Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

अन्तराष्ट्रिय ब्रान्ड केल्मीको नक्कली कपडा बनाउने दुई जना पक्राउ

अन्तराष्ट्रिय ब्रान्ड केल्मीको नक्कली कपडा बनाउने दुई जना पक्राउ

समाचार
पूर्णपुष्टि,असार ४ । अन्तर्राष्ट्रिय ब्रान्ड ‘केल्मी’को प्रतिलिपि अधिकार उल्लंघन गरी नक्कली कपडा बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२२ प्युखास्थित सुजन शिवम् रेडिमेड स्टोरबाट आइतबार दिउँसो २ बजे दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरुमा पर्वतको ठूलोपोखरी गाउँपालिका-३ घर भई काठमाडौं-२१ भोटेबहाल बस्ने ४४ वर्षीय सानुमाया र बारा, पिपरपाती पचरौता नगरपालिका-१ घर भई काठमाडौं-१५ चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारी रहेका छन् । पर्वत ठूलोपोखरी गाउँपालिका- ३ घर भई काठमाडौं-२१ भोटेबहाल बस्ने ४४ वर्षीय सानुमाया र बारा, पिपरपाती पचरौता नगरपालिका-१ घर भई काठमाडौं-१५ चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । केल्मी ब्रान्डको कपडा अनधिकृत रूपमा बिक्री गरिरहेको भन्ने सूच...
उदयपुरको छाम्लिङमा हाते प्रबिधिबाट अर्गानिक चिया उत्पादन शुरु

उदयपुरको छाम्लिङमा हाते प्रबिधिबाट अर्गानिक चिया उत्पादन शुरु

Breaking News 1, समाचार
बिजय राई पूर्णपुष्टि,असार ३ । उदयपुरमा पहिलो पटक अर्गानिक चिया उत्पादन सुरु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर– १५ छाम्लिङका स्थानीय मानबहादुर खपाङ्गीले निजी लगानीमा हाते प्रबिधिको प्रयोग गरी प्याकिङ नाम ‘अर्थोडक्स’ रहेको चिया बजारमा ल्याएका हुन् । अर्थोडक्सका उत्पादक हिमाली चिया उद्योगका सञ्चालक मगर उदयपुरका पहिलो व्यवसायी चिया उद्योगी हुन् । उनले एक दशकपहिला २०६९ सालमा जिल्लालाई चियाबाट आत्मनिर्भर बनाउने उद्देश्यले हिमाली मुना अर्थोडक्स चिया उत्पादनका लागि करिब १० रोपनी क्षेत्रफल रहेको आफ्नै जमिनमा चिया खेती थालेका थिए । ‘२०६९ सालतिर चियाखेतीको अनुभव गर्न सुकौराका एक स्थानीय कृषकबाट करिव १२ सय बोट चियाँको विरुवा किनेर लगे’ मगरले भने, ‘तर, त्यो १२ सय बोट चियाबाट लाभ भने लिन सकिन । अनुभव बटुल्दैमा सकियो ।’ आफूले चिया खेतीको सुरुवातमा खरिद गरेको १२ सय बोट चियाबाट कुनै आर्थि...
लुकाइएका थप ३४ टुन काठ फेला : बेलका काठ तस्करी काण्ड

लुकाइएका थप ३४ टुन काठ फेला : बेलका काठ तस्करी काण्ड

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार ३ । उदयपुरको बेलका नगरपालिका –७ स्थित दुधकोशी सामुदायिक वन उपभोक्ता समुहमा ठुलो मात्रामा काटिएका अबैध रुखको चिरान तथा गोलिका काठ बन कार्यालयले बरामद गरिसक्दा थप लुकाइएका काठ फेला परेका छन् । घाटगद्दीबाट रातारात गायव पारिएका ३४ टुन काठ हिजो स्थानीयले फेला पारेका हुन् । घाटगद्दी गरिराखेको ठाउँबाट उत्तरतर्फ करिब तीनसय मिटर खोल्सीमा हरियो सेउलाले छोपेको अवस्थामा फेला परेको स्थानीय उपभोक्ताहरुले बताए । वन कर्मचारी टोलीले उक्त काठ ट्याक्टरमा लोड गरी डिभिजन वन कार्यालय, उदयपुर आज ल्याउदै गरेको जनाएको छ । समुहका अध्यक्ष मणीराज राई, सचिव दिनेश राईको संलग्नतामा तस्करीको उद्देश्यले ठुलो मात्रामा काठ काटिएको कुरामा अनुसन्धान चलिरहेको वन कार्यालयले जनाएको छ । अदालतबाट उनीहरुलाई पक्राउ पुर्जी जारी भएपनि हालसम्म पक्राउ हुन सकेको छैन । स्थानीयले फरार रहेका भनिएका आरोपित पदाधिकारीहरु ग...
काठमाडौं महानगरका हलमा सोमबार देखी भारतीय फिल्मको प्रदर्शन रोकिने

