Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरे कवी “आरोही” नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुँदै

उदयपुरे कवी “आरोही” नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुँदै

Breaking News 1, साहित्य
पूर्णपुष्टि, १० असार । उदयपुरका कवी जिवन आरोहीलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गर्ने भएको छ । प्रष्ठिानको ६६ औँ बार्षिकोत्सवमा आरोहीलाई पुरस्कृत गर्ने भएको हो । बार्षिकोत्सवको अवसरमा आरोही सँगै अन्य १० जनालाई पुरस्कृत गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागी कविहरुलाई मुल्याङकन समितिले सिफारिस गरे अनुसार पुरस्कृत गर्ने जनाईएको छ ।ओरोहीको “प्रश्नहरुको बिज्ञाप्ती भन्ने शिर्षकको कविता पुरस्कारको लागि छनोटमा परेको हो । प्रतिष्ठानले उदयपुरका अरोही, काठमाण्डौँका उमेश पून, सनुसरीका कृष्ण करुणा पोखरेल, दार्चुलाका खिमानन्द जोशी, रोल्पाका टंक बहादुर झाँक्री मगर, सुनसरीका तिर्थराज विश्वकर्मा, बाँकेका नविन अभिलाषी, डोटीका पुर्णनन्द ओझा, सुनसरीका प्रकाश दिप्साली राई र काठमाण्डौँकी राधिका कल्पीतलाई पुरस्कृत गर्न लागेको हो ।...
गाईघाटको थरुहट रंगशालामा मेयर कप फुटबल प्रतियोगिता सुरु

गाईघाटको थरुहट रंगशालामा मेयर कप फुटबल प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, समाचार
उदयपुर, असार ९ । उदयपुरको त्रियुगा नगरपालिकाका प्रथम मेयर स्वर्गीय लालशेर राईको स्मृतिमा २३ औ मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा स्थानीय थरुहट रंगशालामा सप्ताहव्यापी हुने खेल उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका वर्तमान प्रमुख बशन्त बस्नेतले संसारमै सबै भन्दा लोकप्रिय खेलको रुपमा फुटबल खेल परिचित रहेकाले नेपाली फुटबल टिमले दक्षिण एसिया खेलहरु खेल्ने अवसर पाएको बताए । खेलको माध्यमबाट संसारलाई चिनाउँने अवसर नेपाले पाएको छ । उनले भने ‘उदयपुर जिल्लाको हकमा खेलकुद क्षेत्रमा प्रयाप्त बजेट व्यवस्थापन गर्न देशमा रहेको आर्थिक संकटको कारणले धेरै कठिनाईहरु आई परको छ ।’ विगतको समयमा नगरले २९ देखी ३० लाख सम्म खेलकुदको लागि बजेट छुट्याएको बताउँदै प्रमुख बस्नेतले नगरका भरीका १६ वटै वडाहरुमा खेलकुदका लागि छुटाएको रकम एकिकृत गर्ने ...
नेदरल्याण्ड्स विरुद्धको महत्वपूर्ण खेलमा नेपाल १६७ रनमै अलआउट

नेदरल्याण्ड्स विरुद्धको महत्वपूर्ण खेलमा नेपाल १६७ रनमै अलआउट

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ९ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अलआउट हुँदै नेपालले नेदरल्याण्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै ८ विकेट गुमाएर १६७ रन बनाएको हो । टप सिक्सको सम्भावना कायम राख्न आज नेदरल्यान्ड्सलाई जित्नै पर्ने दबाबमा खेलेको नेपालले कमजोर ब्याटिङ गरेको छ । नेपालका लागी कप्तान रोहित पौडेलले सार्वाधिक ३३ रन बनाए । ओपनर ब्याटर आशिफ शेख रन बिहिन हुँदै आउट भए भने कुशल भुर्तेलले २७ रन बनाएर आउट भए । भिम सार्कीले २२ रन बनाएर आउट भए सन्दिप लामिछानेले २७ रन र दिपेन्द्र शिंह ऐरीले १४ रन बनाए । गुल्सन झा ले १५ रन र कुशल मल्लले १२ रन बनाए । नेदरल्याण्डका लागी भान वीकले ४ विकेट लिए भने डि लीड र भिक्रम शिंहले समान २–२ विकेट लिए । यदी नेपालले नेदरल्याण्ड्लाई हराए पनि...
दक्षिण एसियाकै पहिलो ड्रागन बोट रेसमा नेपाल दास्रो स्थान

दक्षिण एसियाकै पहिलो ड्रागन बोट रेसमा नेपाल दास्रो स्थान

खेलकुद, समाचार
पूर्णपुष्टि,असार ९ । पोखरामा दक्षिण एसियाकै पहिलोपट आयोजना गरिएको ड्रागन बोट रेसमा नेपालले दोस्रो स्थान हाप पारेको छ । बिभिन्न चरणहरु पार गर्दै शनिवार अन्तिम चरण प्रतियोगिता अन्तर्गत पाँच मिटर रेसमा चीनको युनान प्रथम भएको हो । प्रतियोगितामा नेपालको २ टिम र चिनियाँ २ टिम बीच उपाधीका लागि प्रतिस्पर्धा भएको थियो । यस अन्तर्गत नारा नेपाल टिम दोस्रो र सिचुवान ड्रागन बोट टिम तेस्रो भएका छन् । नेपालकोतर्फ बाट प्रतिस्पर्धामा सहभागी ४ टिम मध्ये ‘नारा ड्रागन बोट टीम’ र ‘एनआसीए ड्रागन बोट टीम’ले अन्तिम ४ मा स्थान लिएको जनाइएको छ।...
जापानमा एक नेपाली युवकको हृदय घातबाट मृत्यु

