मंकीपक्स रोग कसरी सर्छ ? लक्षण र रोकथामका उपाय के ?
पूर्णपुष्टि, ९ असार ।
पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स विश्वको १२ युरोपेली देशहरु हुँदै विश्वभर फैलिरहेको छ । यो भाइरस’ नेपालमा पनि पछिल्लो समय फेला परेको स्वास्थ्य संस्थाहरुले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि गरेको छ । त्यस्तै अरु ५० जनामा संक्रमण पुष्टि भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।
‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) पुष्टि भएको जानकारी दिए ।
मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । विदेशबाट...









