Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

काठमाण्डौँ महानगरमा भारतीय फिल्म नरोक्न उच्च अदालतको आदेश

काठमाण्डौँ महानगरमा भारतीय फिल्म नरोक्न उच्च अदालतको आदेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ७ । काठमाण्डौँ महानगरमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भारतीय फिल्मको प्रदर्शन रोक्ने महानगरको निर्णय विरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटको बिहिवार सुनुवाई गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो विषयको अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुबै पक्षलाई बोलाएको चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीले जनाए । बलिउड फिल्म आदिपुरुषमा जानकी भारतीको छोरी हुन् भन्ने संवादमा आपत्ति जनाउँदै महानगरका प्रमुख बालेन्द्र शाहले सोमबारदेखी भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएका थिए ।...
‘जातिय छुवाछुत अन्त्यका लागि सामाजिक जागरण अभियान’

‘जातिय छुवाछुत अन्त्यका लागि सामाजिक जागरण अभियान’

Breaking News 1
पूर्णपुष्टि,असार ३ । उदयपुरको त्रियुगा नगरपालिकामा जातिय छुवाछुत अन्त्यका लागि सामाजिक जागरण अभियान सञ्चालन गरिएको छ । “जातिय छुवाछूत अन्त्यका लागी हामी सबैको आवाज,जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव मुक्त समाज” भन्ने मुल नाराका साथ त्रियुगा नगरपालिकाका विभिन्न वडाहरुमा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र सरकारी वकिल कार्यालयद्धारा कार्यक्रमको आयोजना गरीएको थियो । आइतवार वडा नं.९ स्थित वडाको आधारभूत स्वास्थ्य चौकीको प्राङ्गणमा गैसस महासंघ उदयपुर, दलित अधिकार सञ्जाल उदयपुर र ओरेक नेपालको सहकार्यमा वडा नं.३, मोतिगडा र वडा ६ पाल्तेबास (महनपुर)मा वडाका विभिन्न सरोकारवाला निकायहरुसंग छलफल अभियान गरिएको अरेक उदयपुरका संयोजक बालिका कार्की बताईन् । गत जेष्ठ २१ गते जातीय छुवाछुत तथा राष्ट्रिय उन्मुलन दिवसको अवसर पारी बिभिन्न ४ वटा वडाहरुमा कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेक...
उदयपुर सिमेन्ट उद्योग फेरि सञ्चालनमा

उदयपुर सिमेन्ट उद्योग फेरि सञ्चालनमा

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार ७ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुन सञ्चालनमा आएको छ । त्रियुगा नगरपालिका–५ जलजलेमा रहेको उद्योग बुधबार विहान ७ः५५ बजेको साइतमा क्लिङ्कर उत्पादनका लागि उद्योग फायरिङ गराएर दुई महिनापछि सञ्चालनमा ल्याएको हो । कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्ट उद्योग करिव दुई महिनापछि पुनःसञ्चालनमा ल्याएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार बस्नेतले बताए । उनका अनुसार अब नियमित उत्पादन र बजारीकरण जारी रहने अध्यक्ष बस्नेतको भनाइ छ । दुई महिनासम्म उद्योग बन्द हुँदा २० करोडभन्दा बढी घाटा व्यहोर्नु परेको पनि अध्यक्ष बस्नेतले बताए । आर्थिक भारले डुबेपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले यसअघि नै राजीनामा दिएका छन् । उद्योग घाटामा भएर कर्...
कोशीमा पानीको बहाव बढेसँगै उदयपुर–सुनसरी सिमाको जेटबोट बन्द

कोशीमा पानीको बहाव बढेसँगै उदयपुर–सुनसरी सिमाको जेटबोट बन्द

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असार । सुनसरी र उदयपुरको सिमाना चताराबाट संञ्चालन हुने जेटबोट बन्द भएको छ । कोशीमा पानीको बहाव बढेसँगै बर्षेनी रुपमा बोट बन्द हुने संञ्चालक समितिले जनाएको छ । उदयपुरको बेलका ८ र सुनसरीको बाराहबाट संञ्चालन हुँदै आएको करिब १३ ओटा जेटबोट यो बर्षको बर्खा सम्मका लागि बन्द भएको कोशी एडभेन्चरका संञ्चालक समितिका सचिव सिव थापाले जनाए । थापाका अनुसार उदयपुर र सुनसरीको सिमानाबाट सानोठुलो गरी १३ ओटा जेटबोट संञ्चालनमा रहेको जनाए । बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्थानहरुमा यात्रु ओसार पसार गर्दै आएका थिए । यसको बाराहा क्षेत्र, त्रिवेणी, सिम्ले र माईबेनी गरी ४ ओटा स्थानहरुमा मुख्य ट्रान्जेक्सनहरु रहेको थापाले जनाए । उनले सिम्लेको लागि सबैभन्दा बढी भाडा १४ सय रहेको जनाए । त्यस यता दुरीको हिसावले लिँदै आएको उनले जनाए । गाडीबाट झण्डै ३ घण्टा सम्म समय लाग्ने ठाउँ सिम्...
सप्तकोशी कटान सुरु, बेलकाका वस्तीहरु जोखिममा

