Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

फाँचथर पहिरो : ६ घण्टा पछि सकुसल बालिकाको उद्धार

फाँचथर पहिरो : ६ घण्टा पछि सकुसल बालिकाको उद्धार

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ असार । पाँचथरमा पहिरोले बेपत्ता पारेकी एक बालिकालाई ६ घण्टा पछि सकुशल उद्धार गरेको छ । जिल्लाको फालेलुङ गाउँपालिका(३ पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको जिल्ल प्रहरी कार्यालय पाँचथरले जनाएको छ। गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्। उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याएका प्रहरीले जानकारी दिए । पहिरो आउँदा मनप्रसाद भने घरबाहिर थिए। ‘म पिसाब गर्न घरबाहिर निस्केको थिएँ । त्यहिबेला पहिरोले म संगै सुतेकी नातिनी सहित घर पुर्‍यो,’ मनप्रसादको भनाइ उदृध गर्दै एक प्रहरीले भने।  ...
बजार नपाएको भन्दै व्यापारीले सडकमै फ्याके गोलभेंडा

बजार नपाएको भन्दै व्यापारीले सडकमै फ्याके गोलभेंडा

समाचार
पूर्णपुष्टि,असार ३ । स्थानीय कृषक व्यापारीले उत्पादन गरेको गोभेंडाले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीहरुले सडकमै गोलभेंडा फ्याकेका छन् । आइतवार विहान कालिमाटी थोक तथा खुद्रा बजार समितिले करिव ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको बताए । समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेको बताए । ‘बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याकेका हुन् । करिब ३० हजार किलो गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ,’ आचार्यले भने, ‘रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ ।’ तर, किसानहरुले यति धेरै गोलभेडा लिएर बजारसम्म नआउने भएकाले गोल...
बर्षासँगै आएको बाढिमा परी पाँचथरमा ६ जना बेपत्ता

बर्षासँगै आएको बाढिमा परी पाँचथरमा ६ जना बेपत्ता

समाचार
पूर्णपुष्टि,असार ३ । निरन्तरको वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । रातिको शनिबार अविरल वर्षापछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनामा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोला माथिको पुल बगाइदिएको छ । हेवा खोलाको बाढीमा हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता हुनुभएको छ । तामाङ र लोवा हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्छ । त्यस्तै, बाढीले फिदिम–४ हेवाखोलामा गिट्टी कुटेर गुजारा चलाउँदै आएका एक जना, फालेलुङ–३ मा एक जना र फिदिम–४ माँझीटारमा दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिनुभएको छ । बेपत्ताहरूको परिचय खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको छ । बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्ल...
आज देशका यी ठाउँमा ठूलो पानी पर्ने

आज देशका यी ठाउँमा ठूलो पानी पर्ने

समाचार
पूर्णपुष्टि,असार ३ । आज प्रदेश–१, गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, पहिरोको जोखिम कोशी र गण्डकी प्रदेशका केही ठाउँहरुमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएको शनिवार पनि यी दुई प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । नेपालमा मनसुन भित्रिएपछि गएको ३१ गतेदेखि गण्डकी र कोशीका पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहेको मौसमविद् लामिछानेले बताउनुभयो । यसले गर्दा पूर्वी पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । पाँचथर र ताप्लेजुङमा गएरातिको पहिरोमा परेर २५ जना बेपत्ता भएका छन् । पानी परिरहेको क्षेत्रमा अझै पनि पहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद् आग्रह छ । यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रम...
सङ्खुवासभामा बाढीपहिरोले २५ जना बेपत्ता

सङ्खुवासभामा बाढीपहिरोले २५ जना बेपत्ता

समाचार
पूर्णपुष्टि,असार ३ । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले २५ जना मजदुर बेपत्ता बनाएको छ । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार एक जना मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थल...
आज अन्तर्राष्ट्रिय बुवा दिवस

आज अन्तर्राष्ट्रिय बुवा दिवस

समाचार
पूर्णपुष्टि,असार ३ । आज अन्तराष्ट्रिय बुवा दिवस । हरेक वर्ष जुन महिनाको आइतबार चाहिँ विश्व समुदायले अन्तराष्ट्रिय बुवा दिवसका रूपमा मनाउँदछ । परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ । चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । यस क्रममा भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो । क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज विश्वभर नै जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो ।...
रौतामाइमा पहिलो पटक पालिका स्तरिय वाल भेला सम्पन्न,१५ सदस्यिय सन्जाल समिति