काठमाडौं महानगरका हलमा सोमबार देखी भारतीय फिल्मको प्रदर्शन रोकिने

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ३ । काठमाडौं महानगरपालिका भित्रको हलमा सोमबार देखी भारतीय फिल्मको प्रदर्शन रोकिने भएको छ । आदिपुरुष फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्य भारतमा सच्याउन मेयर बालेन्द्र शाहले दिएको तिन दिने अल्टिमेटम सकिएपनि उक्त संवाद नसच्याएपछि शाहले हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएको हो । मेयर शाहको निर्देशनमा नगरप्रहरीले आईतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । काठमाडौं महानगरका ३२ वडाभित्र रहेको १७ फिल्म हल भोली देखी भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको र यसका लागि नगर प्रहरी आजैदेखि खट्ने मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिए । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवाद सच्याएको छैन भने फिल्मका गीतकार तथा डाईलोग लेखक मनोज मुन्तशीरले सन् १९०४ सम्म नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको बताएका ...
योगेश भट्टराईलाई ताप्लेजुङ्मा प्रवेश निषेश

योगेश भट्टराईलाई ताप्लेजुङ्मा प्रवेश निषेश

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ३ असार । संघिय सांसद समेत रहेका नेकपा एमालेका सचिव योगेश भट्टराईलाई जिल्लामा निषेश गर्ने निर्णय गरेको छ । भट्टराईलाई ताप्लेजुङका पहिचानवादीहरुले जिल्ला प्रवेशमा निषेध गरेका हुन् । ताप्लेजुङका आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै निषेध घोषणा गरेका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरुलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरुको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका उल्लेख छ । ‘ताप्लेजुङ जिल्लाबा...
सरकारलाई सांसद डोलप्रसाद अर्यालको प्रश्न : नेपालका सुरक्षाकर्मीलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ?

सरकारलाई सांसद डोलप्रसाद अर्यालको प्रश्न : नेपालका सुरक्षाकर्मीलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ?

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले सरकारलाई प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भारतीय पक्षले नेपाली भूमिको नापजाँच गर्दा पनि नेपाली सुरक्षाकर्मीले सुईको समेत नपाउँदा उनिहरुलाई जागिर खानको लागी मात्र सिमामा पठाएको हो भन्दै सरकारलाई प्रश्न तेर्साएका हुन् । उनले भनेका छन् ‘असार १ गते भारतिय प्राविधिकहरुले इन्डियन नेस्नल हाईवे सर्वे गर्ने भन्दै कन्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको बताए । सर्वेका सामान सहित आएका ती प्रतिनिधि प्राविधिकहरु नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईको समेत नपाएको भन्दै आपत्ति समेत जनाए । के उनिहरुलाई जागिर खानको लागी मात्र सिमामा खटाईएको हो भन्दै सरकारलाई प्रश्न गरे । बरु सुरक्षाकर्मीभन्दा स्थानीयहरु धेरै जागरूक र स...
सामुदायिक विद्यालय बन्द गर्ने निर्णय तत्काललाई स्थगन, माग सम्बोधन नभए पुन : आन्दोलन गर्ने चेतावनी

सामुदायिक विद्यालय बन्द गर्ने निर्णय तत्काललाई स्थगन, माग सम्बोधन नभए पुन : आन्दोलन गर्ने चेतावनी