सप्तकोशी कटान सुरु, बेलकाका वस्तीहरु जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ असार । उदयपुरको बेलका र सुनसरीको बाराह सिमाना बिचमा रहेको सप्तकोशीमा पानीको बहाव बढ्न सुरु गरेको छ । बर्खाको सुरुवातमै यस कोशीले कटान समेत सुरु गर्दा बेलकाका कयौँ वस्तीहरु जोखिममा परेको छ । बेलका ८ का वडाअध्यक्ष जय कुमार राईका अनुसार कोशी कटानले ८, ३, ९ र २ लाई क्षती पुराउने अवस्था देखिएको छ । अध्यक्ष राईका अनुसार यसलाई तत्काल समधान नगरे बस्ती जोगाउन निकै चुनौती हुने जनाए । उनले तत्कालको लागि भने सामान्य थुनछेकका काम गरिरहेको जनाए । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नदीलाई दिर्घकालीन रोकथाम गर्न राष्ट्रिय गौरवकै योजनाहरु तय गर्नु पर्ने जनाए । यसलाई दरिलो बनाउनका लागि सामान्य बजेटले सम्भव नहुने जनाएको छ । उनले तत्कालै बलियो रोकथामका लागि बजेट अभाव रहेको हुनाले यसले वस्तीलाई जोखिम बनाउन सक्ने प्रजिअ गौतमको भनाई छ । यसवारे भने जिल्ल...
भारतीय फिल्ममा प्रतिबन्ध लगाएको मेयर बालेन विरुद्धको मुद्दा न्यायाधीश चन्दको एकल इजलासमा

भारतीय फिल्ममा प्रतिबन्ध लगाएको मेयर बालेन विरुद्धको मुद्दा न्यायाधीश चन्दको एकल इजलासमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ७ । काठमाण्डौँको महनगरपालिकाको मेयर बालेन्द्र शाहले भारतीय फिल्ममा प्रतिबन्ध लागएको निर्णयविरुद्धको मुद्धा न्यायाधीश धीरबहादुर चन्दको एकल इजालसमा परेको छ । बिहीबार उच्च अदालत पाटनमा चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले काठमाडौं महानगरविरुद्ध निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका थिए । संघको तर्फबाटका कानुन व्यवसायी जयलाल भण्डारीले मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको यो मुद्धाको आजै आदेश आउन सक्ने सम्भावना रहेको बताए । ‘आदिपुरुष’ फिल्ममा सिता भारतको छोरी हुन् भन्ने संवादमा आपत्ति जनाउँदै मेयर शाहले उक्त संवाद भारतमा सच्याउन फेसबुकमार्फत तिन दिने अल्टिमेटम दिएका थिए । आईतबार अल्टिमेटम संकिदापनि संवाद नहटाएको भन्दै शाहले सोमबारदेखी भारतीय फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका थिए । उनको निर्देशनप...
नेपमेड्सको मोवाइल एप सार्वजनिक

नेपमेड्सको मोवाइल एप सार्वजनिक

समाचार
पूर्णपुष्टि,७ । अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको छ । ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो । नेपमेड्स एप हाल गूगल प्लेस्टोरमा मात्रै उपलब्ध रहेको छ । छिट्टै एप स्टोरमा समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । एपमा अहिले फार्मेसी र हेल्थ लाइबेरी सेवा उपलब्ध रहेको र चाँडै डाक्टरसँग परामर्श र प्याथलोजी सेवा पनि उपब्ध हुने नेपमेड्स प्रालिका संस्थापक केदार चौलागाईले बताए । कम्पनी यसअघि नेपमेड्स डटकम डट एनपीबाट समेत सेवा प्रदान गर्दै आएको छ । नेपमेड्समा अहिले ५०० बढी ब्राण्डका १० हजार बढी प्रडक्टहरू उपलब्ध रहेका छन् । नेपमेड्सले औषधि तथा हेल्थ सम्बन्धि प्रडक्ट सँग संम्बन्धित सेवाहरु, ल्याबसँग संम्बन्धित सेवाहरु, चिकित्सक परामर्श सेवाहरु, खोप संम्बन्धि सेवाहरु लगायतका स्वास्थ्यसँ...
ताप्ली गाउँपालिकाले टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै वडामा बजेट नपाठाउने

ताप्ली गाउँपालिकाले टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै वडामा बजेट नपाठाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार ७ । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । समग्रमा पालिकाभरिका योजना एकीकृतरूपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिने उनको भनाइ छ । पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो । बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारिता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताए । ताप्लीमा पाँच वडाहरु अवस्थित छ । गाउँपालि...
चिर्पटले हानी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

चिर्पटले हानी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ७ । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । सिरिजंघा गाउँपालिका–३ सिकैचाका ३८ बर्षीय लक्ष्मण चाम्लिङ राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । असार ५ गते सांझ घरायसी बिषयमा बादबिबाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमती ३१ बर्षीय निशा राईलाई चिर्पट दाउराले टाउकोमा प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राईले रिसको आवेगमा भान्सा कोठामा रहेको दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । घटनाको आरोपित राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
रास्वपाका प्रशिक्षण विभागको प्रमुखमा अनिल केशरी शाह

रास्वपाका प्रशिक्षण विभागको प्रमुखमा अनिल केशरी शाह

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार ७ । राष्ट्रिय स्वतन्त्र पाटी ‘रास्वपा’ ले अनिल केशरी शाहलाई प्रशिक्षण विभागको प्रमुखमा नियुक्त गरेको छ । पूर्व बैंकर शाहलाई आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले विभागको जिम्मेवारी दिएको केन्द्रिय सदस्य गणेश कार्कीले जानकारी दिए । पार्टी सभापति लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए। नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भईसकेका शाह केही दिनअघि रास्वपा प्रवेश गरेका थिए ।...