टाइटन पनडुब्बी विस्फोट, ५ जनाको मृत्यु
पूर्णपुष्टि, असार ८ । विश्वकै दोस्रो ठुलो आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएकाको टाईटन पनडुब्बी विस्फोट भएको छ । पनडुब्बी विस्फोट हुँदा सवार सबै पाचँ जनाको मृत्यु भएको खोजकर्ताहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
गत आईतबार समुन्द्र भित्र गएको पनडुब्बि टाइटानिकको भग्नावशेष अवलोकन गरेर ८ घण्टामा माथि उत्रिनुपर्नेमा डुबुल्कि लागएको १ घण्डा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको थियो । टाइटन बेपत्ता भएपछि खोजी कार्य तिव्र बनाएको खोजकर्ताहरुले टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेका थिए । त्यसकै आधारमा उनीहरुले टाइटन विस्फोट भएको र सबै ५ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।अमेरिकी जल सेनाले विस्फोटको आवाज सुनिएको बताएका बीबीसीले दाबी गरेको छ ।
टाईटनिक जहाज हेर्न गएको पनडुब्बीमा पाकिस्तानी अरबपति ४८ वर्षका शहजादा दाउद, उनका छोरा १९ वर्षका सुलेमान, बेलायत...









