीपुत्र थारु र आदिवासी जनजातिको हक अधिकार सुनिश्चित नगरेको भन्दै अब सर्घषबाट अधिकार प्राप्ति गर्नुपर्ने बेला आएको जनाए । ‘राज्यले टिकापुर घटनालाई थारुले घटाएको भन्दै विभेद पुर्णरुपमा मलाई फसाउने काम गर्‍यो । म कहिल्यै पनि जातीय विभेदको पक्षमा छैन । सयौँ राष्ट्रिय गीत लेख्ने र गाउने गरेको एउटा कुसल कलाकारलाई राज्य...
काठमाण्डौंँ महानगरका शिक्षा सल्लाहकार आर्यालले दिईन् राजिनामा

काठमाण्डौंँ महानगरका शिक्षा सल्लाहकार आर्यालले दिईन् राजिनामा

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, असार ६ । काठमाण्डौंँ महानगरपालिकाका शिक्षा शाखाका सल्लाहकार रेशु दाहलले राजिनामा दिएकी छन् । गत भदौमा महानगरको कार्यपालिका बैठकबाट शिक्षा सल्लाहकारमा नियुक्त भएकी उनले मेयर बालेन्द्र शाहको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै राजिनामा दिएकी हुन् । पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् । बलिउड फिल्म आदिपुरुषमा ‘सिता भारतकी छोरी’ भन्ने संवादलाई लिएर मेयर शाहले काडमाण्डौँ महानगरपालिका भरीका १७ वटै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका थिए । अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि संलग्न छन् । जसका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् । सल्लाहकारमा रहँदा आफूले सकेको काम गरेको भन्दै ...
पोखरा विमानस्थलबाट भारतको सहरमा उडान भर्न सक्ने सम्भावना देख्छु : मन्त्री किराती

पोखरा विमानस्थलबाट भारतको सहरमा उडान भर्न सक्ने सम्भावना देख्छु : मन्त्री किराती

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ६ । सांकृतिक, पर्यटन तथा उड्डन मन्त्री सुदन किरातीले पोखरा विमानस्थल अन्तर्राष्ट्रिय बाट भारतको विभिन्न क्षेत्रीय सहरहरुमा उडान भर्न सक्ने व्यापक सम्भावना देखेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने ‘पोखराबाट सिधै भारतको विभिन्न क्षेत्रिय सहरहरुमा उडान भर्न सक्ने व्यापक सम्भावना देख्छु । पोखराबाट भारतको पट्ना, चण्डीगढ, गोरखपुर र सिलगुढी विमानस्थलहरुमा उडान भर्न सके थप सांकृतिक, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ भएर जाने विश्वास व्यक्त गरे ।’ आज भन्दा ४ करोड बर्ष पहिला नेपाल र भारत भएको भुगोलमा तेसिस महासागर रहेको उनले बताए । यो भुगोल पानिले भरिएको र दक्षीणबाट विस्तारै भुगोल अग्लीदै जाँदा दुई करोड बर्षअघी वर्तमान नेपाल र भारतको भुगोल तयार भएको उनले बताए । विस्तारै हिमालयहरु...
यूएईबाट १४ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश फर्किए

यूएईबाट १४ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश फर्किए

समाचार
पूर्णपुष्टि,असार ६ । बैदेशिक रोजगारको सिल्सीलामा यूएईमा पुगि विभिन्न समस्या झेल्दै आएका १४ जना नेपाली श्रमिकको उद्धार गरी नेपाल फर्काइएको छ । उनीहरुलाई गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) यूएईको पहलमा गरी स्वदेश पठाइएको हो । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धार गरी नेपाल फर्काइएको संघका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए । यूएईमा कार्यरत उनीहरूमध्ये कोही २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो । त्यसरी अलपत्र परेकाहरुलाई एयर अरेबियाको फ्लाइटबाट स्वदेश पठाइएको हो । अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायत ...