Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

धरान उपमहानगरपालिकाले पनि ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगायो

धरान उपमहानगरपालिकाले पनि ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगायो

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ४ । सुनसरीको धरान उपमहानगरपालिकाले पनि बलिउड फिल्म ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाएको छ । धरानका मेयर हर्क साम्पाङले ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले धरानमा आदिपुरुष मात्रै प्रदर्शन नहुने बताएका हुन् । प्रदर्शन अघि नै विवादमा तानिएको आदिपुरुष झन विवादित बन्दै गएको छ । काठमाण्डौँ महानगरपालिकाको मेयर बालेन शाहले उक्त फिल्ममा सिता भारतको छोरी भन्ने शब्द हाटाउन अल्टिमेटम दिएको थियो । आईतबार अल्टिमेटको अवधि सकिँदासम्म संवाद नहाटपछि मेयर शाहले सोमबार देखी महानगरभित्रका हलमा भारतीय फिल्ममा रोक लागएको छ । यस्तै पोखरा महानगरपालिकाले पनि हिन्दी चलचित्रमा रोक लागेको छ ।...
बलात्कार मुद्धामा बयान फेरेको भन्दै किशोरीलाई कैद सजाय सुनाईएको फैसला उच्च अदालतले उल्टायो

बलात्कार मुद्धामा बयान फेरेको भन्दै किशोरीलाई कैद सजाय सुनाईएको फैसला उच्च अदालतले उल्टायो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ४ । बलात्कार मुद्धामा बयान फेरेको भन्दै एक किशोरीलाई जिल्ला अदालत अछामले साढे ३ बर्ष कैद सजाय सुनाईएको फैसला उच्च अदालत दिपायलले उल्टाएको छ । अछाम कमलबजारकी १९ वर्षीया एक किशोरीले १० फागुन २०७८ मा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएको आधारमा जिल्ला अदालतमा मुद्धा चलेको थियो । अदालतमा किशोरीले बयान फेरेकी थिईन । उनले आफूमाथि बलात्कार नभएको भन्दै बयान दिएकी थिईन् । जिल्ला न्यायाधीश नवीनकुमार जोशीले बयान फेरेको भन्दै ती किशोरीलाई कैद सजाय सुनाएको थियो । विवादास्पद फैसलापछि उनी सर्वोच्चमा तानिएका थिए । त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतका न्यायाधीशहरु देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडितमाथिको सजाय उल्ट्याएको हो । उच्च अदालतले आरोपितले सफाइ पाउने जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको राय उल्ट्याएक...
स्पेनले पहिलो पटक जित्यो नेसन्स लिगको उपाधि

स्पेनले पहिलो पटक जित्यो नेसन्स लिगको उपाधि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ४ । स्पेनले युइएफए नेसन्स लिगको उपाधि पहिलो पटक जितेको छ । गएराती नेदरल्याण्ड्सको रोटरडममा भएको फाईनल खेलमा क्रोएसिलाई पेनाल्टी सुटआउटमा ४–५ गोलले हराउँदै स्पेनले उपाधि चुमेको हो । खेलको निर्धारित र एक्ट्रा समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टीसुटआउटमा स्पेनका लागि जोसेलु, रोड्री, मिकेल मोरेनो, मार्को असेन्सियो र डानी कार्भाजलले गरे । मरिक लापोर्टाले गोल गर्न सकेनन् । क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोडरिच र इभान पेरिसिकले गोल गरे । लोभ्रो माजे र ब्रुनो पेटकोभिचले गोल गर्न सकेनन् । पेटकोभिचले गरेको प्रहार स्पेनका गोलकिपर उनाई सिमोनले रोकेका थिए । सन् २०१२ मा युरो जितेको स्पेनले ११ बर्षपछि अन्तराष्ट्रिय उपाधि जितेको हो । इटाली नेसन्स लिगमा तेस्रो नेसन्स लिगको तेस्रो स्थानको लागी भएको खेलमा इटालीले जित निकालेको छ । आ...
प्रदेश सरकार र पहिचान पक्षधरबीच बार्ता सुरु

प्रदेश सरकार र पहिचान पक्षधरबीच बार्ता सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ असार । कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता सुरु गरेको छ । प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच वार्ता सुरु भएको हो । विराटनगरको विग होटलमा वार्ता संञ्चालन भैरहेको जनाईएको छ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् । सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको थियो । वार्ता समिति सदस्यमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र ...
त्रियुगा नगरपालिका वडा नं.१२ को प्रशासकीय भवन शिलान्यास

त्रियुगा नगरपालिका वडा नं.१२ को प्रशासकीय भवन शिलान्यास

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार ४ । त्रियुगा नगरपालिकाले वडा नं.१२मा सुविधा सम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण हुँने भएको छ ।पुरानो गाईघाटको त्रिवेणी टोलमा स्थितमा रहेको वडा कार्यालयले लामो समय देखि भाडाको घरबाट सेवाग्रहीहरुलाई सेवा प्रवाह गर्दै आए थियो । आज सोमबार आज एक कार्यक्रमको आयोजना गरी त्रियुगा नगर प्रमुख वसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत र कार्यवाहक वडा अध्यक्ष अनिता थापाले नवनिर्मीत भवनको सयुक्त रुपमा शिलान्यास गरेका छन । नगर प्रमुख बस्नेतले सोमबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताए । नगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा त्रियुगा रिङरोड निर्माणमा लागि परेको जानकारी दिए । पूर्वाधारविना गुणस्तरीय सेवा प्रदान गर्न नसकिने भएको हुँदा वडाको प्रशासकीय भवन निर्माण ...
काठमाण्डौँको हलहरुमा हिन्दी फिल्म रोक