जापानमा एक नेपाली युवकको हृदय घातबाट मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ९ । जापानमा एक नेपाली युवकको हृदयघातबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बु रहेका छन् । लिम्बुको हृदयघातबाट शुक्रबार बिहान मृत्यु भएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए । ‘४ महिना अघिमात्र जापान अएका उनि शुक्रबार छात्रवास (होस्टेल) बाट विद्यालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेपछि तत्काल उद्धार गरी मिनातोकुस्थित चुवु रोसाई अस्पताल लगिएको थियो ‘कार्कीले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्’ अस्पतालका चिकित्सकले बिहान ८ः ०८ बजे नै हृदयघातबाट मृत्यु भएको पुष्टि गरेका छन् ।’ मृतक लिम्वूको शव नेपाली दूतावासबाट आवश्यक कागजी प्रक्रिया पुरा गरी सक्दो छिटो नेपाल पठाउन विद्यालय र एनआरएनए नागोयाको संयुक्त पहलमा काम भइरहेको काकीले जनाएक...
बर्दियामा सेनिटाईर जस्तै तरल पदार्थ खाँदा २ वृद्धा सहित दुईको  मृत्यु, दुई गम्भिर बिरामी

बर्दियामा सेनिटाईर जस्तै तरल पदार्थ खाँदा २ वृद्धा सहित दुईको मृत्यु, दुई गम्भिर बिरामी

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ९ । बर्दियामा सेनिटाईर जस्तै तरल पदार्थ खाँदा वृद्धा सहित दुईको मृत्यु भएको छ भने दुई जना गम्भिर बिरामी भएका छन् । मृत्यु हुनेमा मधुवन नगरपालिका–८ टिसियन फाँटाका ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेका छन् । गम्भिर बिरामी हुनेमा एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए । गम्भिर बिरामी उनीहरुलाई शुक्रबार राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको र घटना सम्बन्भमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।...
बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

समाचार
पूर्णपुष्टि,असार ९ । एक साताअघि पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिंवा गाउँपालिकास्थित मेहेलेका ३ जना अझै नभेटिएपछि उनीहरूका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन्। पहिरोमा बेपत्ताको एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् ।...
आज नेदरल्याण्ड्सलाई जित्नै पर्ने दबाबमा खेल्दै नेपाल

आज नेदरल्याण्ड्सलाई जित्नै पर्ने दबाबमा खेल्दै नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ९ । भारतमा हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आज नेपालले नेदरल्याण्ड्सँग खेल्दैछ । यसअघिको तिन खेल खेलेको नेपालले एक खेलमा मात्र जित हात पारेको छ भने आज हुने नेदरल्याण्ड्सँगको खेल जित्नै पर्ने दबाबमा मैदन उत्रदैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२:४५ बजे खेल सुरु हुनेछ । शिर्ष छ को सम्भावना कायम राख्न नेपालले नेदरल्याण्ड्लाई हराउँनु पर्नेछ छ भने अर्को खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजमाथि जित निकालेमा नेपाल सुपर सिक्समा पुग्नेछ । यदी यो खेल हारेमा नेपाल समुह चरणबाटै बाहिरिने छ । पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने वेस्ट ईन्डिजसँग फराकिलो रन अन्तरमा हारेको थियो । समूह ए मा चार खेल खेलेको वेस्ट इन्डिज ४ अंक सहित पहिलो र समान खेल सहित ४ अंक जोडेको जिम्बा...
वीर अस्पतालका सात सय शय्या बिरामीका निःशुल्क

वीर अस्पतालका सात सय शय्या बिरामीका निःशुल्क

समाचार
पूर्णपुष्टि,असार ९ । वीर अस्पतालले सात सय वटा जनरल शय्या निःशुल्क गराएको छ । अस्पतालको कार्यकारी परिषद्को हिजोको बैठकले सात सय वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा अस्पतालले सात सय वटा बेड निःशुल्क गराएको छ । वीर अस्पतालले यसअघि जेनरल बेडको दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो । जेनरल बेड निःशुल्क गरिए पनि वीरको क्याबिन तथा आईसीयुको शुल्क कायमै छ । वीर अस्पतालमा ९ सय ५० वटा शय्या छन् ।...
एउटै पर्दामा देखिदै पल र प्रदिप

एउटै पर्दामा देखिदै पल र प्रदिप

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ९ असार । नेपाली दर्शकहरुको मन मुटुमा बस्न सफल नेपालका दुई नायक अब एउटै पर्दामा देखिने भएका छन् । ती नायकहरु हुन् प्रवि खड्का र पल शाह । यी दुई नायक एउटै पिल्ममा देखिने भएको हो । दिनेश राउतको निर्देशनमा बन्न लागेको एक फिल्ममा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । नाम तय नभैसकेको फिल्ममा उनीहरु दुवै प्रोटागोनिस्ट पात्रको रुपमा रहने लेखक विकास सुवेदीले जानकारी दिए । फिल्ममा दुवैको बराबर भूमिका रहनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन आगामी भदौबाट सुरु हुनेछ । फिल्मका लागि पलले असार दोस्रो हप्तादेखि कलाकार अनुप बरालबाट अभिनय सिक्दैछन् । यसअघि फिल्म ‘प्रकाश’का लागि प्रदीपले पनि बरालबाट तीन महिना अभिनय सिकेका थिए । फिल्ममा अहिलेलाई पल र प्रदीप मात्र निश्चित छन् । फिल्मको स्क्रिप्टको ‘फर्स्ट ड्राफ्ट’ सकिसकेको छ । दिनेश र पलबीच पहिलो पटक सहकार्य हुन लागेक...