रौतामाइमा पहिलो पटक पालिका स्तरिय वाल भेला सम्पन्न,१५ सदस्यिय सन्जाल समिति

Breaking News 1, समाचार
शंकर रिखाम मगर पूर्णपुष्टि,असार ३ । उदयपुरको रौतामाइ–६, चिसापानीमा पालिका सतरिय ३६ बालबालिकाहरुको सहभागितामा पालिका स्तरीय बाल भेला सम्पन्न गर्दै १५ सदस्यिय समिती चयन गरिएकोछ । दुई दिन देखि संचालनमा आएको बाल भेला रौतामाई गाउँपालिकाको १ देखि ८ वटै वडाहरुका बाल क्लव सन्जालका प्रतिनिधिहरु ८ वालक र २८ वालिका गरि ३६ वालवालिकाहरुले सहभागिता जनाएकाथिए । उक्त वाल भेला रौतामाइ,६ का वडा बाल सन्जालकि अध्यक्ष विनिता वि।क।को अध्यक्षता र रौतामाइ,६ का अध्यक्ष पृथ्वीकुमार राइको प्रमुख अतिथीमा सन्चालन गरिएकोथियो । बाल भेलाको उद्देश्य, कानुनी मान्यता, आवश्यकता र महत्त्व, सवाल र पहिचान, प्राथमिकिकरण र योजना तर्जुमा जस्ता बिषयबस्तुहरुमा जाल्पा एकीकृत विकास समाजका रुद्र प्रसाद पोखरेलले तालिम सहजीकरण गरेकाथिए । वालभेलाले सवै वडालाइ समेटेर पालिका स्तरिय बाल सन्जाल गठन गरेकोछ जसमा अध्यक्ष तेजनारायण श्रेष्...
प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पर्शुराम थापा निर्वाचित

प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पर्शुराम थापा निर्वाचित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,असार २ । नेपाल प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका १५,डहरमा अवस्थित रमिते डाँडामा सम्पन्न अधिवेशनले पर्शुराम थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्व सहमति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा विश्वराज तामाङ, उपाध्यक्ष यमुना आलेमगर, सचिव अस्मिता पौडेल, सह–सचिव किरण प्रसाद ढुंगाना र कोषाध्यक्षमा मनोज श्रेष्ठलाई सर्वसहमत चयन गरिएको छ । यस्तै खुल्ला सदस्यमा दिपक राउत, भरत बोहोरा, सुमन सागर खतिवडा र संजिव कुमार चौधरीलाई चयन गरिएको छ । आदिवासी जनजाती सदस्य अमित तामाङ, कुसुम लामा तामाङ, खुल्ला महिला सदस्य यसोधा पोखरेल, अनिता कार्की, मधेश सदस्य मिथुन ठाकुर, र अन्य सदस्यहरु बिज्ञान पराजुली, खेमराज दाहाल, सन्जिब कुमार चौधरी, पुस्प दनुवार र सन्तोस रौनियार रहेको आयोजकले जनाएको छ । कार्यक्रममा पूर्व भौतिक प...
अभिनेत्री अमिषा पटेलले अदालतमा गरिन आत्मसमर्पण

अभिनेत्री अमिषा पटेलले अदालतमा गरिन आत्मसमर्पण

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार २ । बलिउड अभिनेत्री अमिषा पटेलले सिभिल अदालतमा आत्मसमर्पण गरेकी छन् । आफु विरुद्ध चलिरहेको चेक बाउन्स, ठगी र धम्कीको मुद्धामा सिभिल न्यायाधीश वरिष्ठ डिभिजन डिएन शुक्लाको अदालतमा उनले आत्मसमर्पण गरेकी हुन्। जानकारीका अनुसार यसअघि उनी नआउने भनिएपनि राँची आएपछि उनले सिभिल कोर्टमा आत्मसमर्पण गरेकी हुन् । अप्रिल महिनामा उनको मुद्धामा सुनुवाई भएको थियो । सुनुवाईको क्रममा अदालतमा उपस्थिति हुन भनिएता पनि उनि हाजिर भईनन् । त्यसपछि अदालते उनि विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । २०१८ मा झारखण्ड रांचीका फिल्म निर्माता अजय कुमार सिंहले अमिषा पटेल र उनका व्यवसायिक साझेदार कुणालले उनलाई ठगी गरेको भन्दै रिट दायर गरेका थिए । १७ नोभेम्बर २०१८ मा राँची सीजेएम अदालतमा मुद्धा दायर गरेका सिंहले पटेल विरुद्ध चेक बाउन्स, ठगी र धम्की दिएको आरोप लगाएका थिए । जसमा अमिषा पटेलले उनीसँग २.५ ...
सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई सहित तीन निलम्बित

सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई सहित तीन निलम्बित

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २ । सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई सहित तिनजना निलम्बनमा परेका छन् । सशस्त्र प्रहरी निरीक्षक राईलाइ गृह मन्त्रालय तथा जवानहरु रामसुन्दर तामाङ र जीवन बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बराह बाहिनी पोकलीबाट घुमुवाको रुपमा सादा पोशाकमा खटिएका इन्स्पेक्टर राई सहितका टोलीले ड्युटीमा खटिएका सशस्त्रका प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि पानीमा चोबल्दै निर्घात कुटपिट गरेको आरोप छ । राम्रोसँग ड्युटी नगरेको र तस्करीको लाइन खुलाएको आरोप लगाउँदै इन्स्पेक्टरले भाटैभाटाले हानेका थिए । घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल मुख्यालयका एआ...