काठमाण्डौँको हलहरुमा हिन्दी फिल्म रोक

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ असार । काठमाण्डौँको हलहरुमा हिन्दी फिल्मलाई रोक लगाईएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश जानकी भारतकी छोरी हुन्ु भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन्। महानगरको आदेशलाई मान्दै आफूहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताए। ‘आजदेखि हामीले हिन्दी फिल्मको प्रदर्शन रोकेका छौं। फिल्ममा समावेशी आपत्तिजनक शब्द नेपालबाट हटाइसकेको थियो। भारतमा पनि उक्त संवाद हटाउने पहल भइरहेको छ,’ उनले भने, ‘हामीले महानगरको निर्णयलाई मान्नुपर्छ। तर कहिलेसम्म हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्ने निर्णय भएको छैन।’ हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। गतबिहीबार उनले तीन दिनभित्र विवादित सं...
ताप्लेजुङ पहिरो : ४ जना बेपत्ता,२ जना सख्त घाइते

ताप्लेजुङ पहिरो : ४ जना बेपत्ता,२ जना सख्त घाइते

समाचार
पूर्णपुष्टि,असार ४ । ताप्लेजुङ जिल्लाको मेहेलेको भालुखोपमा गएको पहिरोमा परी परी ४ जना बेपत्ता भएका छन् । सोमबार बिहान वर्षासँगै झरेको पहिरोले सिदिङवा गाउँपालिका–६ मेहेलेमा एकै घरका तीन जना र अर्का एकजना बेपत्ता भएका हुन्। पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । तर उनीहरुको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिका सदस्य कला कडरियाका अनुसार ६५ वर्षीय केशरकुमार राई बेपत्ता भएका हुन् । पहिरोमा परेका ४५ वर्षका राजकुमार र ३१ वर्षका सुरेश गम्भीर घाइते भएका छन् । उनीहरुलाई पहिरोबाट निकालिएको कडरियाले बताइन् । घर छेउमा रहेको गाडी सुरक्षित गर्न निस्कने क्रममा झरेको पहिरोले तीनै जनालाई बगाएको थियो । उक्त पहिरोमा परी आइतबार मेहेलेकै गणेश तामाङको मृत्यु भएको छ भने वर्ष ६३ का भगीमाया, ३३ वर्षकी सन्ध्या र ९ वर्षका प्रज्ज्वल बेपत्ता रहेका छन् । पहिरोका कारण सयौं परिवार समस...
आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

राजनीति, समाचार
पूर्णपुष्टि,असार ४ । सरकारमा रहेको ३ दलसहित ४ दलिय समाजवादी मोर्चा घोषण आज हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसको बैठकले राष्ट्रिय समाजवादी मोर्चा गठन गर्ने सहमति भएको हो । आज राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मोर्चामा आबद्ध छ । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । मोर्चा गठनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधव नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच छलफल भइरहेको थियो र मोर्चा गठनको लागि माओवादीका प्रवक्ता कृष्णबहादुर महरा, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपा एसका नेता राजेन्द्र पाण्डेले जिम्मेवारी पाएका छन् । मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारक...
पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक

पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक

समाचार
पूर्णपुष्टि,असार ४ । केहि दिन यता चर्चामा आएको भारतीय चलचित्र ‘आदिपुरुष’लाई काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि प्रदर्शनमा रोक लगाएको छ । चलचित्रमा समावेश भएको जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्यिएसम्म उक्त चलचित्रको प्रदर्शनलाई रोक्न एकपछि अर्को गर्दै नेपाल महानगरपालिका अगाडि आउन थालेको हो । यस्तैमा पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका छन् । पोखराका मेयर धनराज आचार्यले एक पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको छ । आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको थियो ।...
उदयपुरमा (मेडपा) कार्यक्रम अन्तर्गत ८५ जना उद्यमीलाई प्रविधि हस्तान्तरण

उदयपुरमा (मेडपा) कार्यक्रम अन्तर्गत ८५ जना उद्यमीलाई प्रविधि हस्तान्तरण

Breaking News 1
पूर्णपुष्टि,असार ४ । जिल्लाको त्रियुगा नगरपालिकाले (मेडपा) कार्यक्रम अन्तर्गत बिभिन्न नयाँ उद्यमीलाई व्यवसाय गर्न सहयोग पुगोस भनेर उद्देश्यका साथ सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले आईतवार एक कार्यक्रमको आयोजना गरी विभिन्न ८० प्रतिशत अनुदान र उद्यमीहरुको २० प्रतिशत लगानीमा ८५ उद्यमशीलता तालिम लिएकाहरुलाई गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत विभिन्न सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो । विभिन्न व्यवसाय गर्न सीप सिकेका नगरभित्रका विपन्न नगरबासीलाई घरेलु उद्योग संचालन गर्नका लागि नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त सामाग्री हस्तान्तरण गरेको नगरपालिकाको उद्यम विकास शाखाका प्रमुख विष्णु खत्रीले बताए । खत्रीका अनुसार गरिबीको रेखा मुनी रहेका नगरबासीलाई व्यवासायिक तालिम प्रदान गरिसकेपछि व्यवासाय गर्न सहयोग होस भनेर करिब १० लाख बराब...