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, असार ३ । देश भरीका सामुदायिक विद्यालय बन्द गर्ने निर्णय तत्काललाई स्थगन गरिएको छ । नेपाल विद्याल कर्मचारी युनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ र नेपाल विद्यालय कर्मचारी परिपद्ले आईतबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त कार्यक्रम तत्काललाई स्थगन गरेको जानकारी दिएको हो । ‘सम्मानित उच्च अदालतले २०६७÷१०÷२३ गते सामुदायिक विद्यालयहरुका कर्मचारीहरुको सेवा, सुविधा, सर्त, सुविधा उल्लेख भएको सर्भिस ल बनाई कार्यन्वय गर्नु भन्ने र २०७१÷५÷१५ मा पूर्व आदेशको ६ महिना भित्र पुर्ण कार्यान्वयन गर्नु भन्ने आदेश हाल सम्म र्काान्वयनमा नगएकोले बाध्य भई अप्रिय, कठोर कार्यक्रमको घोषणा गर्न राज्यले बाध्य बनाएको’ विज्ञप्तीमा उल्लेख छ नेपाल सरकारको आर्थिक वर्ष २०८०–२०८१ को निति तथा कार्यक्रमको बुदा नं १२७ मा समुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सविधाका विषयहरु सम...
प्रदेश स्तरीय मुख्यमत्री नाँकआउट प्रतियोगितामा उदयपुरको सहभागिता

प्रदेश स्तरीय मुख्यमत्री नाँकआउट प्रतियोगितामा उदयपुरको सहभागिता

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार ३ । ओखलढुङ्गको सिद्धि चरण नगरपालिकामा भोली देखि सञ्चालन हुँने प्रदेश स्तरिय मुख्यमन्त्री नाँकआउट प्रतियोगितामा सहभागिताको लागि जिल्ला फुटबल संघ उदयपुरका टिम तयार गरीको पढाईएको छ । आईतवार त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले थरुहट संगशालामा प्रतियोगिताको लागि १५ जना खेलाडि तयार गरी विदाई कार्यक्रम गरेको हो । कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतित्थ्यमा खेलाडिहरुलाई बधाई तथा शुभकामना प्रदोन कार्यक्रम गरिएको त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्कीले बताए । उनका अनुसार भोली सोमबार देखि सञ्चालन हुने प्रतियोगिता आउँने शनिवार ९ गते सम्पन्न हुने बताए । छनेट गरीएको खेलाडिहरु क्रमस सुनिल खड्का, टिप्सन राई, प्रविन श्रेष्ठ, नर्बु तामाङ, बिशाल कुमार चौधरी, रोशन श्रेष्ठ, अनिस राई, सारद राई, आबेश मगर, अनिश कट्वाल, दि...
प्याजको मूल्य बढी लिएमा कार्वाही गर्ने चेतावनी

प्याजको मूल्य बढी लिएमा कार्वाही गर्ने चेतावनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार ३ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार एक सुचना जारी गर्दै व्यापारीले प्याजको मुल्य बढी लिएमा कारर्वाही गर्ने चेतावनी दिएको छ । विभागको सुचनामा भनिएको छ ‘सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा वस्तुको स्वभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ’। बजारमा प्याजको अध्यधिक मूल्य वृद्धि भएको बारे विभागमा उपभोक्ताको गुनासो आएको र बजारमा प्याजको अस्वाभाविक उतार–चढाव महसुस हुनासाथ विभागले बजारको आपूर्ति प्रणालीको अध्ययन तथा अनुगमन गरिरहेको विभागले जनाएको छ ।...
विश्वकप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्वाबेको सामना गर्दै

विश्वकप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्वाबेको सामना गर्दै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, असार ३ । भारतमा हुने एक दिवसिय आईसीसी क्रिकेट विश्वकपको लागी आजदेखी छनोट प्रतियोगिता सुरु हुदैँछ । दश राष्ट्र सम्मिलित छनोट प्रतियोगिता खेलको लागी दुई समुह विभाजन गरिएको छ । समुह ‘ए’ मा नेपाल सहित दुई पटकको विश्व विजेता वेष्ट इन्डिज, घरेलु टोली जिम्वाबे, नेदरल्याण्ड्स र अमेरिका रहेको छ । आज नेपालले आफ्नो पहिलो खेल घरेलु टोली जिम्वाबेसँग खेल्दैछ । जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले समुह चरणको खेल २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो । यसअघि सन् २०१८ मा जिम्बाब्वेमै भएको